Covid-19 Update

Friday, September 6, 2019

सेतो पुतलीको आक्रमणले आँखाको दृष्टि नै गुम्न सक्ने सापु रोगको लक्षण र बच्ने उपाय


काठमाण्डौ – डेंगुको डर बढेको बेला फेरि आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहेको अर्को रोगको प्रकोप देखिएको छ । सिजनल हाइपरएक्युट पानुभिआइटिस अर्थात सापु रोगको संक्रमण देखिन थालेको हो ।
 
सेतो पुतलीको आक्रमणले आँखाको दृष्टि नै गुम्न सक्ने सापु रोगको लक्षण र बच्ने उपाय
सेतो पुतलीलाई छोएर आँखामा हात लगेमा सापु हुने जोखिम धेरै हुने दृष्टि विशेषज्ञ अरुण ढुंगानाले जानकारी दिनुभयो । उहाँका अनुसार बत्तिको वरीपरी घुम्ने सेतो पुतलीको शरीरमा हुने हानिकारक रसायनको असरले आँखाको दृष्टि नै गुम्न सक्छ ।

भदौदेखि मंसिर महिनासम्म यो पुतलीको प्रजनन सुरू हुने भएकाले पनि यो बेला सापुका बिरामी धेरै देखिने गरेका उहाँले बताउनुभयो । कहिलेकाहीँ र कमैमा देखिने भए पनि यो आँखामा लाग्नेमध्येको खतरनाक रोग भएको उहाँको भनाइ छ ।

नेपालमा वि.सं. २०३२ सालमा पहिलोपटक यो रोग देखिएको थियो । त्यसको ४ वर्षपछि डा. मदन उपध्यायको टोलीले यो रोगको नाम सापु राख्यो । रोग देखिएको चार दशक नाघिसक्दा पनि यसको यकिन कारण भने पत्ता लागेको छैन ।

आँखाको दृष्टि नै गुम्ने खतरा भएकाले सकेसम्म सेतो पुतलीको सम्पर्कमा नआउनु नै सापु रोगबाट बच्ने एकमात्र उपाय हो । झुक्किएर सेतो पुतली छोइए तत्काल अस्पताल जान डाक्टरको सुझाव छ ।

सापु रोगका लक्षण:

- आँखा एक्कासी रातो हुने
- उज्यालोमा हेर्न गाह्रो हुने
- आँखाको कालो भागको बीचमा सेता दाग देखिने
- पिप जमे पनि चिप्रा नलाग्ने र आँखा नदुख्ने
- दृष्टि कम हुँदै जाने

बच्ने उपाय:

- सेतो पुतलीबाट जोखिने
- कोठामा पुतली पस्न नदिन झ्यालढोकामा जाली लगाउने
- झुल लगाएर सुत्ने
- सेतो पुतलीलाई सिधैं हातले नछुने
- हातले छोइहाले साबुनपानीले राम्ररी हात धुने
- हात नधोइकन आँखामा छुँदै नछुने
- झुक्किएर छोइहाले आँखा सफा गरेर तुरुन्तै आँखा अस्पताल जाने ।

आँखा अस्पतालमा पुगेपछि सम्बन्धी विशेषज्ञसँग सहकार्य गरेर उनीहरुकै निगरानीमा एक/दुई हप्ता अस्पतालमै बसेर उपचार गर्दा निको हुन्छ । सेतो पुतलीले छाएको ढिलामा दुई दिनभित्र अस्पताल नपुगे दृष्टि नै गुम्ने खतरा धेरै हुने भएकाले सचेत हुन डाक्टरको सुझाव छ ।

No comments:

Post a Comment

सेतो पुतलीको आक्रमणले आँखाको दृष्टि नै गुम्न सक्ने सापु रोगको लक्षण र बच्ने उपाय

काठमाण्डौ – डेंगुको डर बढेको बेला फेरि आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहेको अर्को रोगको प्रकोप देखिएको छ । सिजनल हाइपरएक्युट पानुभिआइट...