Covid-19 Update

Friday, July 21, 2017

कीरा नियन्त्रण गर्ने केहि घरेलु उपायहरू

कीरा नियन्त्रण गर्ने केहि घरेलु उपायहरु यसप्रकार छ:-

(१) असुरोः गाउघरमा पाइने असुरोको पात र डॉठलाई खेतबारीमा छापोको रुपमा माटोमा प्रशस्त राख्ने गरे फेंद काट्ने र माटोमुनि लुकीबस्ने खुम्रे कीराहरुलाई नियन्त्रण गर्न सकिन्छ ।


किराहरुको फोटो 
(२) खरानी र कृषि चुनः खरानी र कृषि चुनलाई एकै ठाउमा मिसाई खेत बारीमा प्रयोग गर्ने गरेमा उफ्रिने कीराहरु जस्तै बिरुवाहरुको पात खाई छियाछिया बनाउने खपटे किरानियन्त्रण गर्न सकिन्छ । यसलाई प्रयोग गर्दा एक भाग काठको (दाउराको मात्र) खरानी एक भाग कृषि चून दुबैलाई मिसाई छर्ने गर्नुपर्दछ ।


(३) गाईको गोबरः गाईको गोबरबाट धानमा देखापर्ने डढुवा रोग नियन्त्रण गर्न सकिन्छ । यसको प्रयोग गर्दा २० ग्राम गाईको गोबरमा एक लिटर पानीका दरले आफूलाई आवश्यक पर्ने मात्राको बनाई रोग लागेको खेतमा राम्रोसग बोट भिज्ने गरी छर्ने गरेमा डढुवा रोग नियन्त्रण गर्न सकिन्छ ।

(४) चुनाः चुनाको प्रयोगबाट मकैको भण्डारणमा लाग्ने कीराहरु नियन्त्रण गर्न सकिन्छ । यसको प्रयोग गर्दा २ सय २५ ग्राम चुनालाई १०० वटा मकैको घोगाका दरले आफ्नो आवश्यकताअनुसार मात्रा मिलाई पूरै घोगाहरुमा पर्ने गरी छरि भण्डारण गर्ने गरेमा मकैमा लाग्ने घुन, पुतलाबाट बचाउन सकिन्छ ।

(५) रातो माटो: फलफूलहरुको बोटलाई धमिरा कीराहरुबाट बचाउन रातो माटो प्रयोग गर्न सकिन्छ । यसको लागि एक केजी रातोमाटोमा १२ देखि १५ लिटर पानीको घोल बनाई फलफूलका बोट र हॉगाहरुमा पोतिदिने गरेमा धमिरा कीराबाट बोटलाई बचाउन सकिन्छ । यो काम वर्षा अघि एक पटक र हिउदमा एक पटक गर्नुपर्ने हुन्छ ।

(६) सिस्नोः सिस्नोको प्रयोगबाट अन्नबाली, दालबाली र तरकारीबालीहरुमा लाग्ने झुसुल्ले कीरा र लाही कीरालाई राम्रोसग नियन्त्रण गर्न सकिन्छ । यसको साथसाथै घरभित्रका उडुस, उपियॉ र साङ्लाहरुको पनि नियन्त्रण गर्न सक्छ । सिस्नोको झोल बनाउदा, सिस्नोलाई ससाना टुक्रा बनाउने, उक्त टुक्रालाई ८÷९ लिटर पानीमा १०÷१५ घण्टासम्म भिजाउने, त्यसपछि त्यो पानीलाई बोटबिरुवामा छर्ने गरे झुसुल्लले, लाही किरा सजिलै नियन्त्रण गर्न सकिन्छ ।

(७) चिउरीको खली: चिउरीको खली(पिना) लाई खेत, बारीमा छरी जोती दिने गरेमा माटोमुनि बसेर बालीहरुलाई नोक्सान पु¥याउने रातो कमिला, धमिरा र खुम्रे किराहरुलाई नियन्त्रण गर्न सकिन्छ । यसको प्रयोग गर्दा एक कट्ठा जमिनमा आठ केजी चिउरीको खली (धुलो बनाएको) चारैतर्फ जमिनमा पर्ने गरी छर्ने र जोति दिने गर्नुपर्दछ ।

(८) खुर्सानीको धुलोः खुर्सानीलाई मसिनो गरी पिसेर धुलो बनाउने, उक्त धुलोलाई कॉक्रा, फर्र्सी, लौका आदिका बोटबिरुवामा छर्ने गरेमा पातखाने किरा र लाही कीराहरुको नियन्त्रण गर्न सकिन्छ ।

(९) तिते पाती ः तितेपातीको पात टिपेर राम्रोसग सुकाउने सुकिसकेपछि मसिनो गरी पिसेर धुलो बनाउने उक्त धुलोलाई भण्डारण गर्दा प्रयोग गर्ने गरेमा घुन, पुतला र चिल्सा आदिको रोकथाम गर्न सकिन्छ यस्तै किसिमका अन्य धेरै घरेलु तरीका र बस्तुहरु छन् जस्तै टिमुर, बोझो र सूर्ती साबुनको झोल आदि, यिनी सबैलाई मात्रा मिलाई विषादीको सट्टा प्रयोग गर्ने गरे विषादीबाट हुने असरहरुबाट बच्न सकिन्छ।

1 comment:

सेतो पुतलीको आक्रमणले आँखाको दृष्टि नै गुम्न सक्ने सापु रोगको लक्षण र बच्ने उपाय

काठमाण्डौ – डेंगुको डर बढेको बेला फेरि आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहेको अर्को रोगको प्रकोप देखिएको छ । सिजनल हाइपरएक्युट पानुभिआइट...