Covid-19 Update

Wednesday, July 26, 2017

किरा भनेको के हो र यसको रोकथाम

किरा भनेको के हो र यसको रोकथाम
किराहरुको फोटो 
यस बिश्व ब्रम्हाण्डमा सबै जीवित कुराहरू मुख्य दुई समूह विभाजित गर्न सकिन्छ पहिलो प्राणी(जनावर) राज्य र दोस्रो बनस्पति राज्य हुन्। त्यस जनावर राज्यमा पनि विभिन्न प्रकारका प्राणीहरू छन् र त्यसमा पनि सानो सानो समूहमा धेरै धेरै समान जनावरहरु समूह छन् भने वैज्ञानिक प्रणाली छ।

कीराहरू जनावर राज्यमा सबै भन्दा ठूलो समूह हो। वैज्ञानिकहरूको अनुमान १ लाख भन्दा बढी कीरा प्रजातिहरु ग्रह, त्यहाँ ज्वालामुखि देखि हिम नदिसम्म  हरेक अकल्पनीय वातावरणमा बस्ने गर्दछन।
कीराहरूद्दारा हाम्रो खाधान्नलाई Pollinating, जैविक कुरा, Decomposing, एक क्यान्सर उपचार गर्न सुत्र अनुसन्धानकर्ताहरूलाई प्रदान गर्नर अपराध सुल्झाउने मदत हामीलाई गर्दछ। तिनीहरूले पनि हामीलाई हानि गर्न सक्छ, जस्तै रोगहरु फैलाउने, बिरुवाहरु र संरचनाहरु बिगार्ने गर्दछन। 


समग्रमा भने हो भने किराहरुले हामीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभ, फाइदा गर्नु भन्दा धेरै बेफाइदा, हानी, नोक्सानी नै गरेको पाईन्छ हामीहरुलाई लाग्ने रोगहरु मध्ये  ९०% भन्दा धेरै रोगहरु कीराबाट नै सर्ने गर्दछ जस्तै महामारी, हैजा, झाडा-पखाला आदि। त्यसैले यदि तपाईहरु किराबाट पूर्ण रुपमा मुक्ति वा छुटकारा पाउन चाहनुहुन्छ भने यसको रोकथाम गर्ने धेरै उपायहरु छन् ति मध्य सबैभन्दा उत्कृस्ट उपाय ब्रदरहुड किरा नियन्त्रण किरा मुक्त राख्नको लागि यो व्यक्तिगत किरा व्यवस्थापन योजना संग सहि समाधान छ। हामी यहाहरुको सेवा गर्नु पाउनु भनेको  हाम्रो लागि ठुलो अहोभाग्य हो त्यसैले हामीलाई हजुरहरुको सेवा गर्ने सुअवसर दिनु भएमा, हामी सदैव हजुरहरुको सेवा गर्न तत्पर छौ। तपाईहरुको संतुस्ति नै हाम्रो चाहना ! 

Friday, July 21, 2017

कीरा नियन्त्रण गर्ने केहि घरेलु उपायहरू

कीरा नियन्त्रण गर्ने केहि घरेलु उपायहरु यसप्रकार छ:-

(१) असुरोः गाउघरमा पाइने असुरोको पात र डॉठलाई खेतबारीमा छापोको रुपमा माटोमा प्रशस्त राख्ने गरे फेंद काट्ने र माटोमुनि लुकीबस्ने खुम्रे कीराहरुलाई नियन्त्रण गर्न सकिन्छ ।


किराहरुको फोटो 
(२) खरानी र कृषि चुनः खरानी र कृषि चुनलाई एकै ठाउमा मिसाई खेत बारीमा प्रयोग गर्ने गरेमा उफ्रिने कीराहरु जस्तै बिरुवाहरुको पात खाई छियाछिया बनाउने खपटे किरानियन्त्रण गर्न सकिन्छ । यसलाई प्रयोग गर्दा एक भाग काठको (दाउराको मात्र) खरानी एक भाग कृषि चून दुबैलाई मिसाई छर्ने गर्नुपर्दछ ।


(३) गाईको गोबरः गाईको गोबरबाट धानमा देखापर्ने डढुवा रोग नियन्त्रण गर्न सकिन्छ । यसको प्रयोग गर्दा २० ग्राम गाईको गोबरमा एक लिटर पानीका दरले आफूलाई आवश्यक पर्ने मात्राको बनाई रोग लागेको खेतमा राम्रोसग बोट भिज्ने गरी छर्ने गरेमा डढुवा रोग नियन्त्रण गर्न सकिन्छ ।

(४) चुनाः चुनाको प्रयोगबाट मकैको भण्डारणमा लाग्ने कीराहरु नियन्त्रण गर्न सकिन्छ । यसको प्रयोग गर्दा २ सय २५ ग्राम चुनालाई १०० वटा मकैको घोगाका दरले आफ्नो आवश्यकताअनुसार मात्रा मिलाई पूरै घोगाहरुमा पर्ने गरी छरि भण्डारण गर्ने गरेमा मकैमा लाग्ने घुन, पुतलाबाट बचाउन सकिन्छ ।

(५) रातो माटो: फलफूलहरुको बोटलाई धमिरा कीराहरुबाट बचाउन रातो माटो प्रयोग गर्न सकिन्छ । यसको लागि एक केजी रातोमाटोमा १२ देखि १५ लिटर पानीको घोल बनाई फलफूलका बोट र हॉगाहरुमा पोतिदिने गरेमा धमिरा कीराबाट बोटलाई बचाउन सकिन्छ । यो काम वर्षा अघि एक पटक र हिउदमा एक पटक गर्नुपर्ने हुन्छ ।

(६) सिस्नोः सिस्नोको प्रयोगबाट अन्नबाली, दालबाली र तरकारीबालीहरुमा लाग्ने झुसुल्ले कीरा र लाही कीरालाई राम्रोसग नियन्त्रण गर्न सकिन्छ । यसको साथसाथै घरभित्रका उडुस, उपियॉ र साङ्लाहरुको पनि नियन्त्रण गर्न सक्छ । सिस्नोको झोल बनाउदा, सिस्नोलाई ससाना टुक्रा बनाउने, उक्त टुक्रालाई ८÷९ लिटर पानीमा १०÷१५ घण्टासम्म भिजाउने, त्यसपछि त्यो पानीलाई बोटबिरुवामा छर्ने गरे झुसुल्लले, लाही किरा सजिलै नियन्त्रण गर्न सकिन्छ ।

(७) चिउरीको खली: चिउरीको खली(पिना) लाई खेत, बारीमा छरी जोती दिने गरेमा माटोमुनि बसेर बालीहरुलाई नोक्सान पु¥याउने रातो कमिला, धमिरा र खुम्रे किराहरुलाई नियन्त्रण गर्न सकिन्छ । यसको प्रयोग गर्दा एक कट्ठा जमिनमा आठ केजी चिउरीको खली (धुलो बनाएको) चारैतर्फ जमिनमा पर्ने गरी छर्ने र जोति दिने गर्नुपर्दछ ।

(८) खुर्सानीको धुलोः खुर्सानीलाई मसिनो गरी पिसेर धुलो बनाउने, उक्त धुलोलाई कॉक्रा, फर्र्सी, लौका आदिका बोटबिरुवामा छर्ने गरेमा पातखाने किरा र लाही कीराहरुको नियन्त्रण गर्न सकिन्छ ।

(९) तिते पाती ः तितेपातीको पात टिपेर राम्रोसग सुकाउने सुकिसकेपछि मसिनो गरी पिसेर धुलो बनाउने उक्त धुलोलाई भण्डारण गर्दा प्रयोग गर्ने गरेमा घुन, पुतला र चिल्सा आदिको रोकथाम गर्न सकिन्छ यस्तै किसिमका अन्य धेरै घरेलु तरीका र बस्तुहरु छन् जस्तै टिमुर, बोझो र सूर्ती साबुनको झोल आदि, यिनी सबैलाई मात्रा मिलाई विषादीको सट्टा प्रयोग गर्ने गरे विषादीबाट हुने असरहरुबाट बच्न सकिन्छ।

Tuesday, July 18, 2017

गर्मीमा झिंगा, साङ्लो र लामखुट्टे भगाउने उपायहरू

काठमाडौं - गर्मी बढेसँगै तपाईको भान्छामा साङ्ला सलबलाउन थाले होलान् । राती लामखुट्टेको आवाज र टोकाइले निन्द्रा बिथोल्न थाल्यो होला । फोहोर-मैलाबाट आएको झिंगाले सताइरहेका होलान् । यि समस्याबाट कसरी छुटकारा पाउने ?
साङ्लो भगाउने बिधि
साङ्लो 
१. साङ्लोबाट मुक्ति पाउने पहिलो उपाय भनेको घरको सरसफाई हो । सफा र उज्यालो स्थान यसको लागि अनुकुल हुँदैन ।
२. लसुनप्याज र मरिचलाई बराबर मिलाएर पिस्नुपर्छ । उक्त पेस्टलाई पानीमा मिसाएर घोल तयार गर्ने । अब त्यो घोललाई एउटा बोत्तलमा राखेर साङला बस्ने कुना काप्चामा छर्कनुपर्छ । केहि समय नियमित घोल छर्केपछि साङ्लाको समस्याबाट राहत मिल्छ ।
३. सख्खर र बेकिङ सोडालाई बराबर मात्रामा मिलाउने र साङ्लो बस्ने स्थानमा राख्नुपर्छ । त्यसको छेवैमा थोरै पानी पनि राखिदिनुपर्छ । सोडा खाएपछि यसले पानी पिउछ र मर्छ । बेकिङ सोडा यसको पेटमा गएपछि हानी पुर्‍याउँछ ।
४. पानीमा डिटर्जेन्ट घोलेर साबुनको घोल बनाउने । यसका लागि कुनैपनि किसिमको साबुन प्रयोग गर्न सकिन्छ । यस घोललाई स्प्रेको माध्यामबाट साङ्ला बस्ने ठाँउमा छर्कनुपर्छ ।
झिंगा भगाउने विधि
झिंगा 
झिंगाले खानेकुरालाई दूषित बनाइदिन्छ । गर्मीमा रोग सार्ने माध्याम पनि हो, झिंगा । त्यसैले झिंगालाई कसरी फैलन नदिने भन्नेमा हामी चिन्तित हुने गछौं ।
१. झिंगाको लागि फोहोरको थुप्रो, जमेको पानी अनुकुल हुन्छ । त्यस्ता ठाँउमा सजिलै झिंगा फैलन्छ । त्यसैले झिंगाबाट मुक्त हुने पहिलो उपाय भनेको घर आसपास सरसफाई गर्नु नै हो । सफा एवं स्वच्छ वातारवरण झिंगाको लागि प्रतिकुल हुन्छ ।
२. घरमा बासी, कुहिएको, सडेको खानेकुरा नराखौं । सफा खानेकुरा छोपेर राख्नुपर्छ ।
३. एक पारदर्शी पोलेथिनमा आधा पानी भरेर घरको प्रवेशद्वार, झ्यालको आसपासमा झुन्ड्याउने । यसमा परावर्तन हुने प्रकासबाट पनि झिंगा भाग्छ ।
४. झिंगा भगाउन तेज गन्ध भएको तेल प्रयोग गर्न सकिन्छ । कपासमा उक्त तेल भिजाएर भित्र-बाहिर गर्ने मुल ढोका, झ्यालको छेउमा राख्नुपर्छ । यसले पनि झिंगा भगाउन सकिन्छ ।
लामखुट्टे भगाउने विधि
लामखुट्टे 
लामखुट्टेको टोकाई र आवाजले राती सुत्न दिदैन । यसले संक्रमित व्यक्ति, जीव जनवारलाई टोकेर हाम्रो शरीरमा रोग समेत सार्न सक्छ । गर्मीमा लामखुट्टेले थुप्रै रोग सार्ने भय रहन्छ ।
१. लामखुट्टे जमेको फोहोर पानीबाट फैलन्छ । बर्खामा जम्ने पानी, भाडाबर्तन सफा गरेर पोखाएको पानी आदि जमेको ठाँउमा लामखुट्टेले अण्डा पार्छ । त्यसैले घर आसपासमा त्यस्तो पानी जम्न दिन हुँदैन । सरसफाई गरेको अवस्थामा लामखुट्टे त्यती चाढै फैलने डर हुँदैन ।
२. घरको झ्याल, ढोका वा कुनैपनि खुला प्वालबाट लामखुट्टे घरभित्र प्रवेश गर्छ । त्यसैले त्यस्ता ठाँउमा जाली हुनुपर्छ, जहाँबाट हावा आउजाउ गर्न सक्छ तर लामखुट्टे सक्दैन । यतिबेला झुलको प्रयोग पनि उपयोगी हुन्छ ।
३. कपुरलाई पनि लामखुट्टे भगाउने काममा प्रयोग गर्न सकिन्छ । एउटा कोठामा कपुर जलाउने र सबै झ्याल-ढोका बन्द गरिदिने । १०-१५ मिनेटपछि कोठा लामखुट्टेरहित हुन्छ ।
४. पुदिना वा त्यसको तेलमा किटनासक गुण हुन्छ । घरको आसपासमा पुदिना रोप्ने र त्यसको रस झ्याल ढोकामा छर्कनुपर्छ, लामखुट्टेको संक्रमण हट्छ ।

Monday, July 17, 2017

किरा नियन्त्रण सेवा (Pest Control Service)

हामी Brotherhood Pest Control (ब्रदरहुड किरा नियन्त्रण) सबै प्रकारको किरा नियन्त्रण गर्दछौ जस्तै धमिरा, साङलो, मुसा, लामखुट्टे, झिंगा, कमिला, झ्याउकिरी, उडुस, उपिया, किर्ना, माकुरा, पुतली, राती उड्ने पुतली, बारुलो, गलैंचा किरा, चांदी माछा,  तथा अन्य घस्रने र उड्ने सबै जात वा बर्ग किराहरुको समस्याको समाधान गर्दछौ। हामी तपाइको आफ्नो ठाउँ, तपाइको सुन्दर घर, काम गर्ने स्थान वा ठाउँ किरा मुक्त राख्नको लागि यो व्यक्तिगत किरा व्यवस्थापन योजना संग सही समाधान छ।  हामी अस्पताल, होटेल, भोजानालय तथा भोज हल, सिनेमा हल, दुताबास, बिधालय, घर, निवास, मल, बैंक, कार्यालय, भवन, चर्च, गोठ, खोर र अन्य बिबिध ठाउँको किरा नियन्त्रण गर्न सदैब तयार छौ। 

आवासीय किरा नियन्त्रण (Residential Pest Control)

व्यावसायिक किरा नियन्त्रण (Commercial Pest Control)
औध्योगिक किरा नियन्त्रण (Industrial Pest Control)
होटल किरा नियन्त्रण (Hotel Pest Control)
अस्पताल महामारी नियन्त्रण (Hospital Pest Control)


सेतो पुतलीको आक्रमणले आँखाको दृष्टि नै गुम्न सक्ने सापु रोगको लक्षण र बच्ने उपाय

काठमाण्डौ – डेंगुको डर बढेको बेला फेरि आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहेको अर्को रोगको प्रकोप देखिएको छ । सिजनल हाइपरएक्युट पानुभिआइट...