Covid-19 Update

Monday, August 27, 2018

क्वाँटी खाँदाको फाइदा तथा बेफाइदा यस्ता छन्


काठमाडौँ - हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिनलाई क्वाँटी खाने अर्थात रक्षा बन्धन लगाउने विशेष दिनको रुपमा मानिदै आएको छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बदशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु यसबाट तिमी सुरक्षित बन विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परालाई निरन्तर रुपमा मान्दै आएको छ ।
क्वाँटी खाँदाको फाइदा तथा बेफाइदा यस्ता छन्


यस दिन मनाउने गरिन्छ। यस दिनमा मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । साथै यसै दिन जनाई फेर्ने पनि परम्परा रहेको छ। यस दिनलाई शरीर शुद्ध गरी देवता, सप्तऋषि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषि तर्पणीसमेत भन्ने गरिएको हो ।


यस दिनमा सप्‍तर्षिहरू काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्‍ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ । यस दिनमा एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षयामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता रहेको छ । त्यसकारण क्वाँटीलाई मानव शरीरको लागि फाइदाजनक रहेको छ ।


तर क्वाँटी बढी खाँदा बेफाइदा पनि हुन्छ । शरीरमा प्रोटिनको मात्रा धेरैनै बढेर जाने हुनाले युरिक एसिड बढ्ने सम्भावना बढेर जान्छ। शरीरमा भएको अत्याधिक मृगौलामा भार पर्न जाने गर्छ। जसको कारण मृगौलामा समस्या देखिने साथै फेल हुने समेत सम्भावना बढ्न सक्छ। यसकारण क्वाँटी धेरै खानु पनि बेफाइदा रहेको छ ।


क्वाँटी नेपालीको विभिन्न चाडपर्वमध्ये एक हो जनैपूर्णिमा । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । जनैपूर्णिमाको समयमा अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर खानेचलन छ । यस्ता गेडागुडीको मिश्रण खानु अघि यस्लाई टुसा उम्रेने गरी पानीमा भिजाउने चलन छ ।


चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदा जनक छन् टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार (झोल) हो । विभिन्न थरीका नौ गेडगुडीको टुसा उमारी पुर्णिमाका दिन क्वाँटी खाने गरिन्छ। चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि कति फाइदा जनक छन् त ? यस्ता छन् क्वाँटीका फाइदा:

१. कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो

२. मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ । तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एकपटक सल्लाह लिन आवश्यक छ

३. यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ

४. तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ

५. यो सजिलै पाच्य हुन्छ

६. पेटमा अनावश्यक वायु बनाउँदैन

७. क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ

८. रोग प्रतिरोधात्मक शक्ति बढाउछ

९. रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ

१०. क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ

११. मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ

१२. रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ

१३. टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले एसिडिटीतथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ

१४. पाचनशक्तिमा सुधार ल्याउँछ

१५. गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ


तर क्वाँटी बढी खाँदा बेफाइदा पनि हुन्छ । शरीरमा प्रोटिनको मात्रा धेरैनै बढेर जाने हुनाले युरिक एसिड बढ्ने सम्भावना बढेर जान्छ। शरीरमा भएको अत्याधिक मृगौलामा भार पर्न जाने गर्छ। जसको कारण मृगौलामा समस्या देखिने साथै फेल हुने समेत सम्भावना बढ्न सक्छ। यसकारण क्वाँटी धेरै खानु पनि बेफाइदा रहेको छ।

No comments:

Post a Comment

सेतो पुतलीको आक्रमणले आँखाको दृष्टि नै गुम्न सक्ने सापु रोगको लक्षण र बच्ने उपाय

काठमाण्डौ – डेंगुको डर बढेको बेला फेरि आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहेको अर्को रोगको प्रकोप देखिएको छ । सिजनल हाइपरएक्युट पानुभिआइट...