Covid-19 Update

Monday, June 3, 2019

पानी पिउन नजान्दा स्वास्थ्यलाई हानी गर्न सक्छ !

काठमाडौँ - मानव जीवनका लागि पानी नभई नहुने कुरा हो। हेर्दा पानीको न त कुनै रंग छ न त कुनै स्वाद नै छ। यहि रंग र स्वादबिनाकाे तरल पदार्थ ‘पानी’ हाम्रो जीवनका लागि अत्यावश्यक छ।
पानी पिउन नजान्दा स्वास्थ्यलाई हानी गर्न सक्छ !
हामी पानी जतिवेला चाहियो, जति चाहियो त्यति मात्रामा पानी पिउन पिउछौँ। तर शरीरलाई आवश्यक हुन्छ भन्दैमा पानी जथाभावी पिउनु स्वास्थ्यको लागि हानिकारक पनि हुनसक्छ भन्ने कुरा हामीले बिर्सनु हुँदैन।

हामीले पानी पिउँदा कहिले, कसरी र कति मात्रामा पिउने भन्‍ने कुरा जान्‍नु आवश्यक हुन्छ। पानीका केबल फाइदा मात्रै हुँदैनन्। पानी पिउने उपयुक्त तरिका नजान्दा यसले हाम्रो स्वास्थ्यलाई हानी पनि गर्न सक्छ।

मानव शरीरमा करिब ७२ प्रतिशत पानीको मात्रा रहेको हुन्छ। हामीले खाने खाना जति नै स्वस्थकर भएता पनि सहि मात्रामा पानी नपिउनाले शरीरमा अपच, कब्जियत, ग्याष्ट्रिक, कलेजो सम्बन्धी समस्या, आलस्यता, किड्नीका पत्थरी, रोग प्रतिरोधात्मक क्षमतामा कमी, दाल, छालाको एलर्जी, चर्मरोग र टाउको दुख्ने जस्ता समस्या देखिन सक्छन्।

त्यसकारण पनि हामीले पानीको प्रयोगमा ध्यान दिनु पर्दछ। पानीको प्रयोग कसरी गर्ने त?

एक दिनमा कति पानी पिउने ?

हरेक दिन नियमित रुपमा पानी पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ। पानीले शरीरका सबै अंगलाई राम्रोसँग काम गर्न मद्दत गर्दछ। मानिस खाना केहि दिन बाँच्न सक्छ तर पानी विना बाँच्न सक्दैन। मानिसका गतिविधिले हरेक दिन कम्तिमा दुई लिटर पानी शरीरबाट बाहिर जान्छ। त्यसैले पनि दैनिक कति पानी पिउने भनेर जान्नु जरुरी हुन्छ।

कति पानी पिउने भन्ने कुरा ठाउँ, प्रकृति र मौसम अनुसार फरक पर्छ। सामान्यतया मानिसको शरीरलाई एक दिनमा कम्तिमा तीन लिटर पानी चाहिन्छ। गर्मी मौसममा शरीरबाट धेरै पसिना निस्कन्छ। शारीरिक व्यायाम गर्ने व्यक्तिको समेत पसिना निस्कन्छ। यस्तो अवस्थामा शरीरमा पानीको खपत बढी हुन्छ। र पानीको मात्रा बढाउनु पर्ने हुन्छ।

शरिरमा पानीको कमी भएको कसरी थाहा पाउने ?

यदि शरीरमा पानीको मात्रा कम भयो भने पिसाव रंग पहेलो हुने गर्दछ। साथै पानीको कमीले पाचन प्रक्रियामा समस्या देखिने तथा छाला खुख्खा हुने गर्दछ। यस्तो अवस्थामा आफूले पिउने पानीको मात्रा बढाउनु पर्दछ।

एक पटकमा कति पानी पिउने ?

हामी मध्ये धेरैलाई लाग्न सक्छ कि पानी जतिवेला जति चाहियो त्यसरी पिउन सकिन्छ। एकै पटक धेरै पानी पिउनु स्वास्थ्यका दृष्टिले राम्रो मानिँदैन। पानी पिउँदा जहिले पनि विस्तारै पिउनु पर्दछ। पानीलाई केहिबेर मुखमा राखेर निल्नु राम्रो हुन्छ।

उभिएर पानी पिउनु हुँदैन। यसरी पिउँदा मृगौलाले पानी राम्ररी फिल्टर गर्न सक्दैन। साथै उभिएर पानी पिउदा जोर्नीमा समेत समस्या देखिन सक्छ। एकपटकमा बढीमा दुई गिलास पानी पिउनु उपयुक्त मानिन्छ।

पानी कति बेला नपिउने ?

खाना खाने समयमा कहिल्यै पनि पानी पिउनु हुँदैन। यसरी पानी पिउँदा हामीले खाएको खानालाई चाहिने भन्दा धेरै पातलो बनाईदिन्छ। जसका कारण पाचन रस कम मात्रामा निस्किने गर्दछ। त्यसैले पानी सधैँ खाना खाएको ४५ मिनेट देखि १ घण्टापछि मात्र पिउनु पर्दछ। बिहानको खाली पेटमा कम्तिमा १ गिलास पानी पिउनु पर्दछ।

पिउने पानी कस्तो हुनुपर्छ ?

धेरै चिसो पानी कहिल्यै पिउनु हुँदैन। जसले पाचन प्रकृयामा समस्या निम्त्याउन सक्ने सम्भावना धेरै हुन्छ। त्यसैले जहिले पनि सामान्य वा मनतातो पानी पिउनु पर्दछ।

पेट घटाउन अपनाउनुस् यी १८ उपाय

पेट घटाउने १८ उपाय यसप्रकार छ।
पेट घटाउन अपनाउनुस् यी १८ उपाय
१. फाइबरयुक्त खाना : हामीले खाने खानामा पाइने रूक्षांश (फाइबर)ले कुनै पौष्टिकता त दिँदैन तर फाइबर भएका खानाले अनेकौं फाइदा पु-याउँछन्। घुलनशील रुक्षांश (फाइबर)  खाँदा त्यो पानीमा घुलेर खानालाई फुलाइदिन्छ। खानेकुरा फुलेपछि यसले भोकलाई चाँडै तृप्त गरिदिन्छ भने खानाको पाचन क्रियालाई सुस्त तथा क्यालोरी अवशोषणलाई पनि कम गरिदिन्छ। अध्ययन अनुसन्धानहरूको निचोड भन्छ– १० ग्राम घुलनशील रुक्षांश(फाइबर)को अतिरिक्त प्रयागले पेट बढ्ने  क्रियालाई ३.७ प्रतिशत कम गर्छ।

घुलनशील फाइबरको मुख्य स्रोत भनेको सामा, कगुनी चामल, चिनो चामल, कोदो, जबार, बाजरा, आलस, आबोकादो, ब्ल्याक बेरी, दाल, गेडागुडी, हरिया सागपात आदि हुन्।

२. ट्रान्सप्याट (तेल राखी सुरक्षित गरिएका) खाना नखाने
हाइड्रोजन परमाणु पम्प बनाइएको हाइड्रोजेनेटेड फ्याटलाई ट्रान्सफ्याट भनिन्छ। प्राकृतिक तेलहरूलाई धेरै तताउँदा     पनि तेल ट्रान्सफ्याटमा परिवर्तित हुन्छ। बोतल, बट्टाहरूमा राखिएका खानेकुरा, जंक फुडहरूमा ट्रान्सफ्याट हालिएको हुन्छ। ट्रान्सफ्याट  मुटुरोग, मधुमेह, नसा, नाडीको क्षय, बात, मोटोपन, मेटाबोलिक सिन्ड्रोम, ग्यासट्राइटिस, डिसलिपिडिमिया, डिमेन्सियाजस्ता रोग लाग्नुमा ट्रान्सफ्याटयुक्त खानाको भूमिका हुन्छ। यसर्थ पेट घटाउन चाहनेले ट्रान्सफ्याटयुक्त खानाबाट बच्नुपर्छ।

 मदिरापान र पेट बढ्ने प्रक्रियाको सम्बन्ध छ । विभिन्न अनुसन्धानले के प्रमाणित गरेका छन् भने जो मदिरा बढी पिउँछन् उनीहरूको पेट बढेको छ । यसर्थ पेट घटाउन चाहनेहरूले मदिरा पिउनु हुँदैन ।

३. मदिरापान गर्दै नगरौं
मदिरापान र पेट बढ्ने प्रक्रियाको सम्बन्ध छ। यस विषयमा केही तथ्य स्वास्थ्य अनुसन्धानहरूले प्रमाणित गरेका छन्। तथ्य के हो भने जो बढी मदिरा पिउँछन्, उनीहरूको पेट बढेको छ। यसर्थ पेट घटाउन चाहनेहरूले मदिरा पिउनै हुँदैन।

४. उपवास बस्ने गरौं
उपवास धेरै किसिमका हुन्छन् तर पेट घटाउन हप्तामा एक दिन उपवास बस्नु सबैभन्दा उत्तम मानिन्छ। वर्षको दुईचोटि कुनै प्राकृतिक चिकित्सा केन्द्रमा गएर पाँचदेखि सात दिनसम्म उपवास गर्दा पनि पेट घट्नाका साथै सम्पूर्ण शरीरकै तौल सन्तुलनमा आउँछ।

५. जडीबुटीको काँढा पिउने गरौं
गुर्जो, तुलसी, विजयसाल, हरियो चियाजस्ता जडीबुटीको काँढाको नियमित सेवनले पेट घटाउन मद्दत गर्छन्। यी काँढामा ‘इपिग्यालोक्याटेचिन ग्याले’ नामक एन्टिअक्सिडेन्ट पाइन्छ। यो यौगिकले मेटाबोलिजम बढाएर तौल घटाउन मद्दत गर्छ।

६. प्रोबायोटिक्सयुक्त खानेकुरा खाने गरौं
हाम्रो शरीरको आन्द्राहरूमा प्रशस्त ब्याक्टेरियाहरू हुन्छन्। यी ब्याक्टेरियाहरू वृद्धि हुँदा हाम्रो शरीरलाई फाइदै हुन्छ। प्रोबायोटिक्सयुक्त खोकुरा भनेको शरीरमा भएका किटाणुहरू जस्तै हो। प्रोबायोटिक्सयुक्त खानेकुराहरू खाँदा हाम्रो पाचनमा सुधार हुने र तौल घट्ने अनुसन्धानहरूले देखाएका छन्। यसमा दही, काँक्रा, चुकन्दर, गाँजरजस्ता खानेकुरा पर्छन्।

७. संरक्षित खानेकुराहरू नखाऔं
लामो समय राखेर खान मिल्ने बनाइएका खानाहरूलाई संरक्षित खानेकुरा भनिन्छ। खानेकुरा संरक्षण गर्न अनेकौं किसिमका केमिकल तथा चिनी, नुन, तेलजस्ता तŒवहरू हालिएको हुँदा यस्ता खानेकुराहरूले तौल बढाउँछन्। यसैकारण यस्ता खानेकुराबाट टाढा रहनुपर्छ।

८. एप्पल साइडर भिनेगरको प्रयोग
१२ हप्तासम्म १५ मिलि एप्पलसाइडर भिनेगर खाने मोटा व्यक्तिहरूको तौल घटाएर पेट पनि  पनि एक इन्चसम्म घटाउँछ भन्ने कुरा केही मानव एवं जनावरहरूमा गरिएको अध्ययनले पुष्टि गरिसकेको छ। एप्पल साइडर भिनेगरको प्रयोगले सुगर घटाउने भुँडीको बोसो घटाउने, राम्रोसँग मूत्र सञ्चालन गर्नेजस्ता अनेकौं फाइदा पु¥याउँछ। स्वस्थ व्यक्तिले १५ देखि ३० मिलिसम्म एप्पल साइडर भिनेगरलाई प्रयोग गर्न सक्छन् तर प्रयोग गर्दा यसमा पर्याप्त पानी हालेर गर्नुपर्छ। नत्र यसले दाँतको इनामेल खुइल्याउन सक्छ।

९. उच्च प्रोटिनयुक्त खानेकुरा खाने गरौं
उच्च प्रोटिनयुक्त खानेकुरा खाँदा पिप्टाइड टाइसोरिन(तृप्तीकारक हर्मोन) उत्पादन हुने हुँदा थोरै खाँदा पनि तृप्ती मिल्छ अर्थात् भोक शान्त हुन्छ। प्रोटिनले धेरै परिमाणमा खानाको खपत नगर्ने हुनाले भुँडी ठूलो हुन पाउँदैन। तर यस्ता प्रोटिन प्राप्त गर्नसकेसम्म वनस्पतिजन्य चिजलाई नै प्रयोग गर्नु राम्रो मानिन्छ।

१०. तनाव व्यवस्थापन गर्ने
तनावपूर्ण स्थितिमा एड्रिनल ग्रन्थी ज्यादा सक्रिय भएर धेरै कर्टिसोल हर्माेन उत्पादन गर्छ र कर्टिसोलको रक्तस्तर बढ्छ। जसले धेरै भोक लगाउँछ। प्रारम्भिक दिनमा फ्याट घटाउन सहयोग गरे पनि पछि गएर भुँडी तथा तौल बढाउने गर्छ। यसर्थ भँुडी घटाउन चाहनेहरूले तनाव व्यवस्थापन गर्नुपर्ने हुन्छ। तनाव व्यवस्थापनको महत्वपूर्ण अस्त्र भनेको योग तथा ध्यान हो।

११. चिनी राखेका पेयपदार्थ प्रयोग नगर्ने
प्रशोधित चिनी हालेका  खानेकुराहरू जस्तै चिया, कफी, रेडिमेड जुस, कोकाकोला, पेप्सीकोला र मिठाइको सेवनले क्यालोरी थप्छन्। यस्ता क्यालोरीले पेट बढाउँछ। तसर्थ यस्ता पेय पदार्थको प्रयोग नगर्नु राम्रो हुन्छ।

१२. घरेलु तेल प्रयोग गर्ने
तौल घटाउन चाहनेहरूले जथाभाबी बजारी तेलभन्दा सकेसम्म घरमै बनेका तेल प्रयोग गर्नुपर्छ। त्यस्ता तेलको प्रयोगले मोटोपना घटाउन सकिन्छ। घरमै तयार गरिएका सूर्यमुखी, बदाम तथा तोरीको तेल प्रयोग गर्नाले पेट बढ्न दिँदैन। बजारमा प्रशोधित तथा कारखानामा संरक्षण गरी राखिएका तेलमा बोसोयुक्त एसिड हुन्छ। यो एसिडले पेट मोटो पार्न मद्दत गर्छ। तसर्थ सकेसम्म यस्ता तेल प्रयोग नगरौं। 

१३. कार्डियोक व्यायाम गर्ने
कार्डियोक व्यायामले श्वासको गति बढाउँछ। यस्तो व्यायामले अतिरिक्त क्यालोरी खपत हुने हुनाले चाँडै तौल तथा पेटको मोटाइ घट्छ।

१४. पर्याप्त निदाउने
गहिरो निद्रा स्वस्थ शरीर एवं मनका लागि अपरिहार्य छ। दैनिक पाँच घन्टाभन्दा कम निदाउनेहरूको भुँडी चाँडो लागेको पाइएको छ। सुत्दा घुर्नेहरूको पेट पनि अन्यको भन्दा ठूलो हुने गरेको छ। पेट घटाउनाका लागि गहिरो निद्रा आवश्यक हुन्छ। यसर्थ आपूmमा निद्रासम्बन्धी कुनै समस्या देखिएमा तुरुन्तै यसको व्यवस्थापन गर्ने।

१५. सागपात एवं फलफूल प्रशस्त खाने
बोसो लाग्ने क्रियालाई तोड्न आफ्नो भित्री शरीरलाई एकपल्ट पूर्णरूपमा शुद्धीकरण (सफा) गर्नुपर्ने हुन्छ। भित्री शरीर सफा गर्न पर्याप्त मात्रमा सागपात एवं फलपूmल सेवन गर्नुपर्छ। सागपात एवं फलपूmल मात्र खाने हो भने महिनामा १० किलोसम्म पेट घटाउन सकिन्छ। सागपात एवं फलपूmल खाने गर्दा शरीरको प्रणालीले  बोसो घटाउने काम गर्न थाल्छ।

१६. पेटको व्यायाम गर्ने गरौं
पेट लाग्नुको प्रमुख कारणमध्ये पेटलाई प्रभाव पार्ने खालका व्यायाम नगर्नु पनि हो। पेट घटाउन चाहनेहरूले  क्रन्च (पेट तन्किने) खालका व्यायामहरू, साइड क्रन्च, रिभर्स क्रन्च, भर्टिकल लेग क्रन्च, साइक्लिङ, लेग ट्विस्ट, उड्यान बन्ध, अग्निसार क्रिया जस्ता पेटका व्यायामहरू गर्न सकिन्छ।

१७. हाई फ्रुक्टोज कर्न सिरप सेवन नगर्ने
मकैलाई प्रशोधन गरेर तयार गरिएको गुलियोलाई हाइ फ्रुक्टोज कर्न सिरप भनिन्छ। यो गुलियो अति स्वादिष्ट हुने भएकाले सबैजसो जंकफुडमा राखिएको हुन्छ। कलेजोमा बोसो लाग्नेदेखि  पेट लाग्ने तथा तौल बढ्नेसम्मका समस्याहरू यसकै सेवनले हुन्छ। 

१८. कार्बोहाइड्रेटयुक्त खाना कम खाने
बढी कार्बोहाईडटयुक्त खाना खाँदा थप कार्बोहाईडे«ट सी फ्याटमा रुपान्तरित भई बोसो लाग्छ। यसर्थ पेट घटाउने हो भने थप कार्बोहाइडे«को प्रयोग नगरौं।  

अपच हुने यी ६ कारण

पाचन प्रणालीमा गडबडी भई खाना नपच्ने समस्या हुनुलाई अपच भनिन्छ। कुबेला भोजन गर्ने तथा एउटा खाना नपच्दै अर्को खानेकुरा खाइयो भने राम्रोसँग पच्दैन। यस्तै कुनै बेला धेरै चिल्लो या मसलेदार खाना खानाले पनि अपच हुन्छ। तर यसबाहेक अन्य कारण पनि हुन्छन्। जसले अपचको समस्या ल्याउँछ।

अपचका लक्षण
भोक नलाग्ने, खुट्टा दुख्ने, छाती पोल्ने, पेट गह्रौं हुने तथा दैनिक दिक्क लाग्नेजस्ता समस्या आउँछन्। यसका साथै पसिना आउने तथा निद्रा नपर्नेजस्ता लक्षण पनि देखिन्छन्।
अपच हुने यी ६ कारण


अपच हुनुका कारण

१. कलेजो बिग्रिनु
कलेजो शरीरको सबैभन्दा महत्वपूर्ण अंग मानिन्छ। यो बिग्रियो भने शरीरको पूरै व्यवस्था प्रभावित हुन्छ। कलेजोसँग हाम्रो शरीरका अन्य क्रिया जोडिएको हुन्छ। यसले शरीरमा मेटाबोलिजममा रूपान्तरण गर्न मुख्य भूमिका निर्वाह गर्छ। यसका साथै मधुमेह र चिल्लोको नियन्त्रण पनि गर्छ। जसले गर्दा कलेजोमा समस्या आउँछ र अपच हुन्छ।

२. भोकभन्दा बढी भोजन
अचप हुनुको अर्को कारण हो– भोकभन्दा बढी भोजन गर्नु। भोक नलागी भोजन गर्नेले खाना राम्रोसँग चपाएर पनि खाँदैनन्। जसले गर्दा आमाशयले खाना पचाउन सक्दैन।

३. खानेबित्तिकै सुत्नु
खाना खानेबित्तिकै सुत्ने गर्दा पनि अपचको समस्या आउँछ। जो भोजन गर्नेबित्तिकै सुत्छन् या बसेर काम गर्छन्। उनीहरूमा पनि अपचको समस्या आउँछ। खानेबित्तिकै कुनै क्रियाकलाप नगरी बसेमा खाना पच्न पाउँदैन।

४. धूमपान तथा मद्यपान
धूमपान तथा मद्यपान गर्नाले पनि अपचको समस्या आउँछ। यी अम्मलले खाना नलीको पछि ताप उत्पन्न हुन्छ। मद्यपान तथा धूमपानले पेटमा रसायन उत्पन्न गराउँछन्। जसले अपचको समस्या ल्याउँछ।

५. सानो आन्द्रामा किटाणु
सानो आन्द्रामा किटाणु भएमा पनि अपचको समस्या आउँछ। यद्यपि यस विषयमा अहिलेसम्म अनुसन्धानले कुनै निष्कर्ष दिन सकेको छैन। तर कुनै पनि किटाणुको संक्रमण कुनै बेला अपचको कारण बन्छ। यसको हाइड्रोजन श्वास परीक्षणबाट पत्ता लगाउन सकिन्छ।

६. औषधिका कारण
कुनै औषधि यस्ता हुन्छन्, जसले अपचको समस्या ल्याउँछन्। जस्तोः दुखाइ नाश गर्ने बु्रफिन, एस्पिरिन, स्टेरायडलजस्ता औषधिहरूको सेवनले अपचको समस्या निम्त्याउँछ। यसकारण सकेसम्म यस्ता औषधि खानु हुँदैन।

सेतो पुतलीको आक्रमणले आँखाको दृष्टि नै गुम्न सक्ने सापु रोगको लक्षण र बच्ने उपाय

काठमाण्डौ – डेंगुको डर बढेको बेला फेरि आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहेको अर्को रोगको प्रकोप देखिएको छ । सिजनल हाइपरएक्युट पानुभिआइट...