Covid-19 Update

Monday, June 3, 2019

अपच हुने यी ६ कारण

पाचन प्रणालीमा गडबडी भई खाना नपच्ने समस्या हुनुलाई अपच भनिन्छ। कुबेला भोजन गर्ने तथा एउटा खाना नपच्दै अर्को खानेकुरा खाइयो भने राम्रोसँग पच्दैन। यस्तै कुनै बेला धेरै चिल्लो या मसलेदार खाना खानाले पनि अपच हुन्छ। तर यसबाहेक अन्य कारण पनि हुन्छन्। जसले अपचको समस्या ल्याउँछ।

अपचका लक्षण
भोक नलाग्ने, खुट्टा दुख्ने, छाती पोल्ने, पेट गह्रौं हुने तथा दैनिक दिक्क लाग्नेजस्ता समस्या आउँछन्। यसका साथै पसिना आउने तथा निद्रा नपर्नेजस्ता लक्षण पनि देखिन्छन्।
अपच हुने यी ६ कारण


अपच हुनुका कारण

१. कलेजो बिग्रिनु
कलेजो शरीरको सबैभन्दा महत्वपूर्ण अंग मानिन्छ। यो बिग्रियो भने शरीरको पूरै व्यवस्था प्रभावित हुन्छ। कलेजोसँग हाम्रो शरीरका अन्य क्रिया जोडिएको हुन्छ। यसले शरीरमा मेटाबोलिजममा रूपान्तरण गर्न मुख्य भूमिका निर्वाह गर्छ। यसका साथै मधुमेह र चिल्लोको नियन्त्रण पनि गर्छ। जसले गर्दा कलेजोमा समस्या आउँछ र अपच हुन्छ।

२. भोकभन्दा बढी भोजन
अचप हुनुको अर्को कारण हो– भोकभन्दा बढी भोजन गर्नु। भोक नलागी भोजन गर्नेले खाना राम्रोसँग चपाएर पनि खाँदैनन्। जसले गर्दा आमाशयले खाना पचाउन सक्दैन।

३. खानेबित्तिकै सुत्नु
खाना खानेबित्तिकै सुत्ने गर्दा पनि अपचको समस्या आउँछ। जो भोजन गर्नेबित्तिकै सुत्छन् या बसेर काम गर्छन्। उनीहरूमा पनि अपचको समस्या आउँछ। खानेबित्तिकै कुनै क्रियाकलाप नगरी बसेमा खाना पच्न पाउँदैन।

४. धूमपान तथा मद्यपान
धूमपान तथा मद्यपान गर्नाले पनि अपचको समस्या आउँछ। यी अम्मलले खाना नलीको पछि ताप उत्पन्न हुन्छ। मद्यपान तथा धूमपानले पेटमा रसायन उत्पन्न गराउँछन्। जसले अपचको समस्या ल्याउँछ।

५. सानो आन्द्रामा किटाणु
सानो आन्द्रामा किटाणु भएमा पनि अपचको समस्या आउँछ। यद्यपि यस विषयमा अहिलेसम्म अनुसन्धानले कुनै निष्कर्ष दिन सकेको छैन। तर कुनै पनि किटाणुको संक्रमण कुनै बेला अपचको कारण बन्छ। यसको हाइड्रोजन श्वास परीक्षणबाट पत्ता लगाउन सकिन्छ।

६. औषधिका कारण
कुनै औषधि यस्ता हुन्छन्, जसले अपचको समस्या ल्याउँछन्। जस्तोः दुखाइ नाश गर्ने बु्रफिन, एस्पिरिन, स्टेरायडलजस्ता औषधिहरूको सेवनले अपचको समस्या निम्त्याउँछ। यसकारण सकेसम्म यस्ता औषधि खानु हुँदैन।

No comments:

Post a Comment

सेतो पुतलीको आक्रमणले आँखाको दृष्टि नै गुम्न सक्ने सापु रोगको लक्षण र बच्ने उपाय

काठमाण्डौ – डेंगुको डर बढेको बेला फेरि आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहेको अर्को रोगको प्रकोप देखिएको छ । सिजनल हाइपरएक्युट पानुभिआइट...