Covid-19 Update

Friday, September 6, 2019

सेतो पुतलीको आक्रमणले आँखाको दृष्टि नै गुम्न सक्ने सापु रोगको लक्षण र बच्ने उपाय


काठमाण्डौ – डेंगुको डर बढेको बेला फेरि आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहेको अर्को रोगको प्रकोप देखिएको छ । सिजनल हाइपरएक्युट पानुभिआइटिस अर्थात सापु रोगको संक्रमण देखिन थालेको हो ।
 
सेतो पुतलीको आक्रमणले आँखाको दृष्टि नै गुम्न सक्ने सापु रोगको लक्षण र बच्ने उपाय
सेतो पुतलीलाई छोएर आँखामा हात लगेमा सापु हुने जोखिम धेरै हुने दृष्टि विशेषज्ञ अरुण ढुंगानाले जानकारी दिनुभयो । उहाँका अनुसार बत्तिको वरीपरी घुम्ने सेतो पुतलीको शरीरमा हुने हानिकारक रसायनको असरले आँखाको दृष्टि नै गुम्न सक्छ ।

भदौदेखि मंसिर महिनासम्म यो पुतलीको प्रजनन सुरू हुने भएकाले पनि यो बेला सापुका बिरामी धेरै देखिने गरेका उहाँले बताउनुभयो । कहिलेकाहीँ र कमैमा देखिने भए पनि यो आँखामा लाग्नेमध्येको खतरनाक रोग भएको उहाँको भनाइ छ ।

नेपालमा वि.सं. २०३२ सालमा पहिलोपटक यो रोग देखिएको थियो । त्यसको ४ वर्षपछि डा. मदन उपध्यायको टोलीले यो रोगको नाम सापु राख्यो । रोग देखिएको चार दशक नाघिसक्दा पनि यसको यकिन कारण भने पत्ता लागेको छैन ।

आँखाको दृष्टि नै गुम्ने खतरा भएकाले सकेसम्म सेतो पुतलीको सम्पर्कमा नआउनु नै सापु रोगबाट बच्ने एकमात्र उपाय हो । झुक्किएर सेतो पुतली छोइए तत्काल अस्पताल जान डाक्टरको सुझाव छ ।

सापु रोगका लक्षण:

- आँखा एक्कासी रातो हुने
- उज्यालोमा हेर्न गाह्रो हुने
- आँखाको कालो भागको बीचमा सेता दाग देखिने
- पिप जमे पनि चिप्रा नलाग्ने र आँखा नदुख्ने
- दृष्टि कम हुँदै जाने

बच्ने उपाय:

- सेतो पुतलीबाट जोखिने
- कोठामा पुतली पस्न नदिन झ्यालढोकामा जाली लगाउने
- झुल लगाएर सुत्ने
- सेतो पुतलीलाई सिधैं हातले नछुने
- हातले छोइहाले साबुनपानीले राम्ररी हात धुने
- हात नधोइकन आँखामा छुँदै नछुने
- झुक्किएर छोइहाले आँखा सफा गरेर तुरुन्तै आँखा अस्पताल जाने ।

आँखा अस्पतालमा पुगेपछि सम्बन्धी विशेषज्ञसँग सहकार्य गरेर उनीहरुकै निगरानीमा एक/दुई हप्ता अस्पतालमै बसेर उपचार गर्दा निको हुन्छ । सेतो पुतलीले छाएको ढिलामा दुई दिनभित्र अस्पताल नपुगे दृष्टि नै गुम्ने खतरा धेरै हुने भएकाले सचेत हुन डाक्टरको सुझाव छ ।

डेंगु के हो ? डेंगुका लक्षण र बच्ने उपाय


काठमाण्डौ – डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ ।

यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिएको बताए ।
 
डेंगु के हो ? डेंगुका लक्षण र बच्ने उपाय
डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।

डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारका छन । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफंै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ ।

डेंगु भनेको भाइरल इन्फेक्सन हो । यो एडिज लामखुट्ठेको टोकाइबाट सर्छ । एडिज लामखुट्टे भनेको एक प्रजातिको लामखुट्टे हो जुन प्रायः कृत्रिम भण्डारण गरेर राखेको फ्रेस पानीमा बस्छ र यसले प्रायः दिनमा टोक्ने गर्छ । डेंगु विभिन्न प्रकारका हुन्छन् । साधारणतया सबै डेंगु खतरनाक हुँदैनन् । डेंगु कुनै साधारण लक्षण देखिएर पनि हुन्छ भने कुनै असाधारण लक्षण देखाएर पनि हुन्छ ।

यो रोग लागेका ९७ प्रतिशतलाई सामान्य ज्वरोका रूपमा लक्षण देखिन्छ । यो साधारण लक्षण हो । शरीरका कुनै पनि भागबाट रक्तस्राव बढी हुने, रक्तचाप कम हुने र रगतमा प्लेटलेट्स कम भयो भने खटिरा धेरै आउने लक्षणहरू देखिएमा यी असाधारण लक्षण हुन् र यो अवस्थालाई जटिल मानिन्छ । यसको निर्मूल गर्ने उपचार भने हुँदैन, लक्षणअनुसारको उपचार मात्र हुन्छ । सँगसँगै यसले अरू रोगसँग लड्न सक्ने क्षमतालाई पनि कम गरिदिन्छ, जसले गर्दा अरू रोगले यदि आक्रमण गरेमा झन्–झन् जटिल बन्दै जान्छ ।

स्वास्थ्य संस्थामा यसको लक्षण अनुसार उपचार गरीन्छ । ज्वरो घटाउन सिटामोल खानुपर्छ तथा प्रशस्त झोल पदार्थ खानुपर्छ । तर ज्वरो घटाउने भनेर एस्पीरीन तथा आईबुप्रोफेन भने खान हुँदैन । डेंग ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो । डेंगु ज्वरोको शंका लागेमा हुन सक्ने जटिलताबाट बचाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्छ ।

अहिले काठमाण्डौ उपत्यकासहित ४२ जिल्लामा डेंगुको डर बढेको छ ।  वर्षाको पानी जम्ने डब्बा, टायर, ड्रम, फूलदानी, गमला, ट्याँकी आदिमा डेंगु सार्ने लामखुट्टेले फुल पार्दछ ।

शहरी क्षेत्रमा यस्ता वस्तु धेरै हुने भएकाले पनि यस्तो लामखुट्टे शहरमा बढी देखिएको डाक्टरहरु बताउँछन् ।

डेंगु भएपछि उच्च ज्वरो आउँछ । डेंगु विरुद्धको खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय भएको डाक्टरले बताएका छन् ।

डेंगुका लक्षण

डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ ।
- उच्च ज्वरो आउनु
असाध्यै टाउको दुख्ने
- आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
जीउ, ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने
- उच्च ज्वरो आएको ३, ४ दिन पछि शरीरमा रातोरातो बिमिरा आउने
वाकवाकी लाग्ने
- पेट दुख्ने
- नाक वा गिजाबाट रगत बग्ने
- रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

बच्ने उपाय

- डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ ।
पानी जम्न सक्ने भाँडाहरु जस्तै: गमला, फुलदानी खाली गर्ने बट्टा, मट्टीतेलका खाली ड्रमहरु, गाडीको टायर घरको वरिपरी नराख्ने । राख्नै परे पानी जम्न नदिने ।
- पानी जम्मा पारेका ट्याङकी तथा बाल्टीमा एक हप्ताभन्दा बढी समय पानी नराख्ने । राख्नै परे राम्रोसँग बिर्कोले छोपेर राख्ने वा पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने
कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने
फुलदानिमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्ने
- एडिस इजिप्टाई जातको यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसोको समयमा पूरा बाहुला भएको वा शरीर पुरै ढाक्ने कपडा लगाउने ।
सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ ।
- लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम लगाउन वा दल्न पनि सकिन्छ
घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ
- घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ ।

स्वस्थ व्यक्तिमा पनि डेंगु हुन सक्छ

डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा सोझै सर्दैन । यो भाइरसजन्य रोग हो । तर एडिस एजिप्टाइ नामक लामखुटट्ले यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्छ । पोथी लामखुट्टेको टोकाइका कारण यो भाइरस सर्ने डाक्टरले बताएका छन् ।

तर यो रोग लागिका सबैलाई लक्षण भने देखिंदैन । चार जनामध्ये एक जनालाई मात्रै लक्षण देखिन्छ । त्यसैले स्वस्थ भनिएका व्यक्तिमा पनि डेंगुको जोखिम हुन सक्ने डाक्टरको भनाइ छ ।

डेंगु देखिए के गर्ने ?

- डेंगु रोगको लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ ।
- उच्च ज्वरो आए सिटामोल र झोलिलो पदार्थ खानुपर्छ ।
- उच्च ज्वरो आयो भन्दैमा बु्रफिन लगायतका औषधि खानु हुँदैन ।
- समयमा नै रगत परीक्षण गराउनुपर्छ ।

४० भन्दा बढी जिल्लामा डेंगुको प्रकोप अझै फैलिने सम्भावना रहेको डाक्टरहरु बताउँछन् । साउन महिना यता मात्रै २५ सय जना भन्दा धेरैलाई डेंगुको सक्रंमण भएको ईमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क छ ।

डेंगु संक्रमण कसरी हुन्छ ?

डेंगुको संक्रमण एक किसिमको एडिज लामखुट्टेले गराउँछ । हात मिलाउँदैमा, अँगालो मार्दैमा सँगै खाना खाँदैमा यो भाइरस सर्दैन । संक्रमित व्यक्तिलाई यदि कुनै लामखुट्टेले टोक्यो र त्यही लामखुट्टेले अन्य स्वस्थ व्यक्तिलाई टोक्यो भने डेंगु सर्छ । पानी जम्ने ठाउँमा गर्मीमा र पानी बग्ने व्यवस्था राम्रोसँग नहुने ठाउँमा एडिज लामखुट्टे बढी सक्रिय हुने गछन् ।

असाधारण लक्षण

खटिरा आउने, रक्तस्राव बढी हुने, बान्ता हुने, शरीरमा प्लेटलेट्सको संख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकाले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, पिसाब कम हुने, रक्तचाप निकै कम हुने हुन्छन् । अधिकांश रोगी सामान्य उपचारपछि निको हुने भए पनि वेलैमा उपचार नगरेमा मानिसको ज्यानै जान सक्छ ।

सेतो पुतलीको आक्रमणले आँखाको दृष्टि नै गुम्न सक्ने सापु रोगको लक्षण र बच्ने उपाय

काठमाण्डौ – डेंगुको डर बढेको बेला फेरि आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहेको अर्को रोगको प्रकोप देखिएको छ । सिजनल हाइपरएक्युट पानुभिआइट...