Covid-19 Update

Tuesday, May 14, 2019

घुर्ने समस्याले पीडित हुनुहुन्छ, अपनाउनुस यी प्राकृतिक उपायहरू

काठमाडौं - घुर्ने समस्याका कारणले दिक्क भएर पति-पत्नी बीचको सम्बन्ध पनि टुट्न सक्छ भन्ने सुन्दा अचम्म लाग्ला तर यसमा खासै अचम्म मान्नुपर्दैन । अमेरीका र बेलायत जस्ता विकसित मुलुकमा पछिल्लो समयमा बढ्दै गएको सम्बन्ध विच्छेदको कारण पत्ता लगाउन गरिएको सर्वेक्षणले घुर्ने समस्यालाई सम्बन्ध विच्छेदको प्रमुख कारणको रुपमा देखाएपछि चिकित्सा क्षेत्रका मात्र हैन सामाजिक समस्याका लागि लागि पर्नेहरू पनि जुर्मुराएका छन् । पश्चिमा मुलुकहरूमा आर्थिक समस्या र जीवनसाथीको दुव्र्यवहार पश्चात घुर्ने समस्याबाट उत्पन्न असहजता सम्बन्धविच्छेदको तेस्रो मुख्य कारण हो ।
घुर्ने समस्याले पीडित हुनुहुन्छ, अपनाउनुस यी प्राकृतिक उपायहरू
एउटा अनौपचारिक सर्वेक्षणले दर्शाय अनुरुप विश्वको जनसंख्याको ५० प्रतिशत हिस्सा घुर्ने समस्याबाट ग्रस्त छ भने २५ प्रतिशत हिस्सा सँगै सुन्नेको निन्द्रा कचमच्याउने गरी ठूलो आवाजका साथ घुर्ने गर्दछन् । झण्डै ३२ करोड जनसंख्या भएको संयुुक्त राज्य अमेरीकामा ९ करोड र साढे ६ करोड जनसंख्या भएको बेलायतमा डेढ करोड जनसंख्या घुर्ने समस्याबाट ग्रस्त छ । पश्चिमी देशहरूमा २४ प्रतिशत दम्पतीहरू जीवन साथीको घुराईकै कारणले छुट्टा–छुट्टै कोठामा सुत्ने गर्छन् भने घुर्ने समस्याबाट ग्रस्त भएका १० प्रतिशत दम्पतीहरू छोडपत्र दिने चरण सम्म आइपुग्छन् । यो समस्याबाट विश्वका आधा आवादी पिडित भएपनि ५१–६२ प्रतिशत जनसंख्या यो समस्याको प्रत्यक्ष अप्रत्यक्ष रुपमा चेपुवामा परेको छ ।

के हो घुर्ने समस्या ?

श्वास नलीको आंशिक अवरुद्धताका कारणले श्वासन क्रियाको दौरान कर्णकटु आवाजका साथ उत्पन्न कर्कश कम्पन लाई घुर्ने समस्या भनिन्छ । घुर्ने समस्यालाई गहिरो निन्द्राको द्योतक मानिएतापनि यथार्थ यसको ठीक विपरित छ । वास्तवमा निन्द्रामा घुर्ने मान्छे आफू त ठीक सँग सुतिरहेको हुदैन नै, सँगै सुत्नेको पनि निन्द्रा पनि कचमच्याई रहेको हुन्छ । तथ्य यत्तिमा मात्र सिमित रहँदैैन, घुर्ने समस्याले आक्रन्त भएकाहरू वैयक्तिक, पारिवारिक, सामाजकि र आरोग्यता का अनेकौ समस्याहरूको जालमा परिरहेका हुन्छन् । फलतः दैनिक जीवनमा अनेकौंं समस्याका साथसाथै असाध्य रोगहरूको जालमा परिन सकिन्छ ।

घुर्ने कारणहरू

यो रोगको मुख्य कारण भनेको श्वास नलीको माथिल्लो भाग विविध कारणवश अवरोध हुनु हो । विशेषत जिब्रोको पश्च भाग, मूल, तालु, तालुको त्यान्द्रो गालाको मांशपेशी र श्वास जसमध्ये यी परिस्थितिहरूको मुख्य भूमिका रहन्छ ।
१. घाँटीका मांशपेशीहरूको दुर्बलता जुन सुतेको बेलामा झन लत्रीन गई श्वासन मार्ग अवरुद्ध गर्न पुग्छ ।
२. उत्तानो परेर सुत्ने,जीब्रो पछाडि तिर सर्ने र कोमल तालु र तालुको त्यान्द्रोले श्वास नलीमा अवरोध उत्पन्न गर्दा घुर्ने समस्या उत्पन्न हुन्छ ।
३. चिउडोको हड्डी सामान्य भन्दा छोटो भए पनि सुत्दाखेरी जिब्रो र कोमल तालुले श्वासमार्ग अवरोध गरी घुर्ने समस्या उत्पन्न गराउँछ ।
४. नाककोे हड्डी बाङ्गीनु वा नाकमा मासु पलाउनाले पनि नाकबाट श्वास लिन गा¥हो भई मुखबाट श्वास लिन पर्दा घुर्न समस्या उत्पन्न हुन्छ ।
५. छोटो घाँटी भएकाहरू सुत्दाखेरी श्वास मार्ग अवरुद्ध भई घुर्ने गर्दछन् ।
६. मदिरा तथा मांशपेशीको तान सिथिल गर्ने अन्य औषधीहरूको सेवनले पनि यो समस्या उत्पन्न हुन्छ ।
७. अवट्रक्टीव स्लिप एप्निया नामक रोगले पनि घुर्ने समस्या निम्त्याउँछ ।
८.स्नायुहरूको क्षय हँुदा घाँटीको मांशपेशीहरूको तान कमजोर हुनगई यो समस्या उत्पन्न हुन्छ ।
१०.गला वरपरका तन्तुहरूको ट्युमरका कारणले पनि घुर्ने समस्या जन्माउँछ ।

घुर्ने समस्याले गर्दा हुने जोखिमहरू

अधिकांश जनमानसले यस समस्यालाई खासै समस्या मान्दैनन् तर मामुली मानिएको यो रोगका जटिलताहरू जसमध्ये निम्न लिखित रोगहरूलाई घुर्ने समस्याको पनि उपज मानिएको छ ।

१. उच्च रक्तचाप
निदाएको बेलामा घुर्दा निद्रा कचमचिने र श्वासशन क्रिया गडबड हुने हँदा घुर्न समस्याले ग्रस्तहरू उच्च रक्तचापको जोेखिममा पर्न सक्छन् ।

२. स्लिप एप्निया
निदाएको समयमा श्वास आपसेआप १० देखी ४० सेकेण्ड सम्म रोकिएर निसास्सिने रोगलाई स्लिप एप्निया भनिन्छ । घुर्ने समस्याले गर्दा श्वाश नलीहरू बन्द हुनगई यो अवस्थामा आएमा उसलाई अवस्ट्रक्टीभ स्लिप एप्निया भनिन्छ । स्लिप एप्निया आफैंमा अनेकौं रोग हरूको जननी हो ।

३. हार्ट एट्याक ( हृदयघात )
धेरै जसो घुर्ने रोगबाट पिडित हुनेहरू हृदयघात भई निद्रामै मरेको धेरै केशहरू रिपोर्ट भएका छन् । शरीरमा प्राणवायु, अक्सिजनको एथेष्ट मात्रा पुग्न नपाउँदा हृदयलाई दवाव पर्न गई हृदयघात हुने खतरा ज्यादा रहन्छ ।

४. मस्तिष्क घात
हृदय घात जस्तै घुर्नेहरूमा मस्तिष्क घातको समस्या पनि देखा पर्ने गई घुराइका कारणले मस्तिष्कलाई रगत आपुर्ती गर्ने, बोसो जम्न जाने मेकानिजम शुरुभई नसाभित्रै रगत जमेको थेग्लाले नशाथुनिदिंदा थुनिएको भागभन्दा अगाडिको स्नायु तन्तुहरू मर्न जाँदा देखापरेको समस्यालाई मस्तिष्क घात भनिन्छ ।

५. मानसिक तथा मनोवैज्ञानिक समस्या
घुर्ने समस्या बाट ग्रस्तहुनेहरू चिड्चिडे स्वभावका , डाह तथा आहरिस गनर्,े छिट्टै रिसाउने, उपलब्धि बाट सन्तोष लिन नसक्ने, चाँडै निराश भई हाल्ने र चन्चले स्वभावका हुन्छन् ।

६. मानसीक चन्चलता
यो रोगबाट ग्रस्त भएकाहरूमा एकाग्र हुन नसक्ने, लय, ध्यान, स्मृति तथा कल्पनाशिलता मा क्षिणता देखापर्छ । सिक्ने प्रोसेसमा व्यवधानहरू पर्दछ ।

७. झर्को–फर्को गर्ने हाइपर एक्टीभ र एग्रेसीभ बानी
जसले सामाजिक समरसता बनाइराख्न कठिन समरसता बनाइराख्न कठिन पर्छ ।

८.हरमोन हरूको गडबडी
घुर्ने बानी भएकाहरू लाई पर्याप्त अक्सिजन नपुग्ने र ठीकसँग निदाउन नपाउने हुँदा हरमोन हरूको शारिरीक स्तर तलमाथी हुन जान्छ ।

९. गहिरो प्रेम तथा काम सम्बन्ध बनाऊन असक्षम हुनु
फलतः दाम्पत्य जीवनमै कठिनाई आई सम्बन्ध विच्छेदसम्म हुनसक्छ ।

१०. तौल बढ्ने
हरमोनहरू तलमाथि हुदा र मेटाबोलिक गडबडी हुदाँ तौल बढ्छ ।

११. थकाई तथा आलस्यता
निद्रा पुराहुन नपाउँदा दिउँसो निद्राले सताउँछ । यसका साथसाथै जीउ गल्ने अल्छी लाग्ने अमिलो पिरो मन पर्ने आदि कुराले सताउँछ ।
१२. फोक्सो तथा श्वास नलीको घरी घरी संक्रमण भई रहनु ।
१३. चाया पोतो तथा सौन्दर्य सम्बन्धी समस्या देखा पर्नु
१४. अपच अजीर्ण, अम्लपित्त आँत्र प्रदाह र कब्जीयत जस्ता समस्याहरूले सताउनु ।
१५. घुर्ने समस्याबाट पिडितहरूलाई सडक परिवहन तथा यातायात दुर्घटनामा ज्यादा पर्दछन् ।
१६. जीवन साथीको निद्रा कच्मच्याई दिएको हुनाले सम्बन्धमा दरार आउँछ र छोडपत्रसम्म दिने अवस्था उत्पन्न हुनसक्छ ।
१७. हङ्गेरीका वैज्ञानिकहरूले १२ हजार भन्दा धेरै रोगीहरूको इन्टरभ्यू लिएर घुर्ने समस्याबाट पिडितहरू ज्यादा उच्च रक्तचाप, हृदयघात, स्ट्रोक प्यारालाइसिसको सिकार भएको निष्कर्ष निकालेका छन् ।
१८. मुटु हल्लीने समस्या
१९. राता रक्तकोषहरूको संख्यामा वृद्धि
२०. अल्सर तथा एसिडिटि
२१ं. अचानक मृत्यु

लक्षणहरू

घुर्ने समस्याको श्वास लिदा कर्णकट कम्पनका साथै कर्कस ध्वनी निस्कनु हो । तर अधिकांश रोगीहरूलाई आफू घुर्छु भनेर थाहै हुदैन तर सँगै सुतेकाहरूले भनेपछि मात्र थाहा पाउने गर्छन् । तर व्यक्तिका अन्य लक्षणहरू हेरेर पनि घुर्दै घुर्दैन भनेर थाहा पाउन सकिन्छ घुर्ने व्यक्ति प्रयसः दिनमा झप्की लिईरहेको पाईन्छ । यसका अलावा काममा एकाग्र हुन नसक्नु, टाउको भारी भए जस्तो हुनु, शक्तिहिन मलिन र तन्द्रा ग्रस्त देखिनु, हाई हाई काढी रहेको भेटीनु , चिड्चिडालु हुनु, सामाजिक सम्बन्ध कायम राख्न असफल भटिनु , गार्हो हुनु , लापरबाहियुक्त क्रियाकलापमा संलग्न हुनु, सुतेको बेला एैठन हुनु , छाती दुख्नु । टाउको दुख्नु आदि घुर्ने समस्याले ग्रस्त भएको हरूमा भई रहन्छ । गलमा खसखस ,मुटु हल्लीने वा ढुकढुक गरको थाहा पाउने इख लिने , वैरत्व राख्ने , सनक्क सन्किने ,मलिन हुन
परिक्षण तथा निदानका उपायहरू

१. निन्द्राको अध्ययन
पोलिसोम्नो गा्रम भन्ने मेसिनको सहायताले व्यक्तिको सुत्ने तरिकाको बारेमा अध्ययन गरेर घुर्ने समस्याका विभिन्न आयामका बारेमा जाकारी लिन सामान्य अवस्थमा सुत्न लगाइन्छ र मेसिनको सहायताले निद्राको आवृति गहिराइ मष्तिष्कको गतिविधि मुटुको चाल श्वसको गति र आवृति, मांशपेशीको विद्युतिय गतिविधि पसिनाको उत्सर्जनता आदि विषयमा साथसाथै घुर्ने प्रक्रियाका बारेमा समेत अध्ययन गरिन्छ । रगतमा अक्सिजन तथा कार्वनडाइअक्साइड को स्तर हृदय, मांसपेशी र मष्तिष्कका्े विद्युतिय गतिविधि , निद्रामा दाह्राकिट्ने बर्वराउने, हातखुट्टा फाल्ने ,निद्रामा उठेर हिंड्ने श्वास रोकिने, एैठन हुने ,आदि क्रियाका बारेमा पनि अध्ययन गर्ने गरिन्छ । यदि एक घण्टामा २५ पल्ट भन्दा ज्यादा श्वास रोकिएको पाइएमा यसलाई अत्यन्त जोखिमयुक्त समस्या मानिन्छ ।

२. नाक, कान, घाँटीको परिक्षण
नाक कान घाँटी तालू तथा मुखको विशेस परिक्षणगरी नाकको एलर्जी , इन्फेक्सन ,नाकको मासु पलाएको , हड्डी बाङ्एिको , टन्सिल बढेको , श्वासयन्त्रको इन्फेक्सन आदि समस्याको जाँच गरी उपरोक्त कारणहरूले घुर्ने समस्या उत्पन्न् भएको हा होइन निक्र्योल गर्ने ।

३.फङ्सनल एम. आर. आइ.
एम.आर.आइ गरेर कुन काम गर्दा मस्तिष्कको कुन भाग सम्लग्न रहेको छ वा मसितष्कमा अक्सिजनको मात्रा र रक्त प्रवाह कसरि भईरहेको छ ? बोल्ने,सोच्ने,योजना गर्ने जस्ता महत्वपूर्ण कार्यहरू मस्तिष्कको कुन भागसंग सम्बन्धित छन, साधारण, रोगले ग्रस्त र घाइते मस्तिष्कले कसरी काम गर्छ भन्ने तथ्यहरू फङ्सनल एम.आर.आइद्वारा पत्ता लगाउने गरिन्छ । घुर्ने समस्याले ग्रस्त ब्याक्ति घुर्दा मस्तिष्कको कुन केन्द्र सक्रिय छ जस्ता तथ्यहरू यो जाँच विधिबाट पत्ता लगाउन सकिन्छ ।

उपचार

घुर्ने समस्याबाट मुक्ति पाउनकालागी विभिन्न किसिमका उपचार पद्धतिहरू अपनाउन सकिन्छ । उपचार पद्धतिहरूको चएन रो्गको प्रकृति र गम्भिरता हेरेर गर्नु पर्ने हुन्छ । योग तथा प्रकृतिक चिकित्सा, जडिबुटि चिकित्सा, शाल्य (सर्जरी) चिकित्सा र आधुनिक औषधोपचार जस्ता उपचार पद्धतिहरू प्रचलित छन् ।

१. घुर्ने समस्या रोक्ने यन्त्रहरू (एन्टिस्नोरिङ्ग डिभाईसेस)
कन्टीन्युअस् पजेटीभ एअरवे प्रेशर (सी.पी.ए.पी.)
यो एक किसिमको मुखुण्डो जस्तो नाक र मुख दुवैलाई ढाकी श्वाशन मार्गमा लगातार सकारात्मक दवाव उत्पन्न गराई निदाएको बेलामा घाँटी बम तन्तु तथा श्वास नली खुम्चिन नदिई घुर्न रोक्ने यन्त्र हो । विशेषतः अवस्ट्रिक्टिभ–स्लिप–एप्निया का कारणले घुर्र्ने हरूका लागि यो यन्त्रको सुझाव दिईन्छ । यो । यन्त्रको प्रयोग विधि सिकेर आफैंले खोल्ने तथा लगाउने गर्न सकिन्छ । घुर्ने समस्याका कारणले दिनानुदिन (दैनिक) विग्रिएकाहरूका लागी यो यन्त्रको विशेष प्रयोजन छ ।

म्यान्डिबुलार एडभान्स डिभाईस
यो मुख भित्रै लगाउने यन्त्र हो । चिउँडोको हड्डी छोटो भएर घुर्ने हरूका लागी चिकित्सकहरू विशेषतः यो यन्त्रको सल्लाह दिन्छन् । यो यन्त्र व्यक्तिको चिउडाको हड्डीको नापको हुन्छ । सुत्दा यो यन्त्रलाई मुखमा लगाएर सुत्नाले श्वाशन मार्गमा कुनै अवरोध उत्पन्न हुन दिंदैन तर चिउँडाको हड्डी सँग तालमेल मिलाएर लगाउनु पर्ने भएकाले यो विधि कष्टकर पनि छ ।

२. शल्य चिकित्सा
यदि घुर्ने समस्याको कारण नाक, कान र घाँटीका समस्या अंग तथा तन्तुहरूको संरचनात्मक विकृतता हो भने यस्तो अवस्थामा शल्यचिकित्सकको मद्दत लिनुपर्ने हुन्छ । विशेषतः असामान्य रूपमा टन्सिल बढेको, तालु र तालुको त्यान्द्रोको विकृति (ओभ्युल), श्वास–यन्त्र र गलाको शोथ, नाकको हड्डी बाङ्गिएको, घ्राण–रन्द्रमा मासु पलाएको वा गलाको ट्यूमर जस्ता कारणले घर्ने समस्या उत्पन्न भएको भए शल्य चिकित्साको सहायताले यसलाई निर्मूल पार्न सकिन्छ । शल्य चिकित्सामा ओभ्यूलो–प्यालेटो – फेरेङ्ग्जोप्लाष्टि, टन्सीलेक्टोमी, एडिनेक्टोमी, थर्मल एब्लेशन, बाइपोलर कौटरी एब्लेशन, लेजर र रेडियो फ्रिक्वेन्सि एब्लेशन जस्ता प्रक्रियाहरू जेनियो ग्लुुसस तथा हायोइड हड्डीको एडभान्समेन्ट जस्ता विधिहरू कष्टमफिट ओरल एप्लिएन्स र इरिटेटियम चिजहरू राखेर घाँटीका तन्तुहरू लत्रन नदिने शाल्य विधिहरू विशेषतः प्रचलनमा छन् ।

३. प्राकृतिक उपचार
घुर्ने समस्याबाट बच्न तथा मुक्ति पाउन प्राकृतिक उपचारको विशेष महत्व छ । विशेषतः व्यस्ततामा र भागदौडले भरीएको जीवन जीउनेहरू यो रोगको शिकार हुने हुँदा प्राकृतिक उपचारको र जीवनशैली परिवर्तनको विशेष महत्व छ । यो रोग बाट बच्न र उन्मुक्ति पाउन निम्न लिखित प्राकृतिक उपचारका सुत्रहरू उपयोगी छन् ।
(१) तौल ज्यादा भएकाहरूमा यो रोगको शिकार हुने हुँदा शारीरिक तौललाई नियन्त्रीत राख्न विशेष जरुरी छ ।
(२) उत्तानो परेर सुत्दा जिब्रो तथा कोमल तालू पछाडि धकेलिन गई श्वाशन मार्ग अवरुद्ध हुन पुग्छ । तसर्थ घुर्ने समस्याबाट ग्रस्तहरूले उत्तानो परेर सुत्नुको साटो घोप्टो वा कोल्टो परेर सुत्नुपर्ने हुन्छ ।
(३) साँझ चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानीले निद्राको चक्रलाई सुचारु राख्न मद्दत गर्छ । यसका अलावा सयन र जागरणको निश्चित समय भएमा निद्रा कचमचिँदैन र घुर्ने समस्याले यति सताउँदैन ।
(४) चुस्त पुष्ट र स्वस्थ जीवन जिउनाले मांशपेशीहरूको तान कमजोर हुन पाउँदैन फलतः गलाका मांशपेशी तथा कोमल तन्तुहरू लत्रन गई हुने घुराईबाट बचाउँछ ।
(५) अग्लो सिरानी हालेर सुत्दा पनि घुर्ने समस्यामा फाइदा पुर्याउँछ ।
(६) नुहाइ सकेपछि र सुत्न भन्दा पहिले नाकमा दुई तीन थोपा तोरीको तेल हाल्दापनि यो समस्यामा फाइदा पुग्छ ।
(७) एक्सटर युनिभर्सिटीका शोधकर्ताहरूको अनुशार प्रतिदिन २० मिनेट गीत गाउने अभ्यासले गला गाला तथा नाकको मांशपेशी तथा कोमल तन्तहरूको व्यायम हुनगई घुर्ने समस्या कम गर्न मद्दत गर्छ ।
(८) मदिरा, निद्राको गोली, ट्र्याङ्कुलाइजर तथा मशल रिलेक्सेन्ट औषधिहरूको सेवन हत्तपत्त नगरौं ।
(९) सुत्नभन्दा दुई घण्टा पहिले भोजन गरौँ ता कि आमाशयको भोजन आन्द्रामा गई छाती तथा श्वाशनलीमा अतिरिक्त दवाब नदियोस् ।
(१०) धुम्रपान त्यागौ
(११) दूध तथा दूधका परिकारको सेवनमा कटौती गरौ ।
(१२) तनाव व्यवस्थापन गरौ ।

४. योग चिकित्सा
घुर्ने समस्याबाट मुक्ति पाउन आसन, प्राणयम, क्रिया, बन्ध, मुद्रा तथा ध्यान जस्ता योगीक चिकित्सा विधिहरूको उपयोग लाभदायक छ । खासगरी अनुलोमविलोम, उज्जयी, कपालभाँती, बाम तथा दक्षिण भस्त्रीका जस्ता श्वाशन विधि जल,सुत्र तथा घृतनेति, कुञ्जल क्रिया, जल–कपालभाँती, वस्त्र– धौती, दण्ड–धौती जस्ता शोधनविधि नुनपानीको गारगलीङ्घ, जलन्धर बन्ध खेचरी मुद्रा,भ्रमरोच्चार क्रिया, प्रणवोच्चार क्रिया र आनापान क्रिया जस्ता योगोपचारमा अपनाइने विशेष विधिहरूको प्रयोगले यो रोगमा ठूलो फाईदा पुर्याउदछ । यसका अलावा निर्देशित विश्राम (गाईडेड रिल्याक्शेसन) विधिहरूले पनि यो समस्यामा पनि फाइदा पुयाउँछ । सिंहासन, मत्स्यासन , उष्टाशन, र सर्वाङ्घसान, जस्ता आसनविधिहरूपनि यो समस्याका लागि गुणकारी छन् ।

यदि जिब्रो मोटो भएर यो समस्या उत्पन्न भएको भए जिब्रो–दोहन क्रियाद्वारा पातलो बनाई यस समस्याबाट उन्मुक्ति पाउन सकिन्छ । ग्रीवाशत्ति विकास क्रिया उज्जयी श्वास र ॐ कार जप जस्ता क्रिया विधिहरूपनि विशेष लाभकारी छन् ।

५. व्यायम चिकित्सा
दाह्रा किट्ने अभ्यास
घाँटीका मांशपेशीहरूलाई समेत संकुचन गरेर १०–१० पटक दाह्रा किट्नाले गलाका मांशपेशीहरू मजबुत हुनगई घुर्ने समस्या न्युनिरण गर्न मद्दत पुग्छ ।
चुइगम चपाउने वा चपाए जस्तो गर्ने
मुखमा चुइगम राखेर चपाई राख्नाले वा नराखिकन चपाए जस्तो गर्ने

अभ्यास
गालामा हावा भरेर छोड्दा नाकबाट छोड्ने अभ्यास
जीब्रोलाई सकेसम्म बाहिर निकालेर दायाँ बायाँ हल्लाउने तथा मोड्ने

अभ्यास
जीब्रो मोडेर तालु छुने अभ्यास
लामो कृतिम हाइ काढ्ने अभ्यास
घाँटीको आइसो मेट्रीक एक्सरसाइज

६. औषधोपचार
डीकन्जेसन ड्रप तथा स्थानीय कर्टीकोस्टेरोइड स्प्रे जस्ता दवाईहरू

७. घरेलु उपचार
विशेषतः गलाको न्यूटल प्याक, गारगलीङ्घ क्रिया, हात्केला, पैताला तथा स्थानीय बिन्दुहरूको अकुप्रेशर, फेसियल स्टीम जस्ता उपचारहरूले पनि यो समस्याबाट मुक्ति दिलाउन मद्दत पुयाउँछ । ड्डकान्छी औंलाको नङ भन्दाभित्र पट्टीको भागमा दबाउनाले पनि यस समस्यामा फाइदा पुग्छ ।

८. जडीबुटी चिकित्सा

तोरी तील तथा नौनी घ्यू पगालेर सुत्नुभन्दा अगाडी २–३ थोपा नाकमा हाल्ने वा ब्रम्ही तेल हाल्नाले फाइदा पु¥याउँछ । सुत्नु भन्दा अगाडी अलैँची वा सुकुमेलको पाउडर एक गिलास पानीमा हालेर पिउने गरौ ।

- डा. हेमराज कोइराला

Saturday, March 2, 2019

रोगसँग लड्ने शक्ति बढाउन चाहनु हुन्छ ?


शरीरको प्रतिरक्षा प्रणाली (रोगसँग लड्ने शक्ति) कमजोर भयो भने मानिसलाई रुघाखोकीलगायत जुनसुकै रोगले पनि चाँडै आक्रमण गर्छ। यसकारण हामीले आफ्नो प्रतिरक्षा शक्ति बलियो बनाउन ध्यान दिनुपर्छ। यो बलियो भयो भने हतपत कुनै किटाणुले आक्रमण गर्न सक्दैन। यहाँ त्यही प्रतिरक्षा शक्ति बलियो बनाउने १० खानेकुराको चर्चा गरिन्छ।
रोगसँग लड्ने शक्ति बढाउन चाहनु हुन्छ ?
नियमित खानुस् यी १० चिज

१. रसदार फलफूल 
रसदार फलफूलमा प्रशस्त मात्रामा भिटामिन सीपाइन्छ। भिटामिन सीले फ्लु तथा चिसोको एलर्जीसँग लड्ने क्षमता बढाउँछ। भिटामिन सी अंगुर, सुन्तला, मौसम, कागती, जुनार, भोगटेजस्ता फलफूलमा पाइन्छ। यसर्थ यस्ता फलफूल दैनिक भोजनमा समावेश गर्नुपर्छ।  

२. पहेंंला तरकारी तथा फलफूल 
पहेंला तरकारी तथा फलफूलमा भिटामिन सी र ए को मात्रा पर्याप्त मात्रामा पाइन्छ। यस्ता खानेकुराले पनि शरीरमा रोगसँग लड्ने प्रतिरक्षा शक्ति बढाउँछन्। आँप, पलम, आरु, खुर्सानी, गाजर, फर्सीजस्ता फलफूल तथा तरकारीमा उक्त भिटामिन पाइन्छन्। 

३.ब्रोकाउली 
यो तरकारी भिटामिन र खनिजका लागि उत्तम मानिन्छ। यसका साथै यसमा भिटामनि ए, सी र इ समेत पाइन्छ। यसलाई बढी पकाउनु भने हुँदैन। बढी पकाउँदा भिटामिन नष्ट हुन्छ। 

४. लसुन 
लसुन संसारभरि प्रचलित मसला हो। लसुनमा जिंक तत्व हुन्छ। पहिलेका मानिसले लसुनलाई संक्रमणबाट बच्ने औषधिका रूपमा लिन्थे। यसकारण दैनिक भोजनमा लसुन समावेश गर्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ।  
५.अदुवा 
अदुवाले घाँटीको संक्रमण हटाउन सहयोग गर्छ। साथै शरीर सुन्निएको तथा अन्य विभिन्न रोगमा समेत यसले उत्तिकै फाइदा पु-याउँछ। यसकारण यसको नियमित सेवनले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ। 

६ पालुंगो 
पालुंगाको साग शरीरमा प्रतिरक्षा शक्ति बढाउन अति उपयोगी छ। कारण यसमा भिटामिन ए, सी प्रशस्त मात्रामा पाइनुका साथै एन्टिअक्सिडेन्टलतत्व हुन्छ। यी तत्वहरूले शरिरमा प्रतिरक्षा क्षमता वृद्धि गर्न सहयोग गर्छन्। यसमा ब्रोकाउलीमा जत्तिकै क्षमता हुन्छ। 

७.आल्मोन्ड (बदाम) 
आल्मोन्डमा भिटामनि सी र ई पाइन्छ। यो शरीरका लागि अत्यन्त पोषक तत्व मानिन्छ। यसका साथै आल्मोन्डमा पाइने तेलले शरीरलाई झरिलो पार्छ। सुकेका ४६ दाना आल्मोन्डले सय प्रतिशत भिटामिनको काम पूरा गर्ने मान्यता राखिन्छ। 

८.बेसार
बेसारमा यस्तो शक्ति हुन्छ, जसले किटाणु मार्छ। यसका साथै यसमा हुने तत्वले बाथरोगका कारण हुने हड्डी टुक्रिने तथा सुन्निने समस्याबाट बचाउँछ। नियमित खानामा बेसार प्रयोग गर्दा मांशपेसी नष्ट हुन दिँदैन। 

९. मेवा 
मेवामा पाइने भिटामिन सी, बी, फोलेट र पोटासियम जस्ता तत्वले शरीरको प्रतिरक्षा शक्ति बढाउँछन्। साथै पोटासियमले पाचनशक्ति बढाउनुका साथै संक्रमणविरुद्ध काम गर्छ। 

१०. सामुद्रिक खानाहरू
सामुद्रिक खानाहरूमा गंगटो, माछा पर्छन्। गंगटोमा जिंक तत्व हुन्छ। साथै यसमा खनिज र विभिन्न भिटामिन पनि पाइन्छ। जसले हाम्रो शरीरका आवश्यक कोषहरूलाई क्रियाशिल बनाउन मद्दत गर्छन्। 

Sunday, February 24, 2019

यस्ता छन् रायोको साग खानुका ६ फाईदा !


काठमाडौं (एजेन्सी) - रायोका सागको फाईदा बारे हामीलाई केही थाहा हुदैन र हामीले खालिरहेको जमिनमा रायो फलाएको धेरै ठाउमा देख्नपाईन्छ । रायोको सागले हामीलाई स्वस्थ रहन विभिन्न रोगबाट बच्न धेरै भूमिका खेलेको हुन्छ । रायोको तरकारी खाँदा यस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ ।
यस्ता छन् रायोको साग खानुका ६ फाईदा !
१. गर्भवतीलाई लाभ गर्छ
गर्भवती महिलालाई वाकवाकी आउने, टाउको दुख्ने आदि समस्या देखिन्छन् । शरीरमा भिटामिन केको कमीका कारण यस्तो हुनेगर्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले यो गर्भव्ती महिलाका लागि उपयुक्त हुन्छ ।
२. मुटु बलियो बनाउँछ
मुटुसम्बन्धी हरेक खालका समस्या भएकाले अथवा मुटुसम्बन्धी रोग नलागोस् भन्ने चाहनेले रायोको साग खानुपर्छ ।
३. स्मरणशक्ति बढाउँछ
उमेर बढ्दै गएपछि दिमागको सम्झने क्षमतामा ह्रास आउन थाल्छ । प्रतिदिन तीन पटक रायोको साग खाएर स्मरणशक्तिमा आउने ह्रासको समस्यालाई ४० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अनुसन्धानले देखाएका छन् ।
४. महिनावारीमा राहत दिन्छ
रायोको सागमा पाइने भिटामिनकेले महिनावारीका बेला जीउ दुख्ने समस्याबाट राहत दिन्छ ।
५. शरीरका विकार फाल्छ
रायोको सागमा भिटामिन ए, सी र के प्रचुर मात्रामा पाइन्छ । यी तीनटै तत्वले एन्टी अक्सिडेन्टको काम गर्छन् । रायोको सागमा पाइने म्याग्नेसियम र फोलेटजस्ता तरल्ले शरीरमा जम्मा भएका विकारलाई विभिन्न माध्यमबाट शरीरबाहिर निकाल्छन् ।
६. बाथका रोगीलाई राहत दिन्छ
रायोको सागले बाथका रोगीलाई राहत दिन्छ । यसमा कपर पाइन्छ, जसले बाथको पीडालाई कम गर्छ ।

Friday, February 15, 2019

शिरदेखि पाउसम्म औषधीय गुण बोकेको सजिवन


काठमाडौं - सजिवन अत्यन्त लाभदायक सब्जी हो। भनिन्छ, सजिवनले शिरदेखि पाउसम्म औषधीय गुण बोकेको हुन्छ। नेपालमा सहजै पाइने भए पनि सजिवनको औषधीय गुणका बारेमा भने कमैलाई मात्र थाहा छ। छिप्पिएको सजिवनको कोसामा छेक्रा हुने हुँदा धेरैले मन पराउँदैनन् तर कलिलोमा भने निकै मुलायम हुन्छ।
शिरदेखि पाउसम्म औषधीय गुण बोकेको सजिवन
भारतबाट सुरु भएको सजिवनको खेती विस्तारै एसिया हुँदै रसिया पुग्यो र संसारभर छायो। यो सब्जीको औषधीय गुण यति धेरै छन् कि, सायदै अन्य कुनै सब्जीमा पाइएला। सजिवन दक्षिण भारतमा व्यापक प्रयोग गरिन्छ भने नेपालमा पनि यसको खेती गर्न थालिएको छ। सजिवनको पात पनि औषधीय गुण बोकेको वनस्पतीमा पर्छ, जसलाई सितलचिनी भनेर चिनिन्छ।

वनस्पती वैज्ञानिकहरुका अनुसार सजिवनका सम्पूर्ण अंगमा औषधीय गुण हुन्छ। भारतमा यसलाई सहजन भनेर चिनिन्छ भने अंग्रेजीमा ड्रमस्टिक भनिन्छ। हुन पनि यो सब्जी ड्रम बजाउने स्टिक जस्तै हुन्छ। सजिवनको पात अर्थात् सितलचिनीलाई अंग्रेजीमा मरिङ्गा भनेर चिनिन्छ।

नेपालमा औषधीय गुण नबुझेर होला, सजिवनको प्रयोग ज्यादै न्यून देखिन्छ। सजिवनको गेडाबाट तेल निकालिन्छ, जुन अमूल्य औषधि मानिन्छ। आयुर्वेदमा सजिवनको प्रयोगले ३ सयभन्दा बढी रोगको निदान हुन्छ भनिएको छ। सजिवनको फूल, फल, डाँठ, कोसा र पात यति पोषक मानिन्छ कि, विश्व स्वास्थ्य संगठनको मार्गदर्शनले दक्षिण अफ्रिकाको कयौं देशमा कुपोषण पीडितहरुलाई आहारको रुपमा सौजुन प्रयोग गर्न सल्लाह दिएको छ।

सजिवनलाई कसरी हुर्काउने?
सजिवनलाई हुर्काउन सजिलो छ, किनभने यो हाँगा काटेर पनि रोप्न सकिन्छ र दानाबाट पनि बेर्ना निकाल्न सकिन्छ। तर ख्याल गर्नुपर्ने कुरा के छ भने, यसको बिरुवा हुर्काउँदा प्रशस्त मात्रामा पानी हाल्नुपर्ने हुन्छ। बिरुवा ८ देखि ९ फिट नहुँदासम्म नियमित पानीले भिजाएर राख्नु जरुरी छ। एउटा परिपक्क रुख हुँदा सौजुन ३० देखि ४० फिट अग्लो हुन्छ। यसको पात भने मसिनो खालको हुन्छ। केही छिप्पिँदै गएपछि सजिवन फुल्छ र फूल पनि धेरै औषधीय गुण बोकेको हुनाले संकलन गरेर सुकाइन्छ र बेचिन्छ।

सजिवनले रोपेको ४ देखि ६ महिनामा फल दिन थाल्छ र निरन्तर १० वर्षसम्म दिइरहन्छ। हरेक रुखले २ सय ५० देखि ३ सय ५० सम्म सौजुन स्टिक दिन्छ र यो रुखले निरन्तर दुई बाली दिनसक्छ। २५ देखि ३० सेन्टिग्रेट तामक्रम सौजुनका लागि उपयुक्त मानिन्छ। सजिवन एक त्यस्तो खेती हो, जुन थोरै लगानीमा धेरै आम्दानी दिने बहुआयामिक वनस्पति हो। सजिवन जीवन जोगाउने रुख भनेर पनि चिनिन्छ। यो वनस्पति तराई तथा मध्यपहाडमा सजिलै खेती गर्न सकिन्छ। सिजनमा ८० रुपैयाँ किलो र अफसिजनमा ३ सय देखि ४ सय रुपैयाँसम्म काठमाडौंमा सजिवन बिक्री गरिन्छ। 

केके बनाउन सकिन्छ सजिवनबाट?
सौजुनबाट भारतमा १ सय २५ भन्दा धेरैथरीका परिकार तयार गरिन्छ। दक्षिण भारतमा यो सब्जी अति नै मह्त्वका साथ दैनिक भोजनमा समावेश गरिएको पाइन्छ। यसका परिकार फुटपाथदेखि पाँचतारे होटलसम्ममा भिन्नभिन्न रुपमा पस्किने गरिन्छ। नेपालमा भने कलिलो सजिवनको कोसालाई आलुमा मिसाएर तरकारी बनाउने चलन छ। भारतमा सजिवनको ग्रेभी, सुप, सलाद, सम्बार, सजिवन मसला, अचार र दालमा मिसाएर खाने चलन छ।
सजिवनको मुन्टा तथा पातको करी पनि निकै प्रख्यात छ। पातलाई सुकाएर हर्बल टीको रुपमा पनि प्रयोग गरिन्छ। त्यस्तै सितलचिनीलाई विभिन्न आयुर्वेदिक औषधि बनाउन व्यापक प्रयोग गरेको पाइन्छ। वास्तवमा सजिवनलाई सब्जीको राजा नै मानिन्छ। सौजुनको पातको जुस बनाएर पनि खान सकिन्छ, जुन स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ। 

यस्ता छन् २० गुण
- सजिवन या सजिवनको पात सितलचिनी सेवन गर्नाले शरीरमा रहेको विकारयुक्त रगत शुद्धीकरण हुन्छ।
- हड्डी मजबुत बनाउन भूमिका खेल्छ। 
- कोलेस्टेरोल लेबललाई नियन्त्रणमा राख्न मद्दत गर्छ। 
- उच्च रक्तचाप नियन्त्रण गर्न विशेष भूमिका हुन्छ। 
- रोघाखोकी जस्ता संक्रमण हुनबाट जोगाउँछ। 
- गर्भावस्थामा आउने विभिन्न समस्यालाई नियन्त्रण गर्न मद्दत गर्छ। 
- छालासम्बन्धी संक्रमणबाट जोगाउँछ। 
- सजिवन पोषणयुक्त सब्जी भएको हुनाले कुपोषण हुनबाट जोगाउँछ। 
- सजिवनको पातलाई सितलचिनी अर्थात् मोरिङ्गा भनेर चिनिन्छ, जुन आयुर्वेदिक क्षेत्रमा ३ सयभन्दा बढी रोग निदान गर्छ भनिएको छ। 
- सजिवनले खाना पचाउन पनि ठूलो भूमिका खेलेको हुन्छ। 
- सजिवनको कोसा, पात, डाँठ, फूल, मुन्टा, जरा प्रयोगमा आउने हुँदा व्यावसायिक हिसाबले पनि उच्चकोटीको वनस्पति मानिन्छ, जसले मनग्य आम्दानी दिन्छ। 
- सजिवनको जारा कुटेर रस नियमित खानाले किड्नीमा रहेको पथ्थरी हटाउन मद्दत गर्छ।  
- सजिवनको पात नियमित सेवन गर्नाले मस्तिष्कसम्बन्धी समस्या समाधान गर्छ। 
- कलेजो खराब हुनबाट जोगाउँछ। 
- चोटपटकलाई छिटोभन्दा छिटो निको बनाउन मद्दत गर्छ। 
- छालाका लागि सजिवनको पत्ता उपयोगी मानिन्छ।
- सजिवनको तेल कपालका लागि उत्तम मानिन्छ।
- मुटुसम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ। 
- शरीरमा आउने निराशपन हटाएर स्फुर्ती थप्ने काम गर्छ। 
- पेटसम्बन्धी विभिन्न रोगहरु निदान गर्नुका साथै पेट सफा गर्ना मद्दत पुर्‍याउँछ।

सेतो पुतलीको आक्रमणले आँखाको दृष्टि नै गुम्न सक्ने सापु रोगको लक्षण र बच्ने उपाय

काठमाण्डौ – डेंगुको डर बढेको बेला फेरि आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहेको अर्को रोगको प्रकोप देखिएको छ । सिजनल हाइपरएक्युट पानुभिआइट...