Covid-19 Update

Saturday, January 12, 2019

कपालमा तेल लगाउने सही तरिका


काठमाडौं - स्वस्थ र सुन्दर कपालका लागि तेल आवश्यक छ । तर, कपालमा तेल लगाउने पनि तरिका हुन्छ । कपालअनुसार फरकफरक तेल आवश्यक पर्न सक्छ । कसरी प्रयोग गर्ने तेल ? हेयर डिजाइनर लक्ष्मी ठाकुरले विस्तृतमा बताएका छन्ः

१. कस्तो कपालमा कुन तेल लगाउने भन्ने पाटो महत्वपूर्ण हुन्छ । सबै कपालमा सबै तेलको प्रयोग फाइदाजनक हुँदैन । तेलका कारण कुनै साइड इफेक्ट नभए पनि नतिजा सकारात्मक नदिएपछि तेल लगाउनुको अर्थ नै रहँदैन । त्यसैले सुरुमा आफ्नो कपालको क्वालिटी बुझ्नुहोस् र तेल रोज्नुहोस् ।
२. ड्राई अर्थात् सुक्खा कपाल छ भने नरिवलको तेल लगाउनु राम्रो हुन्छ । नरिवलको तेलले कपालको सुक्खापन कम गराएर नरम बनाउन भूमिका खेल्छ । मुख्यतः कलरिङ गरिएको कपाललाई नरिवलको तेलले फाइदा गर्छ । किनभने, यो कपाल सुक्खा हुन्छ ।
३.कलरिङ नगरिएको कपाल पनि ड्राई हुन्छ । नर्मल ड्राई कपालमा ओलिभ र तोरीको तेल लगाउनु राम्रो हुन्छ ।
४. ड्राई नभएको नर्मल कपाललाई बिग्रिन नदिन तथा स्वस्थ राख्न पनि तेल लगाउनुपर्ने आवश्यकता हुन्छ । हप्तामा एकदुईपटक नर्मल कपालमै पनि आयल मसाज गर्नु फलदायी हुन्छ । नर्मल कपालका लागि आलमोन्ड आयल उपयुक्त हुन्छ । लक्ष्मी ठाकुर हेयर डिजाइनर लक्ष्मी हेयर स्टुडियो, कोटेश्वर लक्ष्मी ठाकुर हेयर डिजाइनर लक्ष्मी हेयर स्टुडियो, कोटेश्वर
५. कपालको क्वालिटीअनुसार तेल रोजेर मात्रै पुग्दैन । कपालमा तेल कति समय राख्ने भन्ने कुराले पनि अर्थ राख्छ । स्काल्प बढी ड्राई भएका व्यक्तिले रातभर कपालमा तेल राखेर भोलिपल्ट बिहान नुहाउँदा ठीक हुन्छ ।
६. टाउकाको छालामा कुनै समस्या छ, माइग्रेन छ भने रातभर तेल लगाएर छाड्नुहुँदैन । यसले नकारात्मक असर गर्न सक्छ । खास त टाउको दुख्ने समस्या निम्त्याउन सक्छ ।
७. सामान्यतया तेल लगाएको दुईतीन घन्टासम्म रहन दिएर टाउको पखाल्दा पर्याप्त नै हुन्छ । यो जुनसुकै प्रकृतिको कपालमा पनि लागू हुन्छ ।
८. धेरै तातो तेलले कपालमा मसाज गर्नुहुँदैन । तेल राम्रोसँग तताउने, तर मनतातो बनाएर लगाउनुपर्छ । तातो तेलले कपालको जरा कमजोर बनाउने तथा कपाल नै फेड गराइदिन्छ ।
९. नुहाउनुअघि टाउकोमा मसाज गर्न बाक्लो खालको तेल लगाउनुपर्छ । कपालको जरैसम्म भिज्ने गरी औँलाले खेलाउँदै तेल लगाउनुपर्छ । तेल लगाइसकेपछि महिलाले लामो कपाललाई हल्का पोको पारेर राख्नुपर्छ ।
१०. नुहाएपछि पनि कपालमा तेल लगाउने हो भने ननस्टिकी आयल रोज्नुपर्छ । नुहाएपछिको कपालमा पातलो खालको तेल आवश्यक पर्छ । यो वेला बाक्लो खालको तेल लगाउनुहुँदैन । बाक्लो तेल लगाउँदा बढी चिपचिप हुने र अनुहारसम्म लतपतिने हुन्छ ।

तोरीको तेलका उपयोगी फाइदा
कपालमा तेल लगाउने सही तरिका
तोरीको तेल खासगरी भारत, रोम र ग्रिसमा हजारौं वर्षदेखि लोकप्रिय रहँदै आएको छ । सबैभन्दा पहिले यो ३ हजार बीसीमा भारतमा खेति गरिएको अनुमान गरिएको छ । दार्शनिक हिप्पोक्रेटसले तोरीका दानालाई केही निश्चित खालका औषधि बनाउन प्रयोग गर्थे । रोमनहरुले यसलाई रक्सी बनाउन प्रयोग गर्थे भने ग्रिकका प्रख्यात गणितज्ञ पाइथागोरसले बिच्छीले टोकेको उपचारमा प्रयोग गर्थे । यसका साथै तोरीको तेल भारत तथा नेपालमा खाना पकाउन प्रयोग हुँदै आएको छ । 

तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट (मुफा), २१ प्रतिशत पोलीअनस्याचुुरेटेड फ्याट (पुफा) र १२ प्रतिशत स्याचुुरेटेड फ्याट पाइन्छ । यी फ्याटी एसिडलाई असल फ्याट भनिन्छ । यी चिप्लो पदार्थ मुटुको धमनकिा भित्तामा गएर बस्न सक्दैन । यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटीन, भिटामिन र मिनरल पाइदैंन । तरकारीको महत्वपूूर्ण स्रोत भएकाले यसमा अल्फा लिनोलेनिक एसिड तथा ओमेगा फ्याटी एसिड हुन्छन् । एक चम्चा तोरीको तेलमा ०.८ ग्राम ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यस्तै, एक टेबलचम्चा तेलमा १२४ क्यालोरी पाइन्छ । जसमा १४ ग्राम फ्याट हुन्छ । जसमध्ये ८.३ ग्राम मोनोस्याचुरेटेड फ्याट पाइन्छ, जुन ओलिभ आयल, अंगुरको बियाँ र बदामको तेलजस्तै हुन्छ । 

क्यान्सरको खतरा घटाउँछ

अनुसन्धानहरुबाट तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्व पाइएको छ । यसमा पाइने लिनोलेनिक एसिड ओमेगा थ्रि फ्याटी एसिडमा परिवर्तन हुन्छ, जसले पेट तथा कोलोन क्यान्सर रोकथाम गर्छ । साउथ डकोटा युनिभर्सिटीको टोलीले गरेको अनुसन्धानले पनि यही कुरालाई प्रमाणित गरेको छ । उनीहरुले कोलोन क्यान्सर लागेको मुसामा तोरी, मकै र माछाको तेल प्रयोग गरेका थिए । तीमध्ये तोरीको तेलले बढी काम गरेको पाइएको थियो । 

मुटुका लागि उपयोगी

तोरीको तेलमा मोनोस्याचुरेटेड  र पोलिअनस्याचुरेटेड फ्याटी एसिड प्रशस्तमात्रामा पाइन्छ । यसका साथै ओमेगा थ्रि र ओमेगा सिक्स फ्याटी एसिड पनि पाइन्छ । यी फ्याटी एसिडले मुटु रोगको खतरा ५० प्रतिशतले कम गर्न मद्दत पुु¥याउँछन् । तोरीको तेल हाइपोकोलेस्टेरोलेमिक (कोलेस्टेरोल घटाउने)  र हाइपोलिपिडेमिक (लिपिड घटाउने) तत्व पाइन्छ । यसले एलडीएल (खराब) कोलेस्टेरोल घटाई र एचडिएल (असल) कोलस्टेरोल बढाउँछ । यसबाट मुटु रोगको खतरा कम हुन्छ ।

प्राकृतिक शक्तिबद्र्धक

तोरीको तेललाई प्राकृतिक शक्तिबद्र्धकका रुपमा लिइन्छ । तोरीको तेलले छालामा मसाज गर्दा रक्तसन्चार प्रणाली र पसिना ग्रन्थीमा सुधार ल्याउँछ । यसका साथै यसले पाचन प्रणालीमा सुधार ल्याउँछ ।

चिसो र रुघा निको पार्छ 

तोरीको तेल लामो समयदेखि चिसो हटाउने प्राकृतिक पदार्थका रुपमा प्रयोग हुँदैं आएको छ  । यसमा तातो बनाउने तत्व हुन्छ, जसले श्वासप्रश्वास नलीलाई सफा पार्छ । रुघा लागेको बेला तातो पानीमा जिरा र केही चम्चा तोरीको तेल हालेर बाफ लिने हो भने रुघा निको हुन्छ र घाँटी सफा पार्छ । 

जोर्नी दुख्ने र बाथ निको पार्छ

तोरीको तेलले नियमित मसाज गर्ने हो भने शरीरमा रक्तसन्चार बढाई जोर्नी दुख्ने र बाथको समस्या निको हुन्छ । यसमा हुने ओमेगा थ्रि फ्याटी एसिडले बाथसम्बन्धी दुखाईलाई हटाउने तत्वका रुपमा काम गर्छ । 

शरीरका अंगहरुको कार्यमा सुधार ल्याउँछ

तोरीको तेलले मसाज गर्ने हो भने शरीरमा रक्तसन्चारलाई बढाई ताजा महसुस गराउँछ र अंगहरुको कार्यक्षमता पनि बढ्छ । नवजात शिशुलाई तोरीको तेलले मसाज गर्ने चलन धेरै देशमा छ । यसले शरीर बलियो बनाउने, स्वास्थ्य राम्रो बनाउने र ताप दिने कुरा अध्ययनबाट पनि प्रमाणित भएका छन् ।

दममा उपयोगी

दम यस्तो  रोग हो, जसको कुनै उपचार छैन । तर तोरीको तेलको उपयोगले यसको लक्षण र प्रभावलाई व्यवस्थित गरी घटाउन सकिन्छ । यो दमका लागि सबैभन्दा बढी प्रभावकारी सुरक्षित उपाय हो । खैरो तोरीको तेल छातिमा लगाउने हो भने फोक्सोमा हावाको आपूर्ति बढ्छ । एक टेबलचम्चा शुद्ध तोरीको तेललाई महमा मिसाएर दिनको तीनपटक खाने हो भने दमको आक्रमणलाई रोक्न सकिन्छ । 

यसका साथै तोरीको तेलमा अन्य फाइदा
मष्तिष्कको कार्यक्षमता बढाउँछ
दाँत सेतो बनाउँछ र दाँतसम्बन्धी समस्या हटाउँछ
छाला स्वस्थ बनाउन मद्दत गर्छ
शरीरका काला धब्बा हटाउँछ
प्राकृतिक सनस्क्रीनको काम गर्छ
छाला सुख्खा हुन दिँदैंन र संक्रमणबाट जोगाउँछ
कपाल झर्नबाट  जोगाउँछ, सुख्खा हुन दिँदैंन
कपाल चाँडै फुल्न दिँदैंन
तोरीको तेल चायाँ पर्न दिँदैंन


हतारमा जुस पिउने कि फुर्सदमा फलफूल खाने ?


बीबीसी - रफ्तारमा रहेको जिन्दगीमा हरेक काम फटाफट हुनुपर्छ । भनेपछि खानपानमा किन ढिलाइ ?  फलफूल खाएर समय किन खेर फाल्नु

फलको जुस निकाल्यो, खायो अनि हिँड्यो कामतिर । समय पनि जोगिन्छ, स्वास्थ्य पनि राम्रो ।  

साँच्चै ? के फलफूलको रस निकालेर पिउनु स्वास्थ्यका लागि फाइदाजनक छ त ?
अहिलेका कामकाजी मान्छेहरुसँग समय नभएकाले फलफूलको रस पिउने चलन छ । फलफूल चपाएर खाने समय कहाँ र ?

बिहानै जुस बुत्यायो कामतिर कुद्यो । स्वास्थ्यको चिन्ता पनि दूर भयो ।  धेरैको बुझाइ छ कि जु शरीरमा रहेका बिकार निकाल्न सहयोग गर्छ।

यसैको फाइदा फलको जुसको कारोबार गर्नेहरु उठाइरहेका छन्। सन् २०१६ मात्रै फलफूलको जुसको कारोबार एक सय ५४ अर्ब डलर बराबर भये ।  यो वर्षेनी बढिरहेको छ।

चिनीको प्राकृतिक स्रोत फलफूल नै हुन् । जुन हरेक फलमा बढी वा घटी पाइन्छ नै । यदि सन्तुलित रुपमा लिएमा यसलाई हानिकारक मानिदैन । जब हामी फल खान्छौ त यसमा रहेको फ्रक्टोजका साथै फाइबर पनि शरीरमा पुग्छ । फाइबरलाई टुटाउन र रगतमा घुल्न समय लाग्छ।  
हतारमा जुस पिउने कि फुर्सदमा फलफूल खाने ?
तर जब हामी जुस लिन्छौं,  त्यतिबेला फाइबर छुटिन्छ र फ्रक्टोज र केही भिटामिन मात्रै शरीरमा जान्छन् । हामी फलको रस मात्रै लिन्छौं भने द्रूत रुपमा फ्रक्टोज रगतमा मिल्छ । यसले रगतमा चिनिको मात्रै एक्कासी बढाउँ५ । त्यसपछि अग्नाशयले इन्सुलिन नामक हर्मोन छाड्छ । जसले चिनिको मात्रा नियन्त्रण गर्छ। 
जब यस्ट्टव लगातर बढ्छ भने टाइ टू डायबिटिज हुने सम्भावना बढ्छ । सन् १९८६ देखि २००९ सम्म भएको एक रिसरचुले फलको जुस लिनुको सिधा असरका रुपमा टाइफ टू डायबिटिज भएको पाएका थिए।

धेरै रिसर्चमा फलफूलको जुस धेरै पिउनु हानिकारक देखिएको छ। यसबाट मोटोपनको समस्या समेत देखिएको छ। 

धेरैले जुस शरीरमा रहेको बिकार बाहिर निकाल्छ भनेर पनि पिउने गरेका छन्। जस्तै मदिरा, ड्रग वा यस्तै हानिकारक तत्व निकाल्न जुसको सहारा लिनेहरु पाइन्छन् ।  तर, त्यो सत्य होइन । यस्तो तत्व निकाल्ने कुरा जुसमा होइन, फलफूलमा पाइन्छ । जुन जुस निकाल्ने क्रममा खेर जान्छ । फलफूल खाँदा पेट अघाएको महशुस समेत हुने भएकाले कार्बोहाइड्रेटको मात्रा कम गर्न समेत सहयोग पुग्छ । त्यसैले जुस खान हतार गर्नु भन्दा स्वास्थ्यका लागि फुर्सद निकालेर फल खानु उचित हुन्छ ।

जाडोमा किन हातखुट्टा सुन्निन्छ? कसरी बच्ने?


काठमाडौं - जाडोमा धेरै मान्छेलाई चिसोले सताउँछ। हातखुट्टा सुन्निने, एलर्जी हुने, चायापोतो बढ्ने जस्ता समस्या देखा पर्छन्। यस्तै, हातखुट्टा फुट्ने, सुक्खा हुने, चिलाउने जस्ता समस्याले दुःख दिन्छ। त्यसमध्ये चिलब्लेन्सवा पेर्नियोभन्ने समस्याले पनि जाडो महिनामा मानिसलाई दुःख दिनेगर्छ। यसलाई खासगरी हातगोडा वा शरीरका बाहिरी अंग रातो हुने, सुन्निने, फोका उठ्ने, घाउ हुने आदि समस्याका रुपमा बुझिन्छ।

चिलब्लेन्सले रगतका मसिना नसामा खराबी ल्याउँछ। जति चिसोमा खेल्यो त्यति नै यो समस्या बल्झिनेगर्छ। हातखुट्टाका औंलाको टुप्पा, नाकको टुप्पो, कपडाले नछोप्ने भाग आदिमा यस्तो समस्या देखापर्छ। धेरै चिसोले गर्दा शरीरको रगत सञ्चालनमा बाधा पुग्न सक्छ।
जाडोमा किन हातखुट्टा सुन्निन्छ? कसरी बच्ने?

विशेषगरी
, पुरुषलाई भन्दा महिलालाई यो रोगले सताएको पाइन्छ। त्यसैगरी पुरुषहरुमा पनि मोटाघाटा भन्दा दुब्लापातलालाई यसले चाँडो सताउँछ। 
महिलामा पनि खासगरी दुब्लापातला नै चिलब्लेन्सको जोखिममा पर्छन्। अर्को कारण भनेको, घरधन्दामा बढी समय दिने महिलालाई, चिसो पानीमा काम गर्ने महिलालाई यस्तो समस्या देखिने गर्छ। चिसो पानीमा काम गर्ने तर आफ्नो स्याहार नगर्ने महिलालाई यो रोगले सताउने गरेको पाइन्छ। सबैलाई चिसोको समान महसुस भए पनि केही मान्छेलाई मात्र यो रोगले चिसो मौसममा सताउँछ। जसले गर्दा चिसो मौसममा हुने थाहा भए पनि यो रोग के कारणले गर्दा लाग्छ भन्ने पत्ता लागेको छैन। 

लक्षण 
जुन भागमा चिसोको मात्र बढी हुन्छ, त्यहाँ चिलाउने समस्या हुन सक्छ
चिलाउने ठाउँमा पोल्ने, सुन्निने, दुख्ने र रातो हुँदै बिस्तारै गाढा निलो हुने गर्छ
हातखुट्टा झमझम गर्छ
पानीको फोका आउन थाल्छ,
त्यसलाई समयमै स्याहार नगरे फुटेर घाउ बन्छ। समयमै उपचार नगर घाउ बढेर अल्सरसमेत हुन सक्छ। 

कसरी बच्ने ?
यो रोगबाट बच्न चिसोदेखि जोगिनु नै पहिलो प्राथमिकता हो। चिसोमा काम गर्नु वा खेल्नुपरेमा गोडामा मोजा र हातमा पन्जा लगाउनुपर्छ। यदि, पानीमा काम गर्नुपर्ने अवस्थामा पन्जा लगाउन नमिले मनतातो पानीका काम गर्नुपर्छ।

चिसोबाट आएपछि एक्कासी तातोमा हातखुट्टा सेक्नु हुँदैन। चिसोबाट आउँदा तातोमा हातखुट्टा सेकाउँदा ठिक हुन्छ भन्ने बुझाइ धेरैमा पाइन्छ, त्यो गलत हो। चिलब्लेन्सले दुःख दिएको छ भने हामीले हातगोडा सेकाउनुभन्दा पनि मालिस गर्नु उपयुक्त हो। रगत सर्कुलेसनलाई बढाउने उपाय लगाउनुपर्छ। यस्तै, मनतातो पानीमा हातखुट्टा डुबायो भने पनि रगत सञ्चालनमा सहज हुन्छ। यस्तै, लोसन प्रयोग गरेर मालिस गर्दा यो समस्याबाट छुटकारा पाउन सकिन्छ। 

घरेलु उपायले यो रोग निको भएन भने औषधि सेवन गर्न पनि सकिन्छ। तर, अर्को सिचो मौसममा फेरि समस्या बल्झिन सक्छ। त्यसैले यसको मुख्य उपचार भनेकै हातगोडा, कपडाले नछोप्ने अंगलाई सकेसम्म तातो बनाएर राख्ने र मोस्चराइजिङ क्रिमले मालिस गर्ने नै हो। 

यसले धेरै दुःख दिएमा तुरुन्तै उपचार गर्नुपर्छ, नभए घाउ बनेर थप दुःख दिन सक्छ। 

यदि, चिसोबाट जोगाउँदा पनि समस्या कम भएन भने छाला सम्बन्धी चिकित्सकको सल्लाहमा औषधिको प्रयोग गर्न सकिन्छ। त्यस्ता औषधि खासगरी चिसोले खुम्चिएर बसेका नसालाई खुलाउने प्रकृतिका हुन्छन्। 

Sunday, September 30, 2018

‘डीएनए’ परीक्षण के हो र किन गरिन्छ ? नतिजा शतप्रतिशत !


काठमाडौं कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरियो । हत्या भएको ६६ दिन पूरा भएको छ । तर बलात्कारी र हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।

बलात्कारको अभियोगमा प्रहरीले स्थानीय दिलिपसिंह विष्टलाई भदौ ४ गते पक्राउ गर्यो । स्थानीयले प्रहरीले हत्यारा जोगाउन सोझो व्यक्तिलाई पक्राउ गरेको भन्दै आन्दोलन गरे । स्थानीयले प्रहरीमाथि नै आशंका गर्दै आन्दोलन तीव्र बनाए ।

सो क्रममा प्रहरीले गोली चलाउँदा एकजनाको ज्यान गयो भने कैयौं घाइते पनि भए ।
‘डीएनए’ परीक्षण के हो र किन गरिन्छ ? नतिजा शतप्रतिशत !

आरोपी बलात्कारमा संलग्न थियो या थिएन भनेर दिलिपसिंह विष्टको डीएनए परीक्षण गरियो । तर उनी बलात्कारी नभएको परीक्षणबाट पुष्टि भएपछि रिहा भए । तर पनि आन्दोलन रोकिएन ।
  त्यसपछि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र स्थानीय आयुष विष्टको पनि डीएनए परीक्षण गरियो । उनीहरुको पनि डीएनए मिलेन । कञ्चनपुर प्रहरीले आइतबार  तीनैजनाको डीएनए रिपोर्ट म्याच नभएकोबतायो ।

डीएनए परीक्षण के हो त ?

डीएनएको पूरा नाम डीओक्सीराइबो न्यूक्लिक एसिडहो । हरेक जिवको जिन भिन्न भिन्न हुने भएकाले एकको अर्कोसँग नमिल्ने हुन्छ । पछिल्लो समय डीएनएअनुसन्धान बढ्दै गएको विज्ञहरु बताउँछन् । सूक्ष्म जीवाणुदेखि जीवित सबै प्राणीको हरेक कोषिकामा डीएनए हुन्छ । यसले प्रणाली बनाउने, विकास गर्ने र प्रजननलाई निर्देशित गरी सकुशल राख्ने काम गर्छ । यो परीक्षण गर्न  समय लाग्नुका साथै महंगो पनि छ । नेपालमा एउटा स्पाम्पल लिएको करिब ७ हजार रुपैयाँ लाग्छ । एउटा मानिसको ३ पटकसम्म स्याम्पल लिनुपर्ने फरेन्सिक ल्याबले जनाएको छ । डीएनए परीक्षणका लागि केही दिनदेखि हप्तौं लाग्ने गरेता पनि परीक्षणले शतप्रतिशत सही नतिजा आउने फरेन्सिक विभाग प्रमुख डा. प्रमोद श्रेष्ठ बताउँछन् । उनले भन्ने, “आपराधिक घटना अनुसन्धानका क्रममा गरिने डीएनए परीक्षणले कुनैपनि व्यक्ति घटनास्थलमा उपस्थित भएको थियो भन्नेर प्रमाणित गर्ने गर्छ ।” 

वैज्ञानिकहरुले सन् १९८४ मा डीएनएको परीक्षण गर्ने पद्धति पत्ता लगाएका थिए । डीएनए परीक्षणमा दुई जैविक नमुनाकाबीचमा कत्तिको समानता छ भन्ने तुलना गरिन्छ । 

डीएनएपरीक्षण कसरी गरिन्छ ?

डीएनए परीक्षण गर्न सबैभन्दा पहिले मानिसको नमुना संकलन गरिन्छ । नेपालमा डीएनएआजभन्दा करिब आठवर्ष पहिले रगतबाट मात्र गरिन्थ्यो । तर क्रमशः विकास हुँदै अहिले रगत, औंठाछाप, थुक, छाला, नङ, कपाल, दाँत, शरीरका अङ्गप्रत्यङ्गको कुनै भाग लिन सकिन्छ । संकलन गरेका नमुनाहरुलाई प्रयोगशालामा परीक्षण गरिन्छ । जसको परीक्षणको आधारमा जाँच गरिएको र खोजिएको व्यक्तिसम्म पुग्न सकिन्छ । डीएनए परिक्षण गर्दा निकै सावधान अपनाउनुपर्ने डा. श्रेष्ठ बताउँछन् ।

त्यसैगरी, सो नमुना सामग्री कोषिकामा निकालिन्छ, जुन कोषिकाबाट डीएनए नमुनालाई पृथकीकरण गरी नतिजालाई विश्लेषण गर्नुकासाथै पक्का गर्न उक्त प्रक्रियालाई दोहोर्याइन्छ । जसलाई डीएनए प्रोफाइलिङभनिन्छ । यसरी निकालिएको प्रोफाइललाई डीएनएको औंठाछापपनि भनिन्छ । यही प्रोफाइललाई अर्को नमुनासँग दाँजेर समानता अध्ययन गरिन्छ । उक्त प्रतिवेदनमा जुन उद्देश्यका लागि डीएनए परीक्षण गरिएको हो त्यसको निष्कर्ष निकालिन्छ । 

कस्तो अवस्थामा गरिन्छ ? 

फरेन्सिक विभागका प्रमुख डा. श्रेष्ठ भन्छन्, “युएस बंगाला विमान दुर्घटनामा परेका मानिसहरुको सबै शरीर डढेको थियो । त्यसमा हामीले उनका आमाबुबाको हुलियाको आधारमा डीएनए परीक्षण गरेका थियौं । दुर्घटना हुनुभन्दा अगाडि के लगाएको थियो भनेर हेर्यौं र, अर्को उनीहरुको हड्डीको डीएनए गरेर शव पहिचान गरेर जिम्मा लगाएका थियौं । मानौं,  कुनै बालक प्रहरीले बेवारिसे अवस्थामा भेट्यो ।  त्यो बालकको डीएनए उसको बाबुआमा मिलेमा मात्र त्यो बालक उसका बाबुआमाले लैजान पाउँछन् । त्यो बालकको आमा बुबा हो कि होइन भनेर पहिचानका लागि दुबैको कुनै न कुनै अंगको परीक्षण गरिन्छ ।

नेपालमा मात्र होइन विदेशमा पनि डीएनए परीक्षण गर्न समय लाग्छ । अमेरिका जस्तो विकसित देशका केही स्थानमा अझै पनि डीएनएगर्न ६ महिनासम्म लाग्ने गरेको छ । तर नेपालमा पछिल्लो समय परीक्षणमा ६ महिनासम्म त लाग्दैन,” डा. श्रेष्ठ भन्छन् । 

Thursday, September 20, 2018

महिनावारी के हो र गडबडी किन हुन्छ, यसको संक्रमणबाट कसरी बच्ने ?


काठमाडौं प्रजनन उमेरमा स्वस्थ महिलामा हुने प्राकृतिक चक्र नै महिनावारी हो । तर नेपाली समाजमा अझै पनि विभिन्न धार्मिक र सामाजिक परिवेशका कारणले यसलाई रोगकै रूपमा चित्रण गरिएको पाइन्छ । महिनावारी भएका महिलालाई फोहोरी महिलाको रूपमा विभेद गरेर विभिन्न काममा समावेश नगर्ने चलन पनि यहाँ अझै व्याप्त छ । ज्ञानको अभाव र अन्धविश्वासले जकडिएको मानसिकताले यस्तो भएको हो । आजको पुस्तामा यो सोच विस्तारै हराउँदै छ । महिनावारीलाई प्राकृतिक प्रक्रियाको रूपमा स्विकार्ने परिपाटी युवा पुस्तामा बढ्दै गएको छ ।

महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरू

* व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ। सरसफाइको कमीले यौनांग र पाठेघरमा विभिन्न रोगको संक्रमण भई भोलिका दिनमा यो रोगको रूपमा परिवर्तन हुन सक्छ ।
* महिनावारीको बेला यो फोहोर रगत हो भन्दै महिलालाई टाढा राखिन्छ। तर यस्तो मानसिकता त्याग्नुपर्छ । पाठेघरको भित्री पत्र (इन्डोमेट्रियम लेयर) मा हुने परिवर्तनले रक्तस्रावको रूपमा रगत बाहिर निस्कन्छ। यसलाई सामान्य रूपमा लिएर त्यसैअनुरूप आफ्नो दैनिक कार्यमा सक्रिय हुनुपर्छ ।
* बजारमा धेरै किसिमका स्यानिटरी प्याड पाइए पनि महिलाका सामाजिक र आर्थिक कारणले गर्दा सबैले प्याड प्रयोग गर्दैनन् । केहीले आफ्नै घरमा भएका कपडा प्रयोग गर्छन् । कपडा सफा नभए रोगको संक्रमण हुन सक्छ ।
* कपडा सकेसम्म कटनको सेतो र हल्का रंगका कपडा प्रयोग गर्नुपर्छ। यस्तो कपडामा रगतको दाग देखिने हुनाले राम्रोसँग धुनुपर्छ ।
* घरका पुरुषले देख्लान् भनेर कपडालाई सकेसम्म कसैले नदेख्ने अँध्यारो ठाउँमा सुकाउने गरिन्छ, यसो गर्नु हुँदैन । कपडालाई सधैं घाममा सुकाए रोगका कीटाणु मरेर संक्रमण हुनबाट जोगाउँछ ।
* स्यानिटरी प्याड प्रयोग गरेर यसलाई धेरै लामो समयसम्म लगाइराख्नु हुँदैन। स्कुल, कलेज, अफिसमा महिलामैत्री शौचालय छ भने करिब ४ घन्टाको अन्तरालमा प्याड परिवर्तन गरिरहनुपर्छ । चिसो र भिजेको प्याड लगाइरहँदा यसले हाम्रो ध्यान त्यसैतर्फ केन्द्रित गरिरहने हुनाले काममा ध्यान दिन सकिँदैन । अर्कोतर्फ लामो समय भिजेको प्याड लगाउँदा त्यसमा कीटाणुले सप्रने मौका पाउँछ ।
* पहिले विदेशतिर मात्रै पाइने मेन्स्ट्रयल कप अहिले नेपालमा पनि उपलब्ध छ। तर हाम्रो देशको परिप्रेक्ष्यमा अहिले नै यसको प्रयोग गर्नु त्यति सुरक्षित नदेखिएला । योनीभित्र नै प्रयोग गरिने यो कपलाई राख्न र निकाल्न सफा हातको प्रयोग गर्नुपर्ने हुनाले यसको प्रयोग त्यति सुरक्षित मानिन्न । त्यसमा पनि अविवाहित युवतीले त्यसलाई राख्दा योनीमा संक्रमण भई रोग निम्त्याउने खतरा बढ्छ ।
* पाठेघरको अण्डाशयबाट उत्पादन हुने हर्मनको समस्याले गर्दा रगत बगिरहने समस्या पर्न सक्छ । तर कतिपय युवतीले लाज र डरका कारणले आफ्ना अभिभावकलाई समेत यो भन्दैनन् । पछि डाक्टरकहाँ पुगुन्जेल रगतको निकै अभाव भएर एनिमियासम्म भइसकेको हुन सक्छ । बिरामीलाई रगत नै दिनुपर्ने अवस्था आउन सक्छ । त्यसैले थोरै रगत बगिरहेको छ भने पनि समस्यालाई लुकाउनु हुँदैन, चिकित्सकको सल्लाह लिएर उपचार गर्नुपर्छ ।
* महिनावारी हुँदा सन्तुलित आहारमा विशेष ध्यान दिनुपर्छ । पोषणयुक्त खाना, मन तातो र झोलिलो खानेकुरा खानुपर्छ । पानी र फलफूल पनि प्रशस्तै खानुपर्छ ।
* स्कुल, कलेज जान सक्दिनँ कि भन्ने मानसिकताले पनि सक्रिय जीवनशैलीमा बाधा पुग्न सक्छ। त्यसैले स्वस्थ आहार र सरसफाइमा ध्यान दिएर सक्रिय हुनु जरुरी हुन्छ।
* महिनावारी हुँदा हल्का पेट र कम्मर दुख्न सक्छ । यसो हुँदा तातोपानीले सेक्ने र मनतातो झोलिलो खानेकुरा खानुपर्छ । धेरै नै दुखेको खण्डमा चिकित्सकको सल्लाहमा सामान्य नदुख्ने औषधि खान सकिन्छ ।
* प्राय महिनावारी २८ दिनको चक्र हुन्छ । कति दिनको फरकमा आफ्नो महिनावारी हुन्छ भन्ने याद गर्नुपर्छ । २१ देखि ३५ दिनसम्मको चक्रलाई ठीकै मानिन्छ । यो अगाडि वा पछाडि भएमा समस्या मानेर जँचाउनु जरुरी हुन्छ ।
* अण्डाशयबाट हर्मन उत्पादन हुने कुरामा समस्या देखापर्ने, थाइराइडले गर्दा वा पाठेघरको समस्याका कारणले पनि महिनावारी गडबडी हुन सक्ने हुनाले यस्तो अवस्थामा पनि चिकित्सकलाई देखाइहाल्नु पर्छ ।

पहिलो महिनावारीमा के गर्ने  ?

* किशोरावस्थामा पुगेका छोरीहरूलाई विद्यालय र परिवारमा नै महिनावारी शिक्षा दिनु जरुरी हुन्छ ।
* महिनावारी हुनु अगाडि नै महिनावारी चक्र यो हो, यो हुनु भनेको स्वस्थ महिलाको लक्षण हो भनेर घरका आमा र दिदीहरूले सिकाउने र यसै विषयमा छलफल गर्नुपर्छ ।
* अपर्झट महिनावारीमा रगत देख्दा डराउने र आत्तिन सक्ने भएकाले यसमा पनि राम्रोसँग सम्झाउनु, बुझाउनु पर्छ ।
* अण्डाशयको विकास नभएको अवस्थामा थोरै मात्रै रगत देखा पर्न सक्छ। यसमा चिन्ता लिनु पर्दैन ।
* पहिलो महिनावारीपछि अर्को महिनावारी हुन दुई तीन महिनादेखि वर्ष दिनसम्म पनि लाग्न सक्छ। यसमा पनि आत्तिनु पर्दैन । तर वर्षौं महिनावारी भएन र शरीरमा अवस्थपनका केही लक्षण देखिन थाले चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ ।
* अरूले जस्तै सरसफाइ र खानपिनमा ध्यान पुर्‍याउनु आवश्यक छ ।

महिनावारी गडबडी किन हुन्छ ?

- सामान्य अवस्थाको महिनावारी २१ देखि ३५ दिनको बीचमा हुनेगर्छ । नियमित महिनाबारी अरु बेलाभन्दा अगाडि पछाडि हुने, अत्यधिक रक्तस्राव हुने भएमा महिनावारी गडबडी भन्न सकिन्छ ।
- महिनावारी सुरु हुँदा कुनै किशोरीलाई १२ महिनासम्म पनि महिनावारी नहुन सक्छ तर बिस्तारै युवा अवस्थामा प्रवेश गरिसकेपछि महिनावारी नियमित हुँदै जान्छ ।
- विभिन्न कारणले महिनावारी गडबडी हुने गर्छ । महिनावारीको गडबडी मुख्यतः हार्माेनल कारणसँग जोडिएको हुन्छ । ओभरीमा पोलिस्टिकहर्माेन बढेर वा थाइराइड हर्मोन बढ्नाले पनि महिनावारीमा अनियमितता देखिन सक्छ । अथवा, अन्डाशय वा पाठेघरमा संक्रमण भएमा पनि गडबडी हुन्छ ।
- आजभोलि धेरै जस्तो युवतीमा पोलिसिस्टक हर्मोन बढेका कारण महिनावारी गडबडीको समस्या हुने गरेको छ । पोलिसिस्टिकमा महिलाको अन्डाशयका अन्डा पाक्ने र फुट्ने  हुन्छ । पोलिसिस्टिक भएका महिलाका थुप्रै अन्डा हुन्छन् र सबै अन्डाबाट अलिअलि हर्मोन निस्किएर हर्मोन असन्तुलित हुनेगर्छ । हर्मोन असन्तुलित भएपछि महिनावारीमा गडबडी आउँछ ।
- पोलिसिस्टिक प्रकृतिक समस्या हो । तर, अहिले जुन रुपमा देखा परेको छ यो सबै जीवनशैली, वातावरणीय समस्या, मानसिक तनाव, मानसिक रोगको औषधि सेवन आदि कारणले गर्दा हो । 
- महिनावारी गडबडी हुँदा डन्डीफोर आउने, मोटाउने, बच्चा नबस्ने, ढिला बस्ने, शरीरका विभिन्न भागमा रौं आउने समस्या देखा पर्छन्। 
- यो समस्या कसैकसैलाई वंशाणुगत कारणले पनि हुन सक्छ । कसैलाई पाठेघरको रोग ( फाइब्रोइड-पोलिप), पाठेघरमा पानीको फोक्का र कसैलाई रगत नजम्ने समस्याले पनि गडबडी हुन सक्छ।
- तनाव, भागदौड, मानसिक तनाव, खानपान, धूमपान, मध्यपान आदिले हर्मोनल इम्ब्यालेसन्सहुन्छ र महिनावारीमा गडबड हुन जान्छ । 
- चाडबाडका बेला वा अरु कुनै बेला पनि महिनावारीलाई पर सार्नुप-यो भन्दै जथभावी खाइने औषधिले पनि महिनावारी गडबडीको समस्या निम्त्याउँछ। 
- गर्भनिरोधक चक्कीले गर्दा पनि यस्तो समस्या आउन सक्छ । तीन महिने सुइले पनि महिनावारी गडबड हुन सक्छ। 
-
महिनावारी के हो र गडबडी किन हुन्छ, यसको संक्रमणबाट कसरी बच्ने ?
सामान्यतः महिनावारी सुरु भएको केही वर्ष र सुक्न लागेको केही वर्ष महिनावारीको गडबडी हुन सक्छ।
 
कहिलेकाहीँ महिनावारी भएको १४१५ दिनमा अलिअलि रगत देखा पर्न सक्छ, यो अवस्था सामान्य पनि हुन सक्छ । त्यसलाई ओभ्युलेसन ब्लिडिङभनिन्छ। 

कसरी बच्ने ?

महिनावारी गडबड हुन नदिन  जीवनशैली परिवर्तन गर्नुपर्छ ।
पोषिलो खानेकुरा खानुपर्छ । प्रदुषित वातावरणबाट जोगिनुपर्छ ।
नियमित चेकजाच गराउनुपर्छ ।
आफ्नो शरीरमा कुनै रोग देखियो भने हेलचेक्याइँ नगरी तुरुन्त उपचार गर्नुपर्छ।
नियमित व्यायम गर्नुपर्छ ।
शरीरलाई मोटो हुन दिनु हुँदैन ।
गर्व निरोधक चक्की खाँदा चिकित्सकसँग सल्लाह गरेर मात्र खानुपर्छ ।
महिनावारी भनेको नियमित प्रक्रिया हो, त्यसलाई रोक्न औषधि खानु हुँदैन । 

महिनावारी किशोरी अवस्थामा सुरु हुन्छ । प्रायः ११ देखि १४ वर्षमा महिनावारी सुरु हुन्छ । प्रथम पटक महिनावारी भइसकेपछि महिनावारी अनियमित हुन्छ ।

महिनावारी हुने इन्टरभल (समयावधि) ३ देखि ५ हप्ता हो । औसतमा ४ हप्ता वा महिनामहिनामा हुने हुनाले नै मिन्सुरेन्सलाई महिनावारी भन्ने गरिएको हो । यदि ५ हप्ताभन्दा पनि बढी समयमा मात्रै महिनावारी भयो भने त्यसलाई ढिलो वा अनियमित भनिन्छ । महिनावारी नियमित र अनियमित दुबै हुन्छ ।

इन्टरभल त्यति धेरै फरक परेन भने नियमित भनिन्छ । तर कहिले धेरै छिटो त कहिले धेरै ढिलो अथवा लगातार रक्तश्राव हुनुलाई अनियमित भनिन्छ । महिनावारी सुरुदेखि बन्द नहुने अवधि प्रजनन् अवधि हो । सुरुको महिनावारीलाई रजस्वला (मेनार्की) भनिन्छ भने अन्तिम वा बन्द भएको महिनावारीलाई रजनोवृत्ति (मेनोपज) भनिन्छ । 

किशोरावस्था, वयष्क र ४० वर्ष उमेर नाघेका महिलामा फरकफरक कारण महिनावारी अनियमित हुन्छ ।

महिनावारी भएपछि घटबढ हुन्छ

महिनावारी भइसकेपछि पनि अनियमित हुन्छ । छिटोढिलो हुनु भनेको मेच्युरिटी नभएर हो । कसै कसैको पहिलो पटक भएर २-४ वर्ष नै हुँदैन, त्यसपछि फेरि हुन्छ । त्यो सामान्य हो, त्यसले केही असर गर्दैन । तर धेरै वर्षसम्म नै भएन भने पछि बच्चा नहुने हुन्छ, त्यसैले चिकित्सकलाई देखाउन जरुरी छ । 

महिनावारी घटबढ हुँदा औषधि खानुहुँदैन । औषधिले झन् समस्या ल्याउँछ, असर गर्छ । औषधि दिनेलाई सबै कुरा थाहा हुँदैन । औषधि (हर्मन) दिने हो कति मात्रा, कति समय खाने भन्ने थाहा नहुँदा वा तरिका नजानेर पनि महिनावारी घटबढ हुन्छ । विभिन्न महिलाहरुले श्रीमान विदेश गएपछि परिवार नियोजनको साधन चक्की औषधि सेवन गर्न छोड्छन्, त्यसले समस्या ल्याउँछ । त्यो छोड्नु हुँदैन, कण्डम प्रयोग गरे जसरी औषधि पनि यौन सम्बन्ध राख्दा मात्रै खानुहुँदैन । चिकित्सकले दिएको सुझावअनुसार खानुपर्छ । तर कतिले सुझावअनुसार गर्दैनन्, त्यसले पछि समस्या ल्याएर फेरि चिकित्सककहाँ जानुपर्ने बाध्यता हुन्छ । 

किशोरावस्थामा अनियमित हुने कारण

मेच्युरिटी नपुगेर पनि नहुने हुन्छ । ब्रेनदेखि ओभरीसम्मको कन्ट्रोल गर्ने मेकानिजम मेच्योर नहुञ्जेल महिनावारी नियमित हुँदैन । त्यसैले पहिलो पटक भएपछिको १-२ वर्ष अनियमित हुने वा महिनावारी नै नहुने पनि हुन्छ । यो मेच्युरिटी नपुगेर हो ।

वयष्क उमेरमा अनियमित हुने कारण

गर्भसँग सम्बन्धित समस्याहरु जस्तै- गर्भपतन, सुत्केरी हुने र शालबाट उत्पन्न हुने ट्युमरहरुका कारण हुन्छ । परिवार नियोजनका साधनहरुको अनियमित प्रयोग तथा तिनिहरुको साइड इफेक्टले पनि अनियमित हुन्छ ।
प्रजनन् तथा यौन अंगको संक्रमण वा प्रजनन् अंगमा हुने ट्युमर पलाउने जस्ता अवस्थाहरु र कतिपयको अनियमित गराउने कारणमा राम्रोसँग हर्मोनल औषधि राम्रोसँग सेवन नगरेको कारणले गर्दा पनि अनियमित हुन्छ । 

४० वर्ष उमेर नाघेका महिलामा

गर्भसँग सम्बन्धित कारणले, हर्मन असन्तुलन हुनाले र क्यान्सर वा ट्युमर पलाउने अवस्थाका कारण
महिनावारी बन्द भइसकेपछि पनि अनियमित रगत जाने हुन्छ । त्यो महिनावारी होइन, त्यसलाई महिनावारी भन्दैनन् । योनीमार्गको सतहहरु पातलो भई सानो रक्तकोषिका फुटेर रगत जाने हुन्छ । मेडिकल भाषामा यसलाई भजाइनल एट्रोफि भनिन्छ । अर्को पाठेघरको भित्रको सतह पनि पातलो भई रगत जाने हुन्छ, यसलाई एट्रोफिक इन्डोमेट्राइटिस भनिन्छ । यसले पनि रक्तश्राव हुन्छ । पाठेघर वा पाठेघरको मुखको क्यान्सर वा प्रि क्यान्सर हुँदा पनि रगत जान सक्छ । 

जटिलताहरु

रक्तअल्पता वा एनिमिया हुने, व्यक्तिगत तथा सामाजिक अस्वस्थता, यौन जीवनमा समस्या, बाँझोपनको समस्या र यौनाङ्ग क्यान्सरको समस्या यदि शल्यक्रिया गर्नुपर्ने अवस्था आयो भने त्यसपछिका समस्या झन् थपिँदै जटिलताहरु आउँछन् । समयमा नै उपचार नभए मृत्यु समेत हुन सक्छ ।

बच्ने उपाय

अनियमितता भएपछि सम्बन्धित विशेषज्ञसँग नै परिक्षण गराउने, समयमा नै र उचित रुपमा औषधि सेवन गर्ने, क्यान्सर स्क्रिनिङ टेस्ट गर्ने र प्रिक्यान्सर स्टेजमा नै रोग पत्ता लाग्दै उपचार गर्न सके क्यान्सर हुनबाट बचाउन सकिन्छ ।

खानेकुरा

रक्तअल्पतालाई कम गर्न नियमित रुपमा आइरन, फोलिक एसिडलगायतका भिटामिन तथा लवणहरु चिकित्सकको सल्लाह बमोजिम सेवन गर्नुपर्छ । भिटामिन तथा पोषणयुक्त खानेकुरा खानुपर्छ । 

सेतो पुतलीको आक्रमणले आँखाको दृष्टि नै गुम्न सक्ने सापु रोगको लक्षण र बच्ने उपाय

काठमाण्डौ – डेंगुको डर बढेको बेला फेरि आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहेको अर्को रोगको प्रकोप देखिएको छ । सिजनल हाइपरएक्युट पानुभिआइट...