Covid-19 Update

Saturday, January 12, 2019

कपालमा तेल लगाउने सही तरिका


काठमाडौं - स्वस्थ र सुन्दर कपालका लागि तेल आवश्यक छ । तर, कपालमा तेल लगाउने पनि तरिका हुन्छ । कपालअनुसार फरकफरक तेल आवश्यक पर्न सक्छ । कसरी प्रयोग गर्ने तेल ? हेयर डिजाइनर लक्ष्मी ठाकुरले विस्तृतमा बताएका छन्ः

१. कस्तो कपालमा कुन तेल लगाउने भन्ने पाटो महत्वपूर्ण हुन्छ । सबै कपालमा सबै तेलको प्रयोग फाइदाजनक हुँदैन । तेलका कारण कुनै साइड इफेक्ट नभए पनि नतिजा सकारात्मक नदिएपछि तेल लगाउनुको अर्थ नै रहँदैन । त्यसैले सुरुमा आफ्नो कपालको क्वालिटी बुझ्नुहोस् र तेल रोज्नुहोस् ।
२. ड्राई अर्थात् सुक्खा कपाल छ भने नरिवलको तेल लगाउनु राम्रो हुन्छ । नरिवलको तेलले कपालको सुक्खापन कम गराएर नरम बनाउन भूमिका खेल्छ । मुख्यतः कलरिङ गरिएको कपाललाई नरिवलको तेलले फाइदा गर्छ । किनभने, यो कपाल सुक्खा हुन्छ ।
३.कलरिङ नगरिएको कपाल पनि ड्राई हुन्छ । नर्मल ड्राई कपालमा ओलिभ र तोरीको तेल लगाउनु राम्रो हुन्छ ।
४. ड्राई नभएको नर्मल कपाललाई बिग्रिन नदिन तथा स्वस्थ राख्न पनि तेल लगाउनुपर्ने आवश्यकता हुन्छ । हप्तामा एकदुईपटक नर्मल कपालमै पनि आयल मसाज गर्नु फलदायी हुन्छ । नर्मल कपालका लागि आलमोन्ड आयल उपयुक्त हुन्छ । लक्ष्मी ठाकुर हेयर डिजाइनर लक्ष्मी हेयर स्टुडियो, कोटेश्वर लक्ष्मी ठाकुर हेयर डिजाइनर लक्ष्मी हेयर स्टुडियो, कोटेश्वर
५. कपालको क्वालिटीअनुसार तेल रोजेर मात्रै पुग्दैन । कपालमा तेल कति समय राख्ने भन्ने कुराले पनि अर्थ राख्छ । स्काल्प बढी ड्राई भएका व्यक्तिले रातभर कपालमा तेल राखेर भोलिपल्ट बिहान नुहाउँदा ठीक हुन्छ ।
६. टाउकाको छालामा कुनै समस्या छ, माइग्रेन छ भने रातभर तेल लगाएर छाड्नुहुँदैन । यसले नकारात्मक असर गर्न सक्छ । खास त टाउको दुख्ने समस्या निम्त्याउन सक्छ ।
७. सामान्यतया तेल लगाएको दुईतीन घन्टासम्म रहन दिएर टाउको पखाल्दा पर्याप्त नै हुन्छ । यो जुनसुकै प्रकृतिको कपालमा पनि लागू हुन्छ ।
८. धेरै तातो तेलले कपालमा मसाज गर्नुहुँदैन । तेल राम्रोसँग तताउने, तर मनतातो बनाएर लगाउनुपर्छ । तातो तेलले कपालको जरा कमजोर बनाउने तथा कपाल नै फेड गराइदिन्छ ।
९. नुहाउनुअघि टाउकोमा मसाज गर्न बाक्लो खालको तेल लगाउनुपर्छ । कपालको जरैसम्म भिज्ने गरी औँलाले खेलाउँदै तेल लगाउनुपर्छ । तेल लगाइसकेपछि महिलाले लामो कपाललाई हल्का पोको पारेर राख्नुपर्छ ।
१०. नुहाएपछि पनि कपालमा तेल लगाउने हो भने ननस्टिकी आयल रोज्नुपर्छ । नुहाएपछिको कपालमा पातलो खालको तेल आवश्यक पर्छ । यो वेला बाक्लो खालको तेल लगाउनुहुँदैन । बाक्लो तेल लगाउँदा बढी चिपचिप हुने र अनुहारसम्म लतपतिने हुन्छ ।

तोरीको तेलका उपयोगी फाइदा
कपालमा तेल लगाउने सही तरिका
तोरीको तेल खासगरी भारत, रोम र ग्रिसमा हजारौं वर्षदेखि लोकप्रिय रहँदै आएको छ । सबैभन्दा पहिले यो ३ हजार बीसीमा भारतमा खेति गरिएको अनुमान गरिएको छ । दार्शनिक हिप्पोक्रेटसले तोरीका दानालाई केही निश्चित खालका औषधि बनाउन प्रयोग गर्थे । रोमनहरुले यसलाई रक्सी बनाउन प्रयोग गर्थे भने ग्रिकका प्रख्यात गणितज्ञ पाइथागोरसले बिच्छीले टोकेको उपचारमा प्रयोग गर्थे । यसका साथै तोरीको तेल भारत तथा नेपालमा खाना पकाउन प्रयोग हुँदै आएको छ । 

तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट (मुफा), २१ प्रतिशत पोलीअनस्याचुुरेटेड फ्याट (पुफा) र १२ प्रतिशत स्याचुुरेटेड फ्याट पाइन्छ । यी फ्याटी एसिडलाई असल फ्याट भनिन्छ । यी चिप्लो पदार्थ मुटुको धमनकिा भित्तामा गएर बस्न सक्दैन । यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटीन, भिटामिन र मिनरल पाइदैंन । तरकारीको महत्वपूूर्ण स्रोत भएकाले यसमा अल्फा लिनोलेनिक एसिड तथा ओमेगा फ्याटी एसिड हुन्छन् । एक चम्चा तोरीको तेलमा ०.८ ग्राम ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यस्तै, एक टेबलचम्चा तेलमा १२४ क्यालोरी पाइन्छ । जसमा १४ ग्राम फ्याट हुन्छ । जसमध्ये ८.३ ग्राम मोनोस्याचुरेटेड फ्याट पाइन्छ, जुन ओलिभ आयल, अंगुरको बियाँ र बदामको तेलजस्तै हुन्छ । 

क्यान्सरको खतरा घटाउँछ

अनुसन्धानहरुबाट तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्व पाइएको छ । यसमा पाइने लिनोलेनिक एसिड ओमेगा थ्रि फ्याटी एसिडमा परिवर्तन हुन्छ, जसले पेट तथा कोलोन क्यान्सर रोकथाम गर्छ । साउथ डकोटा युनिभर्सिटीको टोलीले गरेको अनुसन्धानले पनि यही कुरालाई प्रमाणित गरेको छ । उनीहरुले कोलोन क्यान्सर लागेको मुसामा तोरी, मकै र माछाको तेल प्रयोग गरेका थिए । तीमध्ये तोरीको तेलले बढी काम गरेको पाइएको थियो । 

मुटुका लागि उपयोगी

तोरीको तेलमा मोनोस्याचुरेटेड  र पोलिअनस्याचुरेटेड फ्याटी एसिड प्रशस्तमात्रामा पाइन्छ । यसका साथै ओमेगा थ्रि र ओमेगा सिक्स फ्याटी एसिड पनि पाइन्छ । यी फ्याटी एसिडले मुटु रोगको खतरा ५० प्रतिशतले कम गर्न मद्दत पुु¥याउँछन् । तोरीको तेल हाइपोकोलेस्टेरोलेमिक (कोलेस्टेरोल घटाउने)  र हाइपोलिपिडेमिक (लिपिड घटाउने) तत्व पाइन्छ । यसले एलडीएल (खराब) कोलेस्टेरोल घटाई र एचडिएल (असल) कोलस्टेरोल बढाउँछ । यसबाट मुटु रोगको खतरा कम हुन्छ ।

प्राकृतिक शक्तिबद्र्धक

तोरीको तेललाई प्राकृतिक शक्तिबद्र्धकका रुपमा लिइन्छ । तोरीको तेलले छालामा मसाज गर्दा रक्तसन्चार प्रणाली र पसिना ग्रन्थीमा सुधार ल्याउँछ । यसका साथै यसले पाचन प्रणालीमा सुधार ल्याउँछ ।

चिसो र रुघा निको पार्छ 

तोरीको तेल लामो समयदेखि चिसो हटाउने प्राकृतिक पदार्थका रुपमा प्रयोग हुँदैं आएको छ  । यसमा तातो बनाउने तत्व हुन्छ, जसले श्वासप्रश्वास नलीलाई सफा पार्छ । रुघा लागेको बेला तातो पानीमा जिरा र केही चम्चा तोरीको तेल हालेर बाफ लिने हो भने रुघा निको हुन्छ र घाँटी सफा पार्छ । 

जोर्नी दुख्ने र बाथ निको पार्छ

तोरीको तेलले नियमित मसाज गर्ने हो भने शरीरमा रक्तसन्चार बढाई जोर्नी दुख्ने र बाथको समस्या निको हुन्छ । यसमा हुने ओमेगा थ्रि फ्याटी एसिडले बाथसम्बन्धी दुखाईलाई हटाउने तत्वका रुपमा काम गर्छ । 

शरीरका अंगहरुको कार्यमा सुधार ल्याउँछ

तोरीको तेलले मसाज गर्ने हो भने शरीरमा रक्तसन्चारलाई बढाई ताजा महसुस गराउँछ र अंगहरुको कार्यक्षमता पनि बढ्छ । नवजात शिशुलाई तोरीको तेलले मसाज गर्ने चलन धेरै देशमा छ । यसले शरीर बलियो बनाउने, स्वास्थ्य राम्रो बनाउने र ताप दिने कुरा अध्ययनबाट पनि प्रमाणित भएका छन् ।

दममा उपयोगी

दम यस्तो  रोग हो, जसको कुनै उपचार छैन । तर तोरीको तेलको उपयोगले यसको लक्षण र प्रभावलाई व्यवस्थित गरी घटाउन सकिन्छ । यो दमका लागि सबैभन्दा बढी प्रभावकारी सुरक्षित उपाय हो । खैरो तोरीको तेल छातिमा लगाउने हो भने फोक्सोमा हावाको आपूर्ति बढ्छ । एक टेबलचम्चा शुद्ध तोरीको तेललाई महमा मिसाएर दिनको तीनपटक खाने हो भने दमको आक्रमणलाई रोक्न सकिन्छ । 

यसका साथै तोरीको तेलमा अन्य फाइदा
मष्तिष्कको कार्यक्षमता बढाउँछ
दाँत सेतो बनाउँछ र दाँतसम्बन्धी समस्या हटाउँछ
छाला स्वस्थ बनाउन मद्दत गर्छ
शरीरका काला धब्बा हटाउँछ
प्राकृतिक सनस्क्रीनको काम गर्छ
छाला सुख्खा हुन दिँदैंन र संक्रमणबाट जोगाउँछ
कपाल झर्नबाट  जोगाउँछ, सुख्खा हुन दिँदैंन
कपाल चाँडै फुल्न दिँदैंन
तोरीको तेल चायाँ पर्न दिँदैंन


No comments:

Post a Comment

सेतो पुतलीको आक्रमणले आँखाको दृष्टि नै गुम्न सक्ने सापु रोगको लक्षण र बच्ने उपाय

काठमाण्डौ – डेंगुको डर बढेको बेला फेरि आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहेको अर्को रोगको प्रकोप देखिएको छ । सिजनल हाइपरएक्युट पानुभिआइट...