Covid-19 Update

Wednesday, July 24, 2019

अमृतीय गुण भएको फल बेलका २० फाइदा


काठमाडौं - ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात्।’ यो उक्ति नेपाली समाजमा निकै प्रचलित छ। बेल पाक्दा कागलाई हर्ष होस् या बिस्मात, तर मानव जीवनमा भने बेल पाक्न थालेपछि बिस्मात होइन्, हर्षको बहार नै छाउँछ।
अमृतीय गुण भएको फल बेलका २० फाइदा
 बेल यस्तो फल हो, जसले शरीरका सम्पूर्ण भागलाई हित मात्र पुर्‍याउँछ। गर्मी मौसममा यसका फाइदा त झन् व्यापक छन्। नेपालमा प्रशस्त पाइने मौसमी फल बेल पेटसम्बन्धी विकार भएका मानिसलाई लाभदायक मानिन्छ। यसमा एन्टिफंगल, एन्टिप्यारासाइटिक गुण हुन्छ, जो पाचनका लागि धेरै फाइदाजनक हुन्छ

यति मात्र नभई बेलमा रेचक (ल्याक्जेटिभ) गुणसमेत हुन्छ। यसको नियमित सेवनले कब्जियत जरैदेखि समाप्त हुने मान्यता छ। यो मधुमेह रोगीका लागि पनि फाइदाजनक मानिन्छ। फलको पातलाई पिसेर रस खानाले मधुमेहमा राहत मिल्ने मान्यता छ। बेलमा धेरै प्रकारका पोषक तत्व हुन्छन्। यी पोषक तत्वको सहयोगले मिर्गौलाको विषनाश (डिटक्सिफाई) गरेर शरीरको फोहोर बाहिर निकालिदिन्छ
बेलमा शरीरलाई चाहिने प्रोटिन, क्याल्सियम, फसफोरस, आइरनका साथै भिटामिन प्रशस्त मात्रामा पाइन्छ। पाकेको बेल खानाले शरीरलाई निकै फाइदाजनक हुन्छ साथै यसले शरीरमा शक्ति प्रादान गर्छ र विभिन्न रोग लाग्नबाट बचाउँछ।

बेलको महत्व हिन्दु धर्म अन्तर्गत ऋग्वेद, शिवपुराण, अग्निपुराणमा पनि उल्लेख भएको पाइन्छ। शिव, शक्ति, गणेश आदिमा बेलपत्र चढाइन्छ। शिवरात्रिको अवसरमा समेत प्रत्येक शिवालयमा प्रशस्त बेलपत्र चढाइन्छ।

मानव स्वास्थ्यका लागि बहुगुणी मानिएको बेल लोप हुने संघारमा पुगेको छ। वन अतिक्रमणको चपेटामा पर्ने क्रमसँगै बेलका रूखसमेत सखाप हुन थालेका छन्। बेलको महत्वका बारेमा धेरैलाई जानकारी नहुँदा बेलका रूख दाउरा र सोत्तरका रुपमा प्रयोग हुन थालेको छ।  रूख दाउराका रुपमा प्रयोग हुन थालेपछि बेलको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको देखिन्छ।

बाहिरी आवरण एकदम कडा हुने यो फल भित्र ८–१५ वटा कोठाहरू हुन्छन्, जसमा बीउ र सुन्तला रङको गुदी भरिएको हुन्छ। यसको प्रयोग हुने भाग फल, जरा र पातहरू नै हुन्। यसको बिरुवा भारतको मौलिक बिरुवा मानिन्छ। बेल म्यानमार, इन्डोचीन, मलेसियामा पाइन्छ। नेपालमा बेल पूर्वदेखि पश्चिमसम्म करिब ११०० मिटरसम्मको उचाइमा पाइन्छ।

हाल बेलको उन्नत जातका बिरुवाको खेती गर्ने चलन पनि छ। फलको माग प्रशस्त भएकोले यसको खेतीप्रति रुचि बढेको हो। बेलको जरा आयुर्वेदिक औषधीय पद्धतिमा तयार गरिने ‘दसमूल’ मा प्रयोग गरिन्छ। नपाकेको फल झाडापखाला र आउँमा उपयोगी मानिन्छ भने पाकेको फल कब्जियतमा प्रयोग गरिन्छ। यसको पात, फल र जरा मधुमेह रोगमा उपयोगी हुने कुरा हालका केही प्रयोगहरूले सिद्ध गरिदिएका छन्। यसको पाकेका फलको गुदीबाट सर्बत पनि बनाउने गरिन्छ।

अंग्रेजीमा उड एपल, एलिफेन्ट एपल, मंकी फ्रुट भनेर चिनिने यो फलको जुस र जाम क्यानमा व्यापक पाइन्छ। बेलको संरक्षणका लागि सरकारले पनि विभिन्न परियोजनामार्फत व्यापक लागनी अगाडि बढाएको छ। पाक शिक्षामा पनि बेललाई अत्यधिक मात्रमा प्रयोग गरिन्छ। बेलबाट विभिन्न मिठाइ तथा केक पनि बनाउन सकिन्छ। बेलको जुसबाट विभिन्न ककटेल र मकटेल पनि बनाइन्छ। बेलका परिकारहरु नेपालका पाँचतारे होटलदेखि स्तरीय रेस्टुरेन्टमा समेत जुसका रुपमा विभिन्न परीकार बनाएर पस्किने गरेको पाइन्छ।  

केके पाइन्छ बेलमा ?

कार्बोहाइडेड ३१.८ एमजी, चिल्लो पदार्थ ०.३ एमजी, प्रोटिन १.८ एमजी, भिटामिन ५५ एमजी, भिटामिन सी ६० एमजी, क्याल्सियम ८५ एमजी, पोटासियम ६०० एमजी, फाइबर २.९ एमजी, शक्ति १३७ केजी क्यालोरी।

कसरी खाने बेल?
बिहान खाली पेटमा पानीमा मिसाएर बेलको पात या रस पिउन सकिन्छ। सलादको रुपमा खाना खानुअघि खान सकिन्छ। नियमित रुपमा मात्रा मिलाएर जुस पिउन सकिन्छ। डेजर्टको रुपमा खानाको अन्तिम समयमा पनि बेलको मात्रा लिन सकिन्छ। बेलको जाम पनि मात्रा मिलाएर नियमित लिनाले फाइदा पुर्‍याउँछ।

बेलका २० फाइदा  
– शरीरमा उब्जने विकार रगतलाई शुद्धीकरण गर्न बेल फल उत्तम मानिन्छ।
– कानसम्बन्धी समस्या भएकाहरुका लागि बेल गुणकारी मानिन्छ।
– पेटसम्बन्धी अल्सरको समस्या हुनेका लागि बेल अमृत समान मानिन्छ।
– युरिक एसिड हुनेका लागि पनि बेलले धेरै राहत दिन्छ।
– अन्य फलको तुलनामा बेलमा धेरै कम कोलेस्टेरोल हुने हुँदा स्वस्थ्यका लागि हितकारी मानिन्छ।
– नुन, बेसार, तेल बेलमा मिसाएर दाँत माँझ्नाले गिजासम्बन्धी समस्या निदान गर्छ।
– आधा चम्चा बेलको फूल पानीसँग खाने गरेमा एक दुई मात्राले नै बमन रोक्न मद्दत हुन्छ।
– बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ।
– बेलको एक मुठी पात पानीमा पिनेर मिस्री हालेर खाएमा झाडापखाला निको हुन्छ।
– बेलपत्रको रस नित्य एक–एक चम्चा बिहान–बेलुका पिउने गरेमा अजीर्ण, पुरानो आउँ रगत आदि रोग ठिक हुन्छ।
– बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान बेलुका खाने गरेमा दमको रोग निमन हुँदै जान्छ।
– सुकाएको बेलको बोक्रा कुटेर बिहान–बेलुका एक–एक चम्चा हालेर काँडा पकाएर खाने गरेमा पेटसम्बन्धी सम्पूर्ण रोग ठीक हुन्छ।
– अमिलो पानी आउने, चिया खानै नहुने रोगीले पनि नियमित बेलको धुलोको काँडा खाने गरेमा पित्तको रोग ठिक हुन्छ।
– बेलको सेवनले खाना पचाउन मद्दत गर्नुका साथै शरीरलाई शक्ति प्रदान गर्छ।
– यसले बच्चाको पेटमा भएका किरा नष्ट पार्नुका साथै बच्चाको हड्डी बलियो बनाउनमा मद्दत गर्छ।
– बेलको नियमित सेवनले आवाज सुरिलो बनाउन मद्दत गर्नुका साथै मुटुसम्बन्धी रोग निदान गर्छ।
– पायल्स रोगका लागि पनि बेल एक उत्तम औषधि मानिन्छ।
– मिर्गौलाका लागि पनि बेल उत्तम फल हो।
– सर्पले टोकेको व्यक्तिलाई पनि बेल फलले फाइदा पु¥याउँछ।
– बेलले मलेरिया लागेको व्यक्तिलाई प्राकृतिक रुपमा फाइदा पु¥याउँछ।

Monday, July 22, 2019

दूध कसरी चिन्नेः नक्कली हो वा सक्कली ? यस्तो छ सजिलो उपाय

काठमाडौं - यसका आधारमा पनि दूध शरीरका लागि कति महत्वपूर्ण भोजन हो भन्ने कुरा थाहा हुन्छ । चाणक्य नीतिले नै अर्को एउटा श्लोकमा दूधमा अन्नमा भन्दा दस गुणा बढी शक्ति हुन्छ भनेको छ ।
दूध कसरी चिन्नेः नक्कली हो वा सक्कली ? यस्तो छ सजिलो उपाय
आधुनिक विज्ञानले पनि दूधलाई पौष्टिक आहारको रूपमा स्वीकार गरेको छ । डाक्टरहरू बिरामीलाई दूध खाएर तंग्रिन सल्लाह दिन्छन् ।

परम्पराले पनि दूध गुनिलो पेय पदार्थ हो भन्ने कुरालाई आत्मसात् गरेको छ । पञ्चामृत बनाउँदा गाईको दूध, दही र घिउका साथमा मह र सख्खर मिसाइन्छ । यस दृष्टिमा दूध अमृत हो ।

यस्ता अनेकौं दृष्टान्तले दूधलाई मानवका लागि सर्वोत्तम आहारका रूपमा परिभाषित गर्ने वा जानकारी दिने प्रयास गरेका छन् । दूध पौष्टिक पदार्थ हो भन्ने कुरामा कुनै शंका छैन । तर,

केहीअघि मात्रै आएका समाचारहरू हेर्दा नेपालीहरूले दूध तथा दूधबाट बन्ने अन्य परिकार उपभोग गर्नुअघि धेरै पटक सोच्नुपर्ने स्थिति देखा परेको छ । नेपालका सबैजसो डेरीहरूले अखाद्य पदार्थ प्रयोग गर्ने गरेको खुलासा भएको छ । यसबाट नेपालीहरूको स्वास्थ्यमाथि कसरी खेलबाड भइरहेको छ भन्ने कुरा प्रस्ट हुन्छ जुन निकै नै भयावह स्थिति हो ।

स्वास्थ्य राम्रो पार्नका लागि, रोगप्रतिरोधी क्षमता बढाउनका लागि वा भनौं फाइदा हुन्छ भन्ने सोचेर विश्वासपूर्वक ग्रहण गरिएको चिजमै धोका मिसिएको छ भने आम मानिसले के नै पो गर्न सक्छन् र रु सरकारी तथा जिम्मेवार निकायको कमजोरी वा उदासिनता भनौं वा मानिसमा वृद्धि भएको लोभानीपापानीको प्रवृत्तिले यस्तो किसिमको नहुनुपर्ने कुरा भएको छ । तसर्थ अरू नसके पनि आम उपभोक्ताले आफू सचेत हुन भने अवश्य पनि सक्छन् ।

नक्कली दूधले लाभको सट्टा हानि गर्छ । यसकारण दैनिक उपभोगमा ल्याइने दूध शुद्ध छ कि छैन जाँच्नु आवश्यक छ । जाँच्ने कसरी त रु राम्रोसँग जाँच्न त प्रयोगशालाकै आवश्यक पर्ला तर पनि मोटामोटी रूपमा घरेलु तरिकाबाटै दूध शुद्ध भएनभएको थाहा पाउन सकिन्छ ।

सुँघेर
सुँघेर पनि दूधको शुद्धता थाहा पाउन सकिन्छ । दूधमा साबुनको जस्तो गन्ध आएको छ भने त्यो सेन्थेटिक दूध हो भन्ने कुरामा थप जाँच गरिरहन आवश्यक छैन ।

चाखेर
थोरै काँचो दूधलाई हत्केलामा लिएर केही बेर रगडी जिब्रोमा लगाउने । यसरी लगाउँदा सक्कली दूध हो भने हलुका मिठास आउँछ ।

हत्केलामा रगडेर
नक्कली दूध हत्केलामा रगड्दा अलिअलि चिप्लोपन महसुस हुन्छ । दूध सक्कली छ भने त्यस्तो किसिमको चिप्लोपन थाहा हुँदैन ।

रंग हेरेर
सक्कली दूध उमाल्दा त्यसको रंग परिवर्तन हुँदैन तर नक्कली दूध हलुका पहेँलो बन्दछ । नउमालिकन त्यत्तिकै राख्दा पनि नक्कली दूधको रंगमा केही परिवर्तन देखा पर्छ ।

फिँज अनुसार
कतिपय अवस्थामा लुगा धुने सर्फबाट पनि नक्कली दूध बनाएका हुनसक्छन् । एउटा सिसाको पारदर्शी सिसीमा अलिकति दूध राखेर केही बेर हल्लाउँदा त्यसमा धेरै नै फिँज देखियो र त्यो निकै बेरसम्म रहिरह्यो भने पनि उक्त दूध नक्कली हो र त्यसमा वासिङ पाउडर मिसाइएको रहेछ भन्ने थाहा हुन्छ ।

सेतो पुतलीको आक्रमणले आँखाको दृष्टि नै गुम्न सक्ने सापु रोगको लक्षण र बच्ने उपाय

काठमाण्डौ – डेंगुको डर बढेको बेला फेरि आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहेको अर्को रोगको प्रकोप देखिएको छ । सिजनल हाइपरएक्युट पानुभिआइट...