काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरियो ।
हत्या भएको ६६ दिन पूरा भएको छ । तर बलात्कारी र हत्यारा अझै पत्ता लाग्न सकेको
छैन ।
बलात्कारको अभियोगमा प्रहरीले स्थानीय
दिलिपसिंह विष्टलाई भदौ ४ गते पक्राउ गर्यो । स्थानीयले प्रहरीले हत्यारा जोगाउन
सोझो व्यक्तिलाई पक्राउ गरेको भन्दै आन्दोलन गरे । स्थानीयले प्रहरीमाथि नै आशंका
गर्दै आन्दोलन तीव्र बनाए ।
सो क्रममा प्रहरीले गोली चलाउँदा एकजनाको ज्यान गयो भने कैयौं घाइते पनि भए ।
‘डीएनए’ परीक्षण के हो र किन गरिन्छ ? नतिजा शतप्रतिशत ! |
आरोपी बलात्कारमा संलग्न थियो या थिएन भनेर दिलिपसिंह विष्टको डीएनए परीक्षण गरियो । तर उनी बलात्कारी नभएको परीक्षणबाट पुष्टि भएपछि रिहा भए । तर पनि आन्दोलन रोकिएन । त्यसपछि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र स्थानीय आयुष विष्टको पनि डीएनए परीक्षण गरियो । उनीहरुको पनि डीएनए मिलेन । कञ्चनपुर प्रहरीले आइतबार तीनैजनाको डीएनए रिपोर्ट ‘म्याच नभएको’ बतायो ।
डीएनए परीक्षण के हो त ?
डीएनएको
पूरा नाम ‘डीओक्सीराइबो न्यूक्लिक एसिड’ हो । हरेक जिवको जिन भिन्न भिन्न हुने भएकाले एकको अर्कोसँग नमिल्ने हुन्छ
। पछिल्लो समय ‘डीएनए’ अनुसन्धान बढ्दै
गएको विज्ञहरु बताउँछन् । सूक्ष्म जीवाणुदेखि जीवित सबै प्राणीको हरेक कोषिकामा
डीएनए हुन्छ । यसले प्रणाली बनाउने, विकास गर्ने र प्रजननलाई
निर्देशित गरी सकुशल राख्ने काम गर्छ । यो परीक्षण गर्न समय लाग्नुका साथै
महंगो पनि छ । नेपालमा एउटा स्पाम्पल लिएको करिब ७ हजार रुपैयाँ लाग्छ । एउटा
मानिसको ३ पटकसम्म स्याम्पल लिनुपर्ने फरेन्सिक ल्याबले जनाएको छ । डीएनए
परीक्षणका लागि केही दिनदेखि हप्तौं लाग्ने गरेता पनि परीक्षणले शतप्रतिशत सही नतिजा
आउने फरेन्सिक विभाग प्रमुख डा. प्रमोद श्रेष्ठ बताउँछन् । उनले भन्ने, “आपराधिक घटना अनुसन्धानका क्रममा गरिने डीएनए परीक्षणले कुनैपनि व्यक्ति
घटनास्थलमा उपस्थित भएको थियो भन्नेर प्रमाणित गर्ने गर्छ ।”
वैज्ञानिकहरुले
सन् १९८४ मा डीएनएको परीक्षण गर्ने पद्धति पत्ता लगाएका थिए । डीएनए परीक्षणमा दुई
जैविक नमुनाकाबीचमा कत्तिको समानता छ भन्ने तुलना गरिन्छ ।
‘डीएनए’ परीक्षण कसरी
गरिन्छ ?
डीएनए
परीक्षण गर्न सबैभन्दा पहिले मानिसको नमुना संकलन गरिन्छ । नेपालमा ‘डीएनए’ आजभन्दा करिब आठवर्ष पहिले रगतबाट मात्र
गरिन्थ्यो । तर क्रमशः विकास हुँदै अहिले रगत, औंठाछाप,
थुक, छाला, नङ, कपाल, दाँत, शरीरका अङ्ग–प्रत्यङ्गको कुनै भाग लिन सकिन्छ । संकलन गरेका नमुनाहरुलाई प्रयोगशालामा
परीक्षण गरिन्छ । जसको परीक्षणको आधारमा जाँच गरिएको र खोजिएको व्यक्तिसम्म पुग्न
सकिन्छ । डीएनए परिक्षण गर्दा निकै सावधान अपनाउनुपर्ने डा. श्रेष्ठ बताउँछन् ।
त्यसैगरी, सो नमुना सामग्री कोषिकामा निकालिन्छ, जुन कोषिकाबाट
डीएनए नमुनालाई पृथकीकरण गरी नतिजालाई विश्लेषण गर्नुकासाथै पक्का गर्न उक्त
प्रक्रियालाई दोहोर्याइन्छ । जसलाई ‘डीएनए प्रोफाइलिङ’
भनिन्छ । यसरी निकालिएको ‘प्रोफाइल’लाई डीएनएको ‘औंठाछाप’ पनि
भनिन्छ । यही ‘प्रोफाइल’ लाई अर्को
नमुनासँग दाँजेर समानता अध्ययन गरिन्छ । उक्त प्रतिवेदनमा जुन उद्देश्यका लागि
डीएनए परीक्षण गरिएको हो त्यसको निष्कर्ष निकालिन्छ ।
कस्तो अवस्थामा गरिन्छ ?
फरेन्सिक
विभागका प्रमुख डा. श्रेष्ठ भन्छन्, “युएस बंगाला विमान
दुर्घटनामा परेका मानिसहरुको सबै शरीर डढेको थियो । त्यसमा हामीले उनका आमाबुबाको
हुलियाको आधारमा डीएनए परीक्षण गरेका थियौं । दुर्घटना हुनुभन्दा अगाडि के लगाएको
थियो भनेर हेर्यौं र, अर्को उनीहरुको हड्डीको डीएनए गरेर शव
पहिचान गरेर जिम्मा लगाएका थियौं । मानौं, कुनै बालक
प्रहरीले बेवारिसे अवस्थामा भेट्यो । त्यो बालकको डीएनए उसको बाबुआमा मिलेमा
मात्र त्यो बालक उसका बाबुआमाले लैजान पाउँछन् । त्यो बालकको आमा बुबा हो कि होइन
भनेर पहिचानका लागि दुबैको कुनै न कुनै अंगको परीक्षण गरिन्छ ।”
नेपालमा
मात्र होइन विदेशमा पनि डीएनए परीक्षण गर्न समय लाग्छ । अमेरिका जस्तो विकसित
देशका केही स्थानमा अझै पनि ‘डीएनए’ गर्न
६ महिनासम्म लाग्ने गरेको छ । “तर नेपालमा पछिल्लो समय
परीक्षणमा ६ महिनासम्म त लाग्दैन,” डा. श्रेष्ठ भन्छन् ।
No comments:
Post a Comment