Covid-19 Update

Tuesday, July 18, 2017

गर्मीमा झिंगा, साङ्लो र लामखुट्टे भगाउने उपायहरू

काठमाडौं - गर्मी बढेसँगै तपाईको भान्छामा साङ्ला सलबलाउन थाले होलान् । राती लामखुट्टेको आवाज र टोकाइले निन्द्रा बिथोल्न थाल्यो होला । फोहोर-मैलाबाट आएको झिंगाले सताइरहेका होलान् । यि समस्याबाट कसरी छुटकारा पाउने ?
साङ्लो भगाउने बिधि
साङ्लो 
१. साङ्लोबाट मुक्ति पाउने पहिलो उपाय भनेको घरको सरसफाई हो । सफा र उज्यालो स्थान यसको लागि अनुकुल हुँदैन ।
२. लसुनप्याज र मरिचलाई बराबर मिलाएर पिस्नुपर्छ । उक्त पेस्टलाई पानीमा मिसाएर घोल तयार गर्ने । अब त्यो घोललाई एउटा बोत्तलमा राखेर साङला बस्ने कुना काप्चामा छर्कनुपर्छ । केहि समय नियमित घोल छर्केपछि साङ्लाको समस्याबाट राहत मिल्छ ।
३. सख्खर र बेकिङ सोडालाई बराबर मात्रामा मिलाउने र साङ्लो बस्ने स्थानमा राख्नुपर्छ । त्यसको छेवैमा थोरै पानी पनि राखिदिनुपर्छ । सोडा खाएपछि यसले पानी पिउछ र मर्छ । बेकिङ सोडा यसको पेटमा गएपछि हानी पुर्‍याउँछ ।
४. पानीमा डिटर्जेन्ट घोलेर साबुनको घोल बनाउने । यसका लागि कुनैपनि किसिमको साबुन प्रयोग गर्न सकिन्छ । यस घोललाई स्प्रेको माध्यामबाट साङ्ला बस्ने ठाँउमा छर्कनुपर्छ ।
झिंगा भगाउने विधि
झिंगा 
झिंगाले खानेकुरालाई दूषित बनाइदिन्छ । गर्मीमा रोग सार्ने माध्याम पनि हो, झिंगा । त्यसैले झिंगालाई कसरी फैलन नदिने भन्नेमा हामी चिन्तित हुने गछौं ।
१. झिंगाको लागि फोहोरको थुप्रो, जमेको पानी अनुकुल हुन्छ । त्यस्ता ठाँउमा सजिलै झिंगा फैलन्छ । त्यसैले झिंगाबाट मुक्त हुने पहिलो उपाय भनेको घर आसपास सरसफाई गर्नु नै हो । सफा एवं स्वच्छ वातारवरण झिंगाको लागि प्रतिकुल हुन्छ ।
२. घरमा बासी, कुहिएको, सडेको खानेकुरा नराखौं । सफा खानेकुरा छोपेर राख्नुपर्छ ।
३. एक पारदर्शी पोलेथिनमा आधा पानी भरेर घरको प्रवेशद्वार, झ्यालको आसपासमा झुन्ड्याउने । यसमा परावर्तन हुने प्रकासबाट पनि झिंगा भाग्छ ।
४. झिंगा भगाउन तेज गन्ध भएको तेल प्रयोग गर्न सकिन्छ । कपासमा उक्त तेल भिजाएर भित्र-बाहिर गर्ने मुल ढोका, झ्यालको छेउमा राख्नुपर्छ । यसले पनि झिंगा भगाउन सकिन्छ ।
लामखुट्टे भगाउने विधि
लामखुट्टे 
लामखुट्टेको टोकाई र आवाजले राती सुत्न दिदैन । यसले संक्रमित व्यक्ति, जीव जनवारलाई टोकेर हाम्रो शरीरमा रोग समेत सार्न सक्छ । गर्मीमा लामखुट्टेले थुप्रै रोग सार्ने भय रहन्छ ।
१. लामखुट्टे जमेको फोहोर पानीबाट फैलन्छ । बर्खामा जम्ने पानी, भाडाबर्तन सफा गरेर पोखाएको पानी आदि जमेको ठाँउमा लामखुट्टेले अण्डा पार्छ । त्यसैले घर आसपासमा त्यस्तो पानी जम्न दिन हुँदैन । सरसफाई गरेको अवस्थामा लामखुट्टे त्यती चाढै फैलने डर हुँदैन ।
२. घरको झ्याल, ढोका वा कुनैपनि खुला प्वालबाट लामखुट्टे घरभित्र प्रवेश गर्छ । त्यसैले त्यस्ता ठाँउमा जाली हुनुपर्छ, जहाँबाट हावा आउजाउ गर्न सक्छ तर लामखुट्टे सक्दैन । यतिबेला झुलको प्रयोग पनि उपयोगी हुन्छ ।
३. कपुरलाई पनि लामखुट्टे भगाउने काममा प्रयोग गर्न सकिन्छ । एउटा कोठामा कपुर जलाउने र सबै झ्याल-ढोका बन्द गरिदिने । १०-१५ मिनेटपछि कोठा लामखुट्टेरहित हुन्छ ।
४. पुदिना वा त्यसको तेलमा किटनासक गुण हुन्छ । घरको आसपासमा पुदिना रोप्ने र त्यसको रस झ्याल ढोकामा छर्कनुपर्छ, लामखुट्टेको संक्रमण हट्छ ।

No comments:

Post a Comment

सेतो पुतलीको आक्रमणले आँखाको दृष्टि नै गुम्न सक्ने सापु रोगको लक्षण र बच्ने उपाय

काठमाण्डौ – डेंगुको डर बढेको बेला फेरि आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहेको अर्को रोगको प्रकोप देखिएको छ । सिजनल हाइपरएक्युट पानुभिआइट...