Covid-19 Update

Wednesday, September 5, 2018

मुख या सास गन्हाउनको कारण र यसको समस्या र समाधान


काठमाडौं - तपाईँले कत्तिको याद गर्नु भएको छ ? कहिलेकाही निकै पर्सनालिटीदेखिने तर छेउमा पुगेर कुराकानी गर्दा ह्रवास्सै सास गन्हाउने । अनि कहिलेकाही आफैलाई अप्ठेरो हुने गरी आफ्नै सास गन्हाउने । कसैकसैलाई त दिनँहु दाँत माझ्ने तर स्वास गन्हाउन नछाडने समस्या समेत पिरोल्ने गरेको देखिएको छ । यस पटक हामीले स्वासमा हुने दुर्गन्धको बारेमा तपाईँहरुलाई जानकारी दिने प्रयास गरेका छौँ ।

सास दुई कारणले गन्हाउछ । पहिलो मुख तथा दाँतमा जम्मा भएको फोहरेका कारण , अनि दोस्रो कारण चाँहि पेटमा भएको समस्या ।

दिनहुँ दाँत ब्रस गर्ने तथा मुख सफा गर्नेहरुको पनि नजिक पर्दा कहिलेकाही सास गन्हाउछ । यदि त्यस्तो छ भने पक्कै पनि उसको पाचन प्रकृयामा गडवढी हुनसक्छ । पाचन प्रकृया ठिक छैन भने भित्रैबाट आउने सास दुर्गन्धित हुन्छ । त्यसर्थ सास गन्हाउने पनि एकखालको स्वास्थ्य समस्या हो । चिकित्सकिय भाषामा यस रोगलाई हेलिटाइसिसभन्ने गरिन्छ ।

सास किन दुर्गन्धित हुन्छ ?
मुख या सास गन्हाउनको कारण र यसको समस्या र समाधान
सास गन्हाउने कारण धेरै छन यद्धपी ती मुख र पेटमा हुने समस्यासंग गासिएका हुन्छन । चिकित्सकहरु यो समस्या आउनुमा ९० प्रतिशत मुखमा भएका किटाणुहरुको बृद्धिले हुने बताउछन । १० प्रतिशत मात्रै शरीरका भित्री भागमा भएका अंगहरुको समस्याले हुने गर्छ ।

कलेजो , मृगौला, मधुमेह तथा पिनास हुँदा समेत यस्तो समस्या देखिन्छ । जुन तत्काल समाधान गर्नु जरुरी छ । मुखमा किटाणु बढनुको कारण भने खानेकुरा दाँतमा अडकेर सडने र त्यसबाट किटाणु उत्पन्न हुनु हो । गीजाको रोग पायरियाभएर पनि यस्तो समस्या आउने गर्छ । दाँतमा फोहर जम्नु, टन्सिलको इन्फेक्सन हुनु , नाक तथा साइनसमा बिकार आउनु, मुखमा घाउ निस्कनु, श्वास नलिमा या फोक्सोमा बिकार जम्मा हुनु हो ।

कान्तिपुर डेन्टल हस्पिटलका दन्त चिकित्सक डा. बुद्धिमान श्रेष्ठ भन्छन, ‘मुख भित्र हुने दाँत, गिजा तथा जिव्रोको उचित सरसफाइ भएन भने सास गन्हाउन थाल्छ । त्यसैगरी पेटमा राम्ररी पाचन भएन भने पनि त्यसको असर मुखबाट आउने सासमा देखिन्छ । अर्थात गन्हाउन थाल्छ ।उनले धुमपान तथा तमाखु, गुडखा लगायतका सूर्तिजन्य पदार्थको सेवनले पनि मुख तथा सास गन्हाउने समस्या आउने बताए ।

त्यसो त चिकित्सकहरुले मदिरा पान गर्ने, मधुमेह, कव्जियत, पेठको अल्सर, अपच, टिवि, निमोनिया, पिनास जस्ता समस्याले ग्रस्तव्यक्तिको पनि सास गन्हाउने बताउछन् । बोसो तथा प्रोटिनयुक्त खानाहरुकोृ अत्यधिक सेवनले पनि यो समस्या बढाउछ । त्यसबाहेक नियमित रुपमा दाँत नमाझने, दाँतको फ्लस नगर्ने, जिव्रो सफा नगर्नु, मुख कुल्ला नगर्नुले पनि यस्तो समस्या निम्त्याउछ ।

अन्य रोगको पनि जानकारी दिन्छ ?

सास गन्हाउने समस्या शरीरमा विकसित हुदै गएको विकारका कारणले पनि हुनसक्छ । जस्तै पेटमा अपच भयो भने पनि सास गन्हाउछ, दाँत नियमित ब्रस नगरे पनि दुर्गन्ध आउँछ । गिजाको भित्री भागमा पिप जम्यो वा घाउ आयो भने पनि सास गन्हाउन थाल्छ । त्यसबाहेक पेठको अल्सर, अपच, टिवि, निमोनिया, साइनस जस्ता कारणले सास गन्हाउनुको कारण बन्न सक्छ ।

 के गर्ने त ?

मुख गन्हाउने समस्या देखा परेमा शुद्ध हलुका र सुपाच्य भोजन गर्ने, जिव्रो माथिल्लो भागमा लागेको लेउजस्तो फोहर सफा गर्ने र रातो टमाटरमा नून हालेर खाने गरेमा पनि दुर्गन्ध कम हुन्छ ।

सफासग धोएको काचो पालुङ्गो र बन्दा चपाएर विहान बेलुका खाने गर्नाले पनि राहत मिल्ने चिकित्सकहरु बताउछन । आधा चम्चा सुठोको धुलो विहान बेलुका खाना पछि खाने गरेमा पनि त्यसले दुर्गन्ध घटाउछ । खाना पछि तुलसी पत्ता, पुदिन र काँचो सलगम चवाएर खाने गर्नाले पनि समस्या समाधान हुन्छ । कागती र अमलाको प्रयोग बढाएमा पनि दुर्गन्ध कम हुन्छ ।

यी बाहेक सबैभन्दा बढी प्रयोग पानीकै हुन्छ । प्रसस्त पानी पिउनी व्यक्तिको पाचन प्रकृयालाई नियमित गराउछ । मुख सुख्खा भयो भने पनि मुख गनाउछ । त्यसैले थोरै थोरै भएपनि पानी पिइ राख्नु राम्रो हुन्छ । त्यस्तै टङ क्लिनरले विहान जिव्रो सफा गर्ने र विहान खाना खाएपछि र सुत्नु अघि ब्रस र मन्जनले दाँत सफा गर्ने, रगत र पिप आउनबाट रोक्नका लागि कागती मह मिलाएर गिजा सफागर्ने, कागती र पुदिनाको रस एक गिलास मनतातो पानीमा मिलाएर विहान बेलुका मुख कुल्ला गर्ने गरेमा पनि समस्या समाधान हुनसक्छ । त्यसबाहेक सुगन्धीत फलहरु जस्तौ ल्वाङ, सुकमेल, अलैची मुखमा राख्नाले पनि दुर्गन्ध कम हुन्छ ।

भिटामिन सि डिफिसेन्सीको कारणले पनि मुख गन्हाउछ । त्यस्तै क्याल्सियमको कमीले पनि यस्तो समस्या देखापर्छ । डा. श्रेष्ठ भन्छन , भिटामिन सि र क्याल्सियम बढाउने खाद्य पदार्थको सेवन गर्नु उ्त्तम हुन्छ ।तर बढी अपाच्य खानेकुरा नखाने, तारेको पिरो मसलादार र चटपटे बस्तु नखानु नै राम्रो हुन्छ । धेरै गुलियो, खाद्य पदार्थबाट टाढै रहने, चिया, कफि, रक्सी, माछा, मासु कम खाने र खाईसकेपछि राम्ररी दाँत जिव्रो सफा गर्ने र पानी प्रसस्त खानु फाइदा जनक हुन्छ ।

मुख गन्हाउने अधिकांश समस्या मुख, गिंजा र दाँतकै समस्याबाट सिर्जित हुन्छन् ।

मुख या सास गन्हाउनुका कारण

१. हामीले खाएका खानेकुरालाई दाँतले टुक्राटुक्रा पार्छ, जिब्रोले पन्यूले जसरी चलाउँछ अनि र्‍यालले मुलायम बनएर निल्न सहयोग गर्छ ।
दाँतले त्यसरी खानेकुरालाई टुक्राटुक्रा पार्दा दाँतबीचको चेपचेपमा गए
र खानेकुरा अड्किन्छ र त्यसलाई समयमै निकाल्न सकिएन भने हाम्रो भान्साको फोहोर जसरी नै (कुहियर ) गन्ध फ्याँक्न थाल्छ अनि त्यही गन्ध मुखको ओडारबाट बहिर श्वास–प्रश्वाससँगै बहिर निस्कन्छ अनि वरिपरिका सबैलाई गन्हाउन थाल्छ ।
२. जिब्रोले खानेकुरा चलाउने क्रममा धेरथोर जिब्रोमा पनि पातलो तह फोहोरले ढाकेको हुन्छ । त्यो फोहोर मुखभित्रै केही समयपछि कुहिएर गन्ध निस्कन थाल्छ् ।
३. बंगारातिरको दुई दाँतबीचमा ठुलो चेप छ भने पनि त्यहाँ खाना अड्किन्छ, कुहिन्छ अनि गन्हाउँछ ।
४. कुनैकुनै दाँत कीराले खाएर ठूलो ढाँड बनिसकेका हुन्छन् । त्यो ढाँडमा नजानिँदो पाराले अड्किएका खानेकुरा लामो समयसम्म बसेर गन्ध निकाल्न मद्दत गरिरहेको हुन्छ ।
५. खैनी, चुरोट आदिको आदतका कारणले पनि मुख गन्हाउन सक्छ ।
६. कतिपय खानेकुरा आफंै पनि श्वास गन्हाउन मद्दत गर्ने खालका हुन्छन्, जस्तैलसुन, प्याज ।
७. मुख सुख्खा हुने कुनै रोग हुँदा पनि प्रशस्त मात्रामा तरल पदार्थले बगाउनुपर्ने फोहोर बग्न पाउँदैन अनि मुख गन्हाउन सक्छ ।
८. नक्कली दाँत लगाएका व्यक्तिहरूले नियमित सरसफाइ नगर्दा पनि अड्किएको फोहोर कुहिएर मुख गन्हाउन सक्छ । दाँतमा ब्रेसेस वा तार लगाएका व्यक्तिमा पनि फोहोर अड्किएर मुख गन्हाउन सक्छ ।

समाधान

१. दाँतमा लेउ लाग्न र फोहोर टाँसिन नदिन नियमित ब्रस गर्ने, दिनमा दुई पटक (खाना खाइसकेपछि) ।
२. नियमति मुख खोकल्ने वा कुल्ला गर्ने ।
३. मुखलाई नियमित रसिलो राख्ने, सुख्खा हुन नदिने ।
४. दुई दाँतबीचको चेपमा रहेका फोहोर निकाल्न डेन्टल फ्लस ( एक प्रकारको धागो) नियमित प्रयोग गरी दुई दाँतबीचमा फोहोर अड्किन नदिने ।
५. दुई दाँतको बीचमा अलि ठूलो ग्याप छ भने इन्टर्डेन्टल ब्रसले बाहिर भित्र गरेर फोहोर बस्न नदिने ।
६. कुल्ला गर्ने झोल पनि छोटो समयका लागि प्रयोग गर्न सकिन्छ ।
७. जिब्रीको सहयोगले जिब्रोमा फोहोर जम्न नदिने ।
८. मुख गन्हाउन सहयोग गर्ने सुर्ती इत्यादि छोड्ने ।
९. नक्कली दाँत (डेन्चर) राम्रोसँग नियमित सफा गर्ने ।

No comments:

Post a Comment

सेतो पुतलीको आक्रमणले आँखाको दृष्टि नै गुम्न सक्ने सापु रोगको लक्षण र बच्ने उपाय

काठमाण्डौ – डेंगुको डर बढेको बेला फेरि आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहेको अर्को रोगको प्रकोप देखिएको छ । सिजनल हाइपरएक्युट पानुभिआइट...