Covid-19 Update

Saturday, January 12, 2019

कपालमा तेल लगाउने सही तरिका


काठमाडौं - स्वस्थ र सुन्दर कपालका लागि तेल आवश्यक छ । तर, कपालमा तेल लगाउने पनि तरिका हुन्छ । कपालअनुसार फरकफरक तेल आवश्यक पर्न सक्छ । कसरी प्रयोग गर्ने तेल ? हेयर डिजाइनर लक्ष्मी ठाकुरले विस्तृतमा बताएका छन्ः

१. कस्तो कपालमा कुन तेल लगाउने भन्ने पाटो महत्वपूर्ण हुन्छ । सबै कपालमा सबै तेलको प्रयोग फाइदाजनक हुँदैन । तेलका कारण कुनै साइड इफेक्ट नभए पनि नतिजा सकारात्मक नदिएपछि तेल लगाउनुको अर्थ नै रहँदैन । त्यसैले सुरुमा आफ्नो कपालको क्वालिटी बुझ्नुहोस् र तेल रोज्नुहोस् ।
२. ड्राई अर्थात् सुक्खा कपाल छ भने नरिवलको तेल लगाउनु राम्रो हुन्छ । नरिवलको तेलले कपालको सुक्खापन कम गराएर नरम बनाउन भूमिका खेल्छ । मुख्यतः कलरिङ गरिएको कपाललाई नरिवलको तेलले फाइदा गर्छ । किनभने, यो कपाल सुक्खा हुन्छ ।
३.कलरिङ नगरिएको कपाल पनि ड्राई हुन्छ । नर्मल ड्राई कपालमा ओलिभ र तोरीको तेल लगाउनु राम्रो हुन्छ ।
४. ड्राई नभएको नर्मल कपाललाई बिग्रिन नदिन तथा स्वस्थ राख्न पनि तेल लगाउनुपर्ने आवश्यकता हुन्छ । हप्तामा एकदुईपटक नर्मल कपालमै पनि आयल मसाज गर्नु फलदायी हुन्छ । नर्मल कपालका लागि आलमोन्ड आयल उपयुक्त हुन्छ । लक्ष्मी ठाकुर हेयर डिजाइनर लक्ष्मी हेयर स्टुडियो, कोटेश्वर लक्ष्मी ठाकुर हेयर डिजाइनर लक्ष्मी हेयर स्टुडियो, कोटेश्वर
५. कपालको क्वालिटीअनुसार तेल रोजेर मात्रै पुग्दैन । कपालमा तेल कति समय राख्ने भन्ने कुराले पनि अर्थ राख्छ । स्काल्प बढी ड्राई भएका व्यक्तिले रातभर कपालमा तेल राखेर भोलिपल्ट बिहान नुहाउँदा ठीक हुन्छ ।
६. टाउकाको छालामा कुनै समस्या छ, माइग्रेन छ भने रातभर तेल लगाएर छाड्नुहुँदैन । यसले नकारात्मक असर गर्न सक्छ । खास त टाउको दुख्ने समस्या निम्त्याउन सक्छ ।
७. सामान्यतया तेल लगाएको दुईतीन घन्टासम्म रहन दिएर टाउको पखाल्दा पर्याप्त नै हुन्छ । यो जुनसुकै प्रकृतिको कपालमा पनि लागू हुन्छ ।
८. धेरै तातो तेलले कपालमा मसाज गर्नुहुँदैन । तेल राम्रोसँग तताउने, तर मनतातो बनाएर लगाउनुपर्छ । तातो तेलले कपालको जरा कमजोर बनाउने तथा कपाल नै फेड गराइदिन्छ ।
९. नुहाउनुअघि टाउकोमा मसाज गर्न बाक्लो खालको तेल लगाउनुपर्छ । कपालको जरैसम्म भिज्ने गरी औँलाले खेलाउँदै तेल लगाउनुपर्छ । तेल लगाइसकेपछि महिलाले लामो कपाललाई हल्का पोको पारेर राख्नुपर्छ ।
१०. नुहाएपछि पनि कपालमा तेल लगाउने हो भने ननस्टिकी आयल रोज्नुपर्छ । नुहाएपछिको कपालमा पातलो खालको तेल आवश्यक पर्छ । यो वेला बाक्लो खालको तेल लगाउनुहुँदैन । बाक्लो तेल लगाउँदा बढी चिपचिप हुने र अनुहारसम्म लतपतिने हुन्छ ।

तोरीको तेलका उपयोगी फाइदा
कपालमा तेल लगाउने सही तरिका
तोरीको तेल खासगरी भारत, रोम र ग्रिसमा हजारौं वर्षदेखि लोकप्रिय रहँदै आएको छ । सबैभन्दा पहिले यो ३ हजार बीसीमा भारतमा खेति गरिएको अनुमान गरिएको छ । दार्शनिक हिप्पोक्रेटसले तोरीका दानालाई केही निश्चित खालका औषधि बनाउन प्रयोग गर्थे । रोमनहरुले यसलाई रक्सी बनाउन प्रयोग गर्थे भने ग्रिकका प्रख्यात गणितज्ञ पाइथागोरसले बिच्छीले टोकेको उपचारमा प्रयोग गर्थे । यसका साथै तोरीको तेल भारत तथा नेपालमा खाना पकाउन प्रयोग हुँदै आएको छ । 

तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट (मुफा), २१ प्रतिशत पोलीअनस्याचुुरेटेड फ्याट (पुफा) र १२ प्रतिशत स्याचुुरेटेड फ्याट पाइन्छ । यी फ्याटी एसिडलाई असल फ्याट भनिन्छ । यी चिप्लो पदार्थ मुटुको धमनकिा भित्तामा गएर बस्न सक्दैन । यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटीन, भिटामिन र मिनरल पाइदैंन । तरकारीको महत्वपूूर्ण स्रोत भएकाले यसमा अल्फा लिनोलेनिक एसिड तथा ओमेगा फ्याटी एसिड हुन्छन् । एक चम्चा तोरीको तेलमा ०.८ ग्राम ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यस्तै, एक टेबलचम्चा तेलमा १२४ क्यालोरी पाइन्छ । जसमा १४ ग्राम फ्याट हुन्छ । जसमध्ये ८.३ ग्राम मोनोस्याचुरेटेड फ्याट पाइन्छ, जुन ओलिभ आयल, अंगुरको बियाँ र बदामको तेलजस्तै हुन्छ । 

क्यान्सरको खतरा घटाउँछ

अनुसन्धानहरुबाट तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्व पाइएको छ । यसमा पाइने लिनोलेनिक एसिड ओमेगा थ्रि फ्याटी एसिडमा परिवर्तन हुन्छ, जसले पेट तथा कोलोन क्यान्सर रोकथाम गर्छ । साउथ डकोटा युनिभर्सिटीको टोलीले गरेको अनुसन्धानले पनि यही कुरालाई प्रमाणित गरेको छ । उनीहरुले कोलोन क्यान्सर लागेको मुसामा तोरी, मकै र माछाको तेल प्रयोग गरेका थिए । तीमध्ये तोरीको तेलले बढी काम गरेको पाइएको थियो । 

मुटुका लागि उपयोगी

तोरीको तेलमा मोनोस्याचुरेटेड  र पोलिअनस्याचुरेटेड फ्याटी एसिड प्रशस्तमात्रामा पाइन्छ । यसका साथै ओमेगा थ्रि र ओमेगा सिक्स फ्याटी एसिड पनि पाइन्छ । यी फ्याटी एसिडले मुटु रोगको खतरा ५० प्रतिशतले कम गर्न मद्दत पुु¥याउँछन् । तोरीको तेल हाइपोकोलेस्टेरोलेमिक (कोलेस्टेरोल घटाउने)  र हाइपोलिपिडेमिक (लिपिड घटाउने) तत्व पाइन्छ । यसले एलडीएल (खराब) कोलेस्टेरोल घटाई र एचडिएल (असल) कोलस्टेरोल बढाउँछ । यसबाट मुटु रोगको खतरा कम हुन्छ ।

प्राकृतिक शक्तिबद्र्धक

तोरीको तेललाई प्राकृतिक शक्तिबद्र्धकका रुपमा लिइन्छ । तोरीको तेलले छालामा मसाज गर्दा रक्तसन्चार प्रणाली र पसिना ग्रन्थीमा सुधार ल्याउँछ । यसका साथै यसले पाचन प्रणालीमा सुधार ल्याउँछ ।

चिसो र रुघा निको पार्छ 

तोरीको तेल लामो समयदेखि चिसो हटाउने प्राकृतिक पदार्थका रुपमा प्रयोग हुँदैं आएको छ  । यसमा तातो बनाउने तत्व हुन्छ, जसले श्वासप्रश्वास नलीलाई सफा पार्छ । रुघा लागेको बेला तातो पानीमा जिरा र केही चम्चा तोरीको तेल हालेर बाफ लिने हो भने रुघा निको हुन्छ र घाँटी सफा पार्छ । 

जोर्नी दुख्ने र बाथ निको पार्छ

तोरीको तेलले नियमित मसाज गर्ने हो भने शरीरमा रक्तसन्चार बढाई जोर्नी दुख्ने र बाथको समस्या निको हुन्छ । यसमा हुने ओमेगा थ्रि फ्याटी एसिडले बाथसम्बन्धी दुखाईलाई हटाउने तत्वका रुपमा काम गर्छ । 

शरीरका अंगहरुको कार्यमा सुधार ल्याउँछ

तोरीको तेलले मसाज गर्ने हो भने शरीरमा रक्तसन्चारलाई बढाई ताजा महसुस गराउँछ र अंगहरुको कार्यक्षमता पनि बढ्छ । नवजात शिशुलाई तोरीको तेलले मसाज गर्ने चलन धेरै देशमा छ । यसले शरीर बलियो बनाउने, स्वास्थ्य राम्रो बनाउने र ताप दिने कुरा अध्ययनबाट पनि प्रमाणित भएका छन् ।

दममा उपयोगी

दम यस्तो  रोग हो, जसको कुनै उपचार छैन । तर तोरीको तेलको उपयोगले यसको लक्षण र प्रभावलाई व्यवस्थित गरी घटाउन सकिन्छ । यो दमका लागि सबैभन्दा बढी प्रभावकारी सुरक्षित उपाय हो । खैरो तोरीको तेल छातिमा लगाउने हो भने फोक्सोमा हावाको आपूर्ति बढ्छ । एक टेबलचम्चा शुद्ध तोरीको तेललाई महमा मिसाएर दिनको तीनपटक खाने हो भने दमको आक्रमणलाई रोक्न सकिन्छ । 

यसका साथै तोरीको तेलमा अन्य फाइदा
मष्तिष्कको कार्यक्षमता बढाउँछ
दाँत सेतो बनाउँछ र दाँतसम्बन्धी समस्या हटाउँछ
छाला स्वस्थ बनाउन मद्दत गर्छ
शरीरका काला धब्बा हटाउँछ
प्राकृतिक सनस्क्रीनको काम गर्छ
छाला सुख्खा हुन दिँदैंन र संक्रमणबाट जोगाउँछ
कपाल झर्नबाट  जोगाउँछ, सुख्खा हुन दिँदैंन
कपाल चाँडै फुल्न दिँदैंन
तोरीको तेल चायाँ पर्न दिँदैंन


हतारमा जुस पिउने कि फुर्सदमा फलफूल खाने ?


बीबीसी - रफ्तारमा रहेको जिन्दगीमा हरेक काम फटाफट हुनुपर्छ । भनेपछि खानपानमा किन ढिलाइ ?  फलफूल खाएर समय किन खेर फाल्नु

फलको जुस निकाल्यो, खायो अनि हिँड्यो कामतिर । समय पनि जोगिन्छ, स्वास्थ्य पनि राम्रो ।  

साँच्चै ? के फलफूलको रस निकालेर पिउनु स्वास्थ्यका लागि फाइदाजनक छ त ?
अहिलेका कामकाजी मान्छेहरुसँग समय नभएकाले फलफूलको रस पिउने चलन छ । फलफूल चपाएर खाने समय कहाँ र ?

बिहानै जुस बुत्यायो कामतिर कुद्यो । स्वास्थ्यको चिन्ता पनि दूर भयो ।  धेरैको बुझाइ छ कि जु शरीरमा रहेका बिकार निकाल्न सहयोग गर्छ।

यसैको फाइदा फलको जुसको कारोबार गर्नेहरु उठाइरहेका छन्। सन् २०१६ मात्रै फलफूलको जुसको कारोबार एक सय ५४ अर्ब डलर बराबर भये ।  यो वर्षेनी बढिरहेको छ।

चिनीको प्राकृतिक स्रोत फलफूल नै हुन् । जुन हरेक फलमा बढी वा घटी पाइन्छ नै । यदि सन्तुलित रुपमा लिएमा यसलाई हानिकारक मानिदैन । जब हामी फल खान्छौ त यसमा रहेको फ्रक्टोजका साथै फाइबर पनि शरीरमा पुग्छ । फाइबरलाई टुटाउन र रगतमा घुल्न समय लाग्छ।  
हतारमा जुस पिउने कि फुर्सदमा फलफूल खाने ?
तर जब हामी जुस लिन्छौं,  त्यतिबेला फाइबर छुटिन्छ र फ्रक्टोज र केही भिटामिन मात्रै शरीरमा जान्छन् । हामी फलको रस मात्रै लिन्छौं भने द्रूत रुपमा फ्रक्टोज रगतमा मिल्छ । यसले रगतमा चिनिको मात्रै एक्कासी बढाउँ५ । त्यसपछि अग्नाशयले इन्सुलिन नामक हर्मोन छाड्छ । जसले चिनिको मात्रा नियन्त्रण गर्छ। 
जब यस्ट्टव लगातर बढ्छ भने टाइ टू डायबिटिज हुने सम्भावना बढ्छ । सन् १९८६ देखि २००९ सम्म भएको एक रिसरचुले फलको जुस लिनुको सिधा असरका रुपमा टाइफ टू डायबिटिज भएको पाएका थिए।

धेरै रिसर्चमा फलफूलको जुस धेरै पिउनु हानिकारक देखिएको छ। यसबाट मोटोपनको समस्या समेत देखिएको छ। 

धेरैले जुस शरीरमा रहेको बिकार बाहिर निकाल्छ भनेर पनि पिउने गरेका छन्। जस्तै मदिरा, ड्रग वा यस्तै हानिकारक तत्व निकाल्न जुसको सहारा लिनेहरु पाइन्छन् ।  तर, त्यो सत्य होइन । यस्तो तत्व निकाल्ने कुरा जुसमा होइन, फलफूलमा पाइन्छ । जुन जुस निकाल्ने क्रममा खेर जान्छ । फलफूल खाँदा पेट अघाएको महशुस समेत हुने भएकाले कार्बोहाइड्रेटको मात्रा कम गर्न समेत सहयोग पुग्छ । त्यसैले जुस खान हतार गर्नु भन्दा स्वास्थ्यका लागि फुर्सद निकालेर फल खानु उचित हुन्छ ।

जाडोमा किन हातखुट्टा सुन्निन्छ? कसरी बच्ने?


काठमाडौं - जाडोमा धेरै मान्छेलाई चिसोले सताउँछ। हातखुट्टा सुन्निने, एलर्जी हुने, चायापोतो बढ्ने जस्ता समस्या देखा पर्छन्। यस्तै, हातखुट्टा फुट्ने, सुक्खा हुने, चिलाउने जस्ता समस्याले दुःख दिन्छ। त्यसमध्ये चिलब्लेन्सवा पेर्नियोभन्ने समस्याले पनि जाडो महिनामा मानिसलाई दुःख दिनेगर्छ। यसलाई खासगरी हातगोडा वा शरीरका बाहिरी अंग रातो हुने, सुन्निने, फोका उठ्ने, घाउ हुने आदि समस्याका रुपमा बुझिन्छ।

चिलब्लेन्सले रगतका मसिना नसामा खराबी ल्याउँछ। जति चिसोमा खेल्यो त्यति नै यो समस्या बल्झिनेगर्छ। हातखुट्टाका औंलाको टुप्पा, नाकको टुप्पो, कपडाले नछोप्ने भाग आदिमा यस्तो समस्या देखापर्छ। धेरै चिसोले गर्दा शरीरको रगत सञ्चालनमा बाधा पुग्न सक्छ।
जाडोमा किन हातखुट्टा सुन्निन्छ? कसरी बच्ने?

विशेषगरी
, पुरुषलाई भन्दा महिलालाई यो रोगले सताएको पाइन्छ। त्यसैगरी पुरुषहरुमा पनि मोटाघाटा भन्दा दुब्लापातलालाई यसले चाँडो सताउँछ। 
महिलामा पनि खासगरी दुब्लापातला नै चिलब्लेन्सको जोखिममा पर्छन्। अर्को कारण भनेको, घरधन्दामा बढी समय दिने महिलालाई, चिसो पानीमा काम गर्ने महिलालाई यस्तो समस्या देखिने गर्छ। चिसो पानीमा काम गर्ने तर आफ्नो स्याहार नगर्ने महिलालाई यो रोगले सताउने गरेको पाइन्छ। सबैलाई चिसोको समान महसुस भए पनि केही मान्छेलाई मात्र यो रोगले चिसो मौसममा सताउँछ। जसले गर्दा चिसो मौसममा हुने थाहा भए पनि यो रोग के कारणले गर्दा लाग्छ भन्ने पत्ता लागेको छैन। 

लक्षण 
जुन भागमा चिसोको मात्र बढी हुन्छ, त्यहाँ चिलाउने समस्या हुन सक्छ
चिलाउने ठाउँमा पोल्ने, सुन्निने, दुख्ने र रातो हुँदै बिस्तारै गाढा निलो हुने गर्छ
हातखुट्टा झमझम गर्छ
पानीको फोका आउन थाल्छ,
त्यसलाई समयमै स्याहार नगरे फुटेर घाउ बन्छ। समयमै उपचार नगर घाउ बढेर अल्सरसमेत हुन सक्छ। 

कसरी बच्ने ?
यो रोगबाट बच्न चिसोदेखि जोगिनु नै पहिलो प्राथमिकता हो। चिसोमा काम गर्नु वा खेल्नुपरेमा गोडामा मोजा र हातमा पन्जा लगाउनुपर्छ। यदि, पानीमा काम गर्नुपर्ने अवस्थामा पन्जा लगाउन नमिले मनतातो पानीका काम गर्नुपर्छ।

चिसोबाट आएपछि एक्कासी तातोमा हातखुट्टा सेक्नु हुँदैन। चिसोबाट आउँदा तातोमा हातखुट्टा सेकाउँदा ठिक हुन्छ भन्ने बुझाइ धेरैमा पाइन्छ, त्यो गलत हो। चिलब्लेन्सले दुःख दिएको छ भने हामीले हातगोडा सेकाउनुभन्दा पनि मालिस गर्नु उपयुक्त हो। रगत सर्कुलेसनलाई बढाउने उपाय लगाउनुपर्छ। यस्तै, मनतातो पानीमा हातखुट्टा डुबायो भने पनि रगत सञ्चालनमा सहज हुन्छ। यस्तै, लोसन प्रयोग गरेर मालिस गर्दा यो समस्याबाट छुटकारा पाउन सकिन्छ। 

घरेलु उपायले यो रोग निको भएन भने औषधि सेवन गर्न पनि सकिन्छ। तर, अर्को सिचो मौसममा फेरि समस्या बल्झिन सक्छ। त्यसैले यसको मुख्य उपचार भनेकै हातगोडा, कपडाले नछोप्ने अंगलाई सकेसम्म तातो बनाएर राख्ने र मोस्चराइजिङ क्रिमले मालिस गर्ने नै हो। 

यसले धेरै दुःख दिएमा तुरुन्तै उपचार गर्नुपर्छ, नभए घाउ बनेर थप दुःख दिन सक्छ। 

यदि, चिसोबाट जोगाउँदा पनि समस्या कम भएन भने छाला सम्बन्धी चिकित्सकको सल्लाहमा औषधिको प्रयोग गर्न सकिन्छ। त्यस्ता औषधि खासगरी चिसोले खुम्चिएर बसेका नसालाई खुलाउने प्रकृतिका हुन्छन्। 

सेतो पुतलीको आक्रमणले आँखाको दृष्टि नै गुम्न सक्ने सापु रोगको लक्षण र बच्ने उपाय

काठमाण्डौ – डेंगुको डर बढेको बेला फेरि आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहेको अर्को रोगको प्रकोप देखिएको छ । सिजनल हाइपरएक्युट पानुभिआइट...