Covid-19 Update

Monday, August 27, 2018

क्वाँटी खाँदाको फाइदा तथा बेफाइदा यस्ता छन्


काठमाडौँ - हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिनलाई क्वाँटी खाने अर्थात रक्षा बन्धन लगाउने विशेष दिनको रुपमा मानिदै आएको छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बदशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु यसबाट तिमी सुरक्षित बन विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परालाई निरन्तर रुपमा मान्दै आएको छ ।
क्वाँटी खाँदाको फाइदा तथा बेफाइदा यस्ता छन्


यस दिन मनाउने गरिन्छ। यस दिनमा मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । साथै यसै दिन जनाई फेर्ने पनि परम्परा रहेको छ। यस दिनलाई शरीर शुद्ध गरी देवता, सप्तऋषि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषि तर्पणीसमेत भन्ने गरिएको हो ।


यस दिनमा सप्‍तर्षिहरू काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्‍ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ । यस दिनमा एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षयामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता रहेको छ । त्यसकारण क्वाँटीलाई मानव शरीरको लागि फाइदाजनक रहेको छ ।


तर क्वाँटी बढी खाँदा बेफाइदा पनि हुन्छ । शरीरमा प्रोटिनको मात्रा धेरैनै बढेर जाने हुनाले युरिक एसिड बढ्ने सम्भावना बढेर जान्छ। शरीरमा भएको अत्याधिक मृगौलामा भार पर्न जाने गर्छ। जसको कारण मृगौलामा समस्या देखिने साथै फेल हुने समेत सम्भावना बढ्न सक्छ। यसकारण क्वाँटी धेरै खानु पनि बेफाइदा रहेको छ ।


क्वाँटी नेपालीको विभिन्न चाडपर्वमध्ये एक हो जनैपूर्णिमा । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । जनैपूर्णिमाको समयमा अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर खानेचलन छ । यस्ता गेडागुडीको मिश्रण खानु अघि यस्लाई टुसा उम्रेने गरी पानीमा भिजाउने चलन छ ।


चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदा जनक छन् टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार (झोल) हो । विभिन्न थरीका नौ गेडगुडीको टुसा उमारी पुर्णिमाका दिन क्वाँटी खाने गरिन्छ। चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि कति फाइदा जनक छन् त ? यस्ता छन् क्वाँटीका फाइदा:

१. कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो

२. मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ । तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एकपटक सल्लाह लिन आवश्यक छ

३. यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ

४. तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ

५. यो सजिलै पाच्य हुन्छ

६. पेटमा अनावश्यक वायु बनाउँदैन

७. क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ

८. रोग प्रतिरोधात्मक शक्ति बढाउछ

९. रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ

१०. क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ

११. मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ

१२. रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ

१३. टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले एसिडिटीतथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ

१४. पाचनशक्तिमा सुधार ल्याउँछ

१५. गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ


तर क्वाँटी बढी खाँदा बेफाइदा पनि हुन्छ । शरीरमा प्रोटिनको मात्रा धेरैनै बढेर जाने हुनाले युरिक एसिड बढ्ने सम्भावना बढेर जान्छ। शरीरमा भएको अत्याधिक मृगौलामा भार पर्न जाने गर्छ। जसको कारण मृगौलामा समस्या देखिने साथै फेल हुने समेत सम्भावना बढ्न सक्छ। यसकारण क्वाँटी धेरै खानु पनि बेफाइदा रहेको छ।

Sunday, August 26, 2018

तनाव कम गर्ने केहि घरेलु उपाय


काठमाडौं - आधुनिक युगमा तनाव प्रायः मानिसको समस्याको विषय बनेको छ । यसले हाम्रो दिनचर्या र कामलाई प्रत्यक्ष रूपमा प्रभावित पार्छ । यसबाट मुक्त हुन या उपचार गर्नका लागि चिकित्सककहाँ नै पुग्नुपर्छ भन्ने छैन । घरमै सजिलो गरी उपचार पनि गर्न सकिन्छ ।
तनाव कम गर्ने केहि घरेलु उपाय

तनावबाट मुक्त, आत्मबिश्वास रहनु, खुसी हुनु, दैनिक बाधा अवरोध, हाँसी खेली सामना गर्ने हिम्मत राख्नुलाई सामान्यतया स्वस्थ मानसिकता अथवा मानसिक स्वास्थ्य राम्रो भएको भनिन्छ ।


शारीरिक स्वास्थ्य जत्तिकै तपाईँले आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिनु पनि उत्तिकै जरुरी हुन्छ । त्यसैले आफ्नो मानसिकता कसरी स्वस्थ राख्ने र सुन्दर जीवनयापन कसरी गर्ने  ? आउनुस हामी तपाईँलाई केही उपाय सुझाउछौँ । ती उपायहरु यसप्रकार छन् :

ब्यक्तिगत सम्बन्ध :
तपाईँको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरुसंग राम्रो र स्वस्थ ब्यक्तिगत सम्बन्ध राख्नुस् । मानसिक स्वास्थ्यमा ब्यक्तिगत सम्बन्धको धेरै ठूलो भूमिका हुन्छ ।

मनोरञ्जनलाई समय दिनुस् :
आफ्नो दैनिक कार्यमा तपाइले भित्रबाटै गर्न मन पराउने क्रियाकलाप नाचगान खेल आदिको लागि समय निकाल्नु अत्यन्त जरुरी हुन्छ ।

समूहमा सहभागी :
आफ्नो जस्तै रुची भएका ब्यक्तिहरुको समूहमा  सहभागी हुने र रुचिका बिषयमा कुराकानी र भावना बिचार आदानप्रदान गर्न तपाइलाई मानसिक रुपमा स्वस्थ रहन मद्दत गर्छ ।

सामूदायिक क्रियाकलाप :
सामुदायिक क्रियाकलापमा सहभागी हुने गर्नाले आफूले समूदायलाई केही दिन सकेको खुसी मिल्छ । समुदायको बिकास निर्माण जनचेतना, सामूदायिक हितका कार्यक्रममा स्वयंसेवक बनी आफ्नो श्राम, ज्ञान र अनुभव बाड्नुहोस् ।

आफ्नो हेरचाह :
आफनो खानपान सरसफाई शारीरिक स्वास्थ्य आदिमा ध्यान दिनु आवश्यक छ । यसले तपाईको मानसिक स्वस्थ्यमा टेवा पुर्याउँछ ।

आफैलाई चुनौति :
कामकाजको समय होस् या अरु कुनै बेला आफैलाई नयाँ र नौलो कामको लागि चुनौति थप्नुस् । चुनौति पुरा गर्न नयाँ तरिका ज्ञान र अनुभवको खोजी गर्नुस् यसले तपाइलाई ब्यस्त र स्वस्थ राख्छ । चुनौति पुरा हँुदा तपाइको आफ्नो स्वयं बिकास भएको अनुभूति हुन्छ र खुसी लाग्छ ।

तनावको सामना :
तपाईलाई कस्तो अवस्था र ब्यबहारले तनावमा ल्याउँछ । र तनावको बेला तपाई कसरी प्रतिवाद गर्नुहुन्छ । यो आफैले बुझ्न जरुरी हुन्छ । र यो बिरुद्ध निरन्तर अभ्यास गरेर तनावको प्रभाव आफूमा कम गर्न सक्नुहुन्छ ।

पुनर्ताजकी :
मानसिक रुपमा स्वस्थ रहन निन्द्राको ठूलो भूमिका हुन्छ । नियमित रुपमा सही समयमा सुत्ने र उठ्ने बानीदखिे तपाईँलाई ताजा राख्छ । यसैगरी दिनभरीको कामको बीचबीचमा केही छोटो समय निकालेर कामको तनाबबाट पर रहने, टि भी हेर्ने, गफ गर्ने गर्नाले पुनः ताजा भई प्रभावकारी रुपमा काम सम्पन्न गर्न सकिन्छ ।

बर्तामानको महसुस :
धेरे जसो मानिसको मस्तिष्कमा या त पहिलेकै समयमा भएको सफलता असफलताका बारेमा भविष्यको योजना खेलिरहेको हुन्छ । यो गरिरहदा कहिलेकाहि तपाइले वर्तमानलाई भूलेको हुन सक्छ । त्यसैले कहिलेकाहि भूत र भविष्य भूलेर वर्तमानलाई महसुस गरी रमाउन सिक्दछौं र मानसिक रुपमा स्वस्थ रहन सक्छौं ।

मद्दत :
अरुलाई मद्दत गर्दा तपाइलाई खुसी त मिल्छ नै तर तपाइ आफै आफनो समस्याको बेला कत्तिको मद्दत माग्नु हुन्छ । कतिपय कामको सिलसिलामा समस्या उतपन्न हुन्छ । र तपाइलाई मद्दतको जरुरी पर्छ । यस्तो अवस्थामा निधक्र्क भएर मद्दत माग्नु उत्तम हुन्छ । यसले आफनो समस्या सेयर हुनुको साथै समाधानको उपाय अथवा मद्दत नै मिल्ने संभावना बढी हुन्छ र तपाइ मानसिक तनावबाट मुक्त रहन सक्नुहुन्छ ।


दूध र बदाम
तनावबाट टाढिनका लागि दूध र बदामको सही तरिकाले प्रयोग गर्न सकिन्छ । यो प्रायः सबैको घरमा हुन्छ या सजिलै लिन पनि सकिन्छ । आफ्नो आहारमा तातो दूध र ५ दाना बदाम समावेश गर्न सकिन्छ । दिनमा दुईदेखि तीनपटकसम्म यसको सेवन गर्न सकिन्छ । यसो गर्दा तनाव टाढा भागेर जान्छ ।

नीम
नीम मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले चर्मरोगलगायतका कैयौँ शारीरिक समस्याबाट मुक्ति पाइन्छ । यसले तनावलाई पनि सजिलै टाढा गर्न भूमिका खेल्छ । यसका लागि तपाईंले आफ्नाे निधारमा नीमको पाउडर लगाउन सक्नुहुन्छ ।

दूध र अदुवा
तनावलाई नियन्त्रणमा राख्न दूध र सुकेको अदुवालाई पनि प्रयोग गर्न सकिन्छ । दूध र अदुवाको पाउडरको पेस्ट बनाई टाउकोमा लगाउँदा तनावलाई निकै राहत मिल्छ । त्यसको केही समयपछि बिस्तारै तनाव कम हुँदै जान्छ ।
चिसो टावेल
यदि तनावका कारण टाउको दुखिरहन्छ या एकै ठाउँमा ध्यान केन्द्रित गर्न सकिरहनुभएको छैन भने चिन्ता लिनुपर्दैन । यसका लागि टावेललाई चिसो पानीमा भिजाएर निचोरी केहीछिन निधार या टाउकोमा राख्न सक्नुहुन्छ । यसो गरेको केही समयपछि बिस्तारै तनाव कम हुन्छ ।

नरिवलको तेल
नरिवलको तेलले मालिस गर्दा पनि तनाव दूर भएर जान्छ । तनाव भइरहको छ भने नरिवलको तेलले पूरै शरीर मसाज गर्न सक्नुहुन्छ । यसले तनावलाई कम त गर्छ नै, शरीरभरिको रक्तसञ्चार पनि स्वस्थ हुन्छ ।

पानको पात
पानको पातमा पीडा कम गर्ने र चिस्याउने गुण हुन्छ । यसले तनाव हटाउन पनि सहयोग पु¥याउँछ । यति मात्र नभएर तनावको अवस्थामा अँध्यारो कोठामा करिब आधा घन्टासम्म सुत्दा पनि हलुका अनुभूति हुन्छ ।

ग्रिन टी
मोटोपन कम गर्न, उच्च रक्तचापलाई सामान्य बनाउन, मुटुलाई स्वस्थ राख्न मात्र नभई तनावलाई दूर गर्न पनि ग्रिन टीको प्रयोग गर्न सक्नुहुन्छ । ग्रिन टीमा एलथियमाइन नामक तत्व हुन्छ । जसले तनाव कम गर्न मद्दत पु-याउँछ । यसका साथै तनावबाट बच्न सकारात्मक सोच र नियमित व्यायामको पनि आवश्यकता हुन्छ ।

स्वास्थ्यका लागि खतरनाक
वर्तमान समयमा मानिसको सबैभन्दा नजिकको साथी बनेको छ, तनाव । दैनिकीमा आउने अप्ठ्यारा, कामको प्रेसर र प्रतिस्पर्धाले मानिसलाई तनावयुक्त बनाइरहेको छ । तनाव हुँदा यसले पूर्ण शरीरमा प्रतिक्रिया देखाउँछ । जीवनमा संकट उत्पन्न हुँदा पनि तनाव उत्पन्न हुन्छ । यस्तो अवस्थामा मानसिक सन्तुलन बिग्रेर जान्छ । तनावका कारण मुड, रचनात्मकता, सम्बन्ध, स्वास्थ्य सबैमा असर पुग्ने गर्छ ।

भनिन्छ, जन्मनसाथ हामीलाई तनावले घेरा हाल्छ । अर्थात यो संसारमा कोहि छैन, तनावरहित ।
तनाव सबैलाई हुन्छ । बच्चा, किशोर, युवा, वयस्क, बृद्धा सबैलाई । धनी, गरिब । दुर्गमका, सुगमका । शिक्षित, अशिक्षित ।

तनाव भनेको मानसिक दबाव हो । हाम्रो काम, करियर, भविष्य सबैले यस किसिमको दबाव पैदा गर्छ । जबसम्म हाम्रो चेतना रहन्छ, तबसम्म तनाव हुन्छ । तर, तनाव हुँदैमा त्यसले आफुलाई नष्ट गर्छ त ?

तनावले त्यसबेला मात्र हामीलाई पिरोल्छ, जब यसको सहि व्यवस्थापन गर्न सकिदैन । तनाव व्यवस्थापन गर्ने कुरा हो । यो निर्मुल हुने कुरा होइन । अर्थात हाम्रो जीवनमा तनाव नै आउन नदिने भन्ने हुँदैन । तनाव आउँछ, तर त्यसलाई सहि ढंगले व्यवस्थापन गर्नुपर्छ ।

परिवार, आफन्त, साथीभाई, समाज आदिको कारण तनाव हुनसक्छ । आफ्नै व्यक्तिगत कारणले तनाव हुन्छ । परिस्थितीको कारण तनाव हुन्छ । असफलतामा तनाव हुन्छ, सफलतामा पनि । तर, तनावलाई लिने होइन, व्यवस्थापन गर्ने हो । कसरी ?

तनाव व्यवस्थापनको सूत्र
तनाव व्यवस्थापनका लागि कुनै औषधी सेवन गर्नुपर्दैन । शल्यक्रिया पनि गराउनु पर्दैन । यो मानसिक रुपले गर्न सकिन्छ । तनाव व्यवस्थापनको लागि यो कुरा सोच्नु जरुरी छ कि, संसारमा रहेका सबै चेतनशिल प्राणीलाई तनाव हुन्छ । अर्को कुरा, तनाव आफैमा समधान होइन । त्यसैले कुनै पनि कुरामा तनाव लिइरहनुको कुनै अर्थ छैन ।

जब परिस्थितीबस तनाव पैदा हुन्छ, त्यसलाई बिर्सने यत्न गुर्नपर्छ । यसका लागि मनपर्ने गेम खेल्न सकिन्छ, मनपर्ने पुस्तक पढ्न सकिन्छ, घुमफिर गर्न सकिन्छ, मिठो मसिनो खानेकुरा खान सकिन्छ । यावत क्रिया यसकारण गर्न पर्छ कि, मन अन्तैतिर मोडियोस् । किनभने तनाव भनेको मनले लिने कुरा हो । मनलाई नै अन्त मोडेपछि कसरी तनाव हुन्छ ?
त्यसबाहेक केहि शारीरिक क्रिया छ, जसले तनाव व्यवस्थापनमा सघाउँछ ।

लामो श्वास लिने
हरेक व्यक्तिको अलग-अलग स्ट्रेस प्वाइन्ट हुन्छ । अर्थात् तनावको अवस्थामा रहेका व्यक्ति शरीरका विभिन्न हिस्सामा दुखाईको अनुभव गर्छन् । विशेषतः टाउको, पेट, छाती वा खुट्टामा ।
यस्तो भएमा लामो सास लिनुपर्छ र कल्पना गरौ कि सो अंगबाट वायूसँगै तनाव पनि शरीर छोडेर बाहिर जाँदैछ । यस कल्पनाका साथै श्वास नलीबाट गहिरो श्वास छाड्नुपर्छ ।
उदाहरणका लागि यदि स्ट्रेसले गर्दा टाउकोमा दुखाई छ भने गहिरो सास लिनुस र कल्पना गर्नुस कि तपाईंको टाउकोमा अक्सिजन पुगिरहेको छ । केही सेकेन्ड रोकिएपछि कल्पना गरौ कि टाउकोबाट वायुका साथ तनाव पनि बाहिर निस्किदै छ । धेरैपटक यस्तो गर्दा तनाव स्वतः कम हुन्छ ।

एकान्तमा बसौं
तनावग्रहस्त हुँदा हल्लाखल्लाबाट टाढा एकान्तमा समय बिताउनु पनि प्रभावकारी हुन्छ । यो आफैंसँग संवाद गर्ने समय हो जसमा सबै समस्याहरुलाई भुलेर आफैंसँग मित्रवत व्यवहार गरिन्छ ।
आफैसँग वाचा गरौ कि, ती कुराहरुको बारेमा बिल्कुल सोच्नेछैनजुन तनावको कारण बनेका छन् । बल्कि ती कुराहरुको बारेमा सोचिन्छजसले ओठमा मुस्कान ल्याउँछ ।

आफ्नो रुचीको काम
आफ्नो मनपर्ने काम र शौखले व्यक्तिलाई तनावबाट मुक्त राख्न सहयोग गर्छ । चाहे बगैंचामा टहलिने होस, पेन्टिङ होस, गार्डेनिङ होस वा म्युजिक ।
हेडफोन लगाएर म्यूजिक सुन्दै तनाव भगाउन चाहने भने बिना शब्दको इन्स्ट्रुमेन्टल ट्र्याक सुनौ । लिरिक्सबाला गित सकभर नसुनौ किनकी त्यसले मनलाई भावुक बनाउँछ । घरमा कुनै जनावर छ भने उसँग समय बिताएर मन हल्का गर्न सकिन्छ ।

विशेष टिप्स
अक्सर मानिसहरु तनावका लागि परिस्थितिलाई दोष दिन्छन् । तर सत्य के हो भने परिस्थितिलाई नियन्त्रणमा लिन सम्भव छैन । त्यसैले हरेक परिस्थितिमा मनलाई स्थिर र प्रसन्न राख्ने कोशिश गर्नुपर्छ । तनावको सामना गर्न महिलाहरु पुरुषभन्दा अगाडि हुन्छन् ।

दौडधुप तथा व्यस्तताले भरिपूर्ण अहिलेको जिवनयापनमा जो कोही कामकाजी मान्छे बिहान उठेदेखि राति नसुत्दासम्म कुनै न कुनै तनाबमा रहिरहनुपर्छ । समयमा काम पूरा नभएको तनाव, कार्यक्षेत्रमा राम्रो गर्न नसकेको तथा अझै राम्रो गर्नुपर्ने दबाबका बीच हुने तनाब, सिमित तलब अर्थात् पैसाले घर व्यवहारका असिमित आवश्यकता पूरा गर्नुपर्ने तनाव आदि आदि घरेलु तथा बाह्य तनावहरु मान्छेले झेलिरहेको हुन्छ ।

विज्ञहरुका अनुसार मान्छेमा तनावै नहुने कुराको कल्पना गर्न सकिन्न र केही हदसम्मको तनावले मान्छेका लागि राम्रो गर्ने उत्प्रेरकको रुपमा भूमिका पनि निर्वाह गर्छ तर तनावले सीमा नाघ्यो भने त्यो हानिकारक हुन्छ । त्यसले मान्छेको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमै हानी गर्दछ । तनावले उच्च रक्तचाप तथा हृदयाघात जस्ता समस्याको खतरा बढ्छ । त्यसैले तनावलाई बढ्न दिनुहुँदैन । आखिर तनावलाई कसरी नियन्त्रण गर्ने त ? हामीले यहाँ केही टिप्स प्रस्तुत गरेका छौँ ।

बुढापाकाहरुसँग भेट गर्नुहोस् र कुराकानी गर्नुहोस् । तपाइँलाई निकै तनाव भएको छ भने तपाइँका वृद्ध हजुरबा हजुरआमालाई भेट्नुहोस् र उहाँहरुसँगै बसेर दिन बिताउनुहोस् । आफ्ना वृद्ध अभिभावकलाई भेट्न सम्भव छैन भने नजिकैका बुढापाकालाई भेट्न जानुहोस् । बुढा पाकासँगको बसाइले तपाइँलाई शान्ति मिल्छ र मनको तनाव कम हुन्छ ।

खानपान बदल्नुहोस् : तपाइँलाई कुनै कुराले तनाव दिइरहेको छ भने सधै खाएर दिक्क भएको चिज भन्दा नयाँ चिज खाने कोसिस गर्नुहोस् । अझ तपाइँले नयाँ पेय पदार्थको स्वाद लिएर तनावलाई भगाउन सक्नुहुन्छ । तपाइँले मदिरा नै खानुपर्छ भन्ने छैन मकटेल्स लिएर आनन्द लुट्न सक्नुहुन्छ र तातेको दिमागलाई मथ्थर पार्न सक्नुहुन्छ ।

नङलाई बनाउनुस् कलात्मक : अरु मानिसभन्दा अलग देखिने चाहना जो कोही महिलाको हुन्छ । हरेक महिला आफ्नो पोशाक, तथा श्रृंगार र लुक्सलाई लिएर निकै चनाखो हुन्छन् । नेल आर्ट अर्थात् नङलाई सुन्दर तथा विभिन्न नेल पालिस लगाएर आकर्षक बनाउने कला पनि यहीँ मध्येको एक प्यासन हो । वास्तवमा नङको श्रृंगार पनि एक रोमाञ्चक काम हो । यसलाई महिलाले फुर्सदको दिन अर्थात् छुट्टीको समयमा मन बहलाउन तथा तनावलाई दूर गर्न अपनाउन सक्छन् ।

विभिन्न घरायासी काम अर्थात् घरेलु सामान बनाउने काममा व्यस्त रहँदा पनि बाह्य कुराको तनाव कम हुन्छ । महिलाको हकमा प्लास्टिक वा कपडाका रंगीचंगी फूल बनाउने, घर कोठा सफाचट् पार्ने जस्ता कामले मन बहलाउन सहयोग गर्छ । त्यस्तै पूराना कापी किताबको अध्ययन, घरकोठा तथा बगैँचाको सरसफाइ, सीप भएमा फूलदानी वा टोकरी बनाउने, घरमा पालिएको कुकुरलाई घुमाउन लैजाने जस्ता कामले पुरुषलाई पनि तनाव घटाउन मद्धत गर्छ । तनाव हटाउन खासगरी सिर्जनात्मकता प्रयोग हुने सरल कामहरु गर्ने गर्नुपर्छ ।

पूराना कपडाको रिडिजाइन : के तपाइँ सधै एकै डिजाइनका कपडा लगाउँदा वाक्क हुनुभएको छ ? यदि त्यस्तो हो भने तपाइँले आफ्ना पूराना कपडालाई नयाँ लुक्स दिन सक्नुहुन्छ । तपाइँलाई सिलाइ कटाइ आउँछ भने आफैले पूराना कपडालाई नयाँ डिजाइनमा ढाल्न सक्नुहुन्छ । यदि तपाइँलाई आउँदैन भने चित्तबुझ्दो डिजाइनमा रिपेयर गरिदिन सूचिकारकहाँ लुगा लिएर जानुहोस् । पूराना कपडालाई नयाँ डिजाइनमा ढालेर लगाउँदा तपाइँले नौलो अनुभुति पाउन सक्नुहुन्छ । आफ्नो नयाँ लुक्स देख्दा तपाइँ भित्रभित्रै मख्ख पर्नुहुन्छ र तनाव घटेको महसुस हुनेछ ।

यी उल्लेखित तरिकाहरु अपनाउँदा तनाव घट्छ भन्ने कुरा सायद तपाइँलाई यसअघि थाहा नहुनसक्छ । सन्तुलित भोजन, नियमित व्यायाम, स्वस्थ सामाजिक जिवन, सहकार्य, ध्यान तथा योगा गर्ने तथा बढि महत्वाकांक्षा नराख्ने जस्ता कुराहरुले पनि तनाव घटाउन सहयोग पूराउँछन् । हेर्दा निकै साधारण जस्तो लाग्ने यी उपायहरुले कसरी तनाव घटाउला र ? भन्ने प्रश्न पनि हुनसक्छ । तर एकचोटी अपनाएर त हेर्नुस्, तपाइँको टेन्सन अवश्य पनि दूर हुनेछ ।

सेतो पुतलीको आक्रमणले आँखाको दृष्टि नै गुम्न सक्ने सापु रोगको लक्षण र बच्ने उपाय

काठमाण्डौ – डेंगुको डर बढेको बेला फेरि आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहेको अर्को रोगको प्रकोप देखिएको छ । सिजनल हाइपरएक्युट पानुभिआइट...