Covid-19 Update

Monday, June 3, 2019

पानी पिउन नजान्दा स्वास्थ्यलाई हानी गर्न सक्छ !

काठमाडौँ - मानव जीवनका लागि पानी नभई नहुने कुरा हो। हेर्दा पानीको न त कुनै रंग छ न त कुनै स्वाद नै छ। यहि रंग र स्वादबिनाकाे तरल पदार्थ ‘पानी’ हाम्रो जीवनका लागि अत्यावश्यक छ।
पानी पिउन नजान्दा स्वास्थ्यलाई हानी गर्न सक्छ !
हामी पानी जतिवेला चाहियो, जति चाहियो त्यति मात्रामा पानी पिउन पिउछौँ। तर शरीरलाई आवश्यक हुन्छ भन्दैमा पानी जथाभावी पिउनु स्वास्थ्यको लागि हानिकारक पनि हुनसक्छ भन्ने कुरा हामीले बिर्सनु हुँदैन।

हामीले पानी पिउँदा कहिले, कसरी र कति मात्रामा पिउने भन्‍ने कुरा जान्‍नु आवश्यक हुन्छ। पानीका केबल फाइदा मात्रै हुँदैनन्। पानी पिउने उपयुक्त तरिका नजान्दा यसले हाम्रो स्वास्थ्यलाई हानी पनि गर्न सक्छ।

मानव शरीरमा करिब ७२ प्रतिशत पानीको मात्रा रहेको हुन्छ। हामीले खाने खाना जति नै स्वस्थकर भएता पनि सहि मात्रामा पानी नपिउनाले शरीरमा अपच, कब्जियत, ग्याष्ट्रिक, कलेजो सम्बन्धी समस्या, आलस्यता, किड्नीका पत्थरी, रोग प्रतिरोधात्मक क्षमतामा कमी, दाल, छालाको एलर्जी, चर्मरोग र टाउको दुख्ने जस्ता समस्या देखिन सक्छन्।

त्यसकारण पनि हामीले पानीको प्रयोगमा ध्यान दिनु पर्दछ। पानीको प्रयोग कसरी गर्ने त?

एक दिनमा कति पानी पिउने ?

हरेक दिन नियमित रुपमा पानी पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ। पानीले शरीरका सबै अंगलाई राम्रोसँग काम गर्न मद्दत गर्दछ। मानिस खाना केहि दिन बाँच्न सक्छ तर पानी विना बाँच्न सक्दैन। मानिसका गतिविधिले हरेक दिन कम्तिमा दुई लिटर पानी शरीरबाट बाहिर जान्छ। त्यसैले पनि दैनिक कति पानी पिउने भनेर जान्नु जरुरी हुन्छ।

कति पानी पिउने भन्ने कुरा ठाउँ, प्रकृति र मौसम अनुसार फरक पर्छ। सामान्यतया मानिसको शरीरलाई एक दिनमा कम्तिमा तीन लिटर पानी चाहिन्छ। गर्मी मौसममा शरीरबाट धेरै पसिना निस्कन्छ। शारीरिक व्यायाम गर्ने व्यक्तिको समेत पसिना निस्कन्छ। यस्तो अवस्थामा शरीरमा पानीको खपत बढी हुन्छ। र पानीको मात्रा बढाउनु पर्ने हुन्छ।

शरिरमा पानीको कमी भएको कसरी थाहा पाउने ?

यदि शरीरमा पानीको मात्रा कम भयो भने पिसाव रंग पहेलो हुने गर्दछ। साथै पानीको कमीले पाचन प्रक्रियामा समस्या देखिने तथा छाला खुख्खा हुने गर्दछ। यस्तो अवस्थामा आफूले पिउने पानीको मात्रा बढाउनु पर्दछ।

एक पटकमा कति पानी पिउने ?

हामी मध्ये धेरैलाई लाग्न सक्छ कि पानी जतिवेला जति चाहियो त्यसरी पिउन सकिन्छ। एकै पटक धेरै पानी पिउनु स्वास्थ्यका दृष्टिले राम्रो मानिँदैन। पानी पिउँदा जहिले पनि विस्तारै पिउनु पर्दछ। पानीलाई केहिबेर मुखमा राखेर निल्नु राम्रो हुन्छ।

उभिएर पानी पिउनु हुँदैन। यसरी पिउँदा मृगौलाले पानी राम्ररी फिल्टर गर्न सक्दैन। साथै उभिएर पानी पिउदा जोर्नीमा समेत समस्या देखिन सक्छ। एकपटकमा बढीमा दुई गिलास पानी पिउनु उपयुक्त मानिन्छ।

पानी कति बेला नपिउने ?

खाना खाने समयमा कहिल्यै पनि पानी पिउनु हुँदैन। यसरी पानी पिउँदा हामीले खाएको खानालाई चाहिने भन्दा धेरै पातलो बनाईदिन्छ। जसका कारण पाचन रस कम मात्रामा निस्किने गर्दछ। त्यसैले पानी सधैँ खाना खाएको ४५ मिनेट देखि १ घण्टापछि मात्र पिउनु पर्दछ। बिहानको खाली पेटमा कम्तिमा १ गिलास पानी पिउनु पर्दछ।

पिउने पानी कस्तो हुनुपर्छ ?

धेरै चिसो पानी कहिल्यै पिउनु हुँदैन। जसले पाचन प्रकृयामा समस्या निम्त्याउन सक्ने सम्भावना धेरै हुन्छ। त्यसैले जहिले पनि सामान्य वा मनतातो पानी पिउनु पर्दछ।

पेट घटाउन अपनाउनुस् यी १८ उपाय

पेट घटाउने १८ उपाय यसप्रकार छ।
पेट घटाउन अपनाउनुस् यी १८ उपाय
१. फाइबरयुक्त खाना : हामीले खाने खानामा पाइने रूक्षांश (फाइबर)ले कुनै पौष्टिकता त दिँदैन तर फाइबर भएका खानाले अनेकौं फाइदा पु-याउँछन्। घुलनशील रुक्षांश (फाइबर)  खाँदा त्यो पानीमा घुलेर खानालाई फुलाइदिन्छ। खानेकुरा फुलेपछि यसले भोकलाई चाँडै तृप्त गरिदिन्छ भने खानाको पाचन क्रियालाई सुस्त तथा क्यालोरी अवशोषणलाई पनि कम गरिदिन्छ। अध्ययन अनुसन्धानहरूको निचोड भन्छ– १० ग्राम घुलनशील रुक्षांश(फाइबर)को अतिरिक्त प्रयागले पेट बढ्ने  क्रियालाई ३.७ प्रतिशत कम गर्छ।

घुलनशील फाइबरको मुख्य स्रोत भनेको सामा, कगुनी चामल, चिनो चामल, कोदो, जबार, बाजरा, आलस, आबोकादो, ब्ल्याक बेरी, दाल, गेडागुडी, हरिया सागपात आदि हुन्।

२. ट्रान्सप्याट (तेल राखी सुरक्षित गरिएका) खाना नखाने
हाइड्रोजन परमाणु पम्प बनाइएको हाइड्रोजेनेटेड फ्याटलाई ट्रान्सफ्याट भनिन्छ। प्राकृतिक तेलहरूलाई धेरै तताउँदा     पनि तेल ट्रान्सफ्याटमा परिवर्तित हुन्छ। बोतल, बट्टाहरूमा राखिएका खानेकुरा, जंक फुडहरूमा ट्रान्सफ्याट हालिएको हुन्छ। ट्रान्सफ्याट  मुटुरोग, मधुमेह, नसा, नाडीको क्षय, बात, मोटोपन, मेटाबोलिक सिन्ड्रोम, ग्यासट्राइटिस, डिसलिपिडिमिया, डिमेन्सियाजस्ता रोग लाग्नुमा ट्रान्सफ्याटयुक्त खानाको भूमिका हुन्छ। यसर्थ पेट घटाउन चाहनेले ट्रान्सफ्याटयुक्त खानाबाट बच्नुपर्छ।

 मदिरापान र पेट बढ्ने प्रक्रियाको सम्बन्ध छ । विभिन्न अनुसन्धानले के प्रमाणित गरेका छन् भने जो मदिरा बढी पिउँछन् उनीहरूको पेट बढेको छ । यसर्थ पेट घटाउन चाहनेहरूले मदिरा पिउनु हुँदैन ।

३. मदिरापान गर्दै नगरौं
मदिरापान र पेट बढ्ने प्रक्रियाको सम्बन्ध छ। यस विषयमा केही तथ्य स्वास्थ्य अनुसन्धानहरूले प्रमाणित गरेका छन्। तथ्य के हो भने जो बढी मदिरा पिउँछन्, उनीहरूको पेट बढेको छ। यसर्थ पेट घटाउन चाहनेहरूले मदिरा पिउनै हुँदैन।

४. उपवास बस्ने गरौं
उपवास धेरै किसिमका हुन्छन् तर पेट घटाउन हप्तामा एक दिन उपवास बस्नु सबैभन्दा उत्तम मानिन्छ। वर्षको दुईचोटि कुनै प्राकृतिक चिकित्सा केन्द्रमा गएर पाँचदेखि सात दिनसम्म उपवास गर्दा पनि पेट घट्नाका साथै सम्पूर्ण शरीरकै तौल सन्तुलनमा आउँछ।

५. जडीबुटीको काँढा पिउने गरौं
गुर्जो, तुलसी, विजयसाल, हरियो चियाजस्ता जडीबुटीको काँढाको नियमित सेवनले पेट घटाउन मद्दत गर्छन्। यी काँढामा ‘इपिग्यालोक्याटेचिन ग्याले’ नामक एन्टिअक्सिडेन्ट पाइन्छ। यो यौगिकले मेटाबोलिजम बढाएर तौल घटाउन मद्दत गर्छ।

६. प्रोबायोटिक्सयुक्त खानेकुरा खाने गरौं
हाम्रो शरीरको आन्द्राहरूमा प्रशस्त ब्याक्टेरियाहरू हुन्छन्। यी ब्याक्टेरियाहरू वृद्धि हुँदा हाम्रो शरीरलाई फाइदै हुन्छ। प्रोबायोटिक्सयुक्त खोकुरा भनेको शरीरमा भएका किटाणुहरू जस्तै हो। प्रोबायोटिक्सयुक्त खानेकुराहरू खाँदा हाम्रो पाचनमा सुधार हुने र तौल घट्ने अनुसन्धानहरूले देखाएका छन्। यसमा दही, काँक्रा, चुकन्दर, गाँजरजस्ता खानेकुरा पर्छन्।

७. संरक्षित खानेकुराहरू नखाऔं
लामो समय राखेर खान मिल्ने बनाइएका खानाहरूलाई संरक्षित खानेकुरा भनिन्छ। खानेकुरा संरक्षण गर्न अनेकौं किसिमका केमिकल तथा चिनी, नुन, तेलजस्ता तŒवहरू हालिएको हुँदा यस्ता खानेकुराहरूले तौल बढाउँछन्। यसैकारण यस्ता खानेकुराबाट टाढा रहनुपर्छ।

८. एप्पल साइडर भिनेगरको प्रयोग
१२ हप्तासम्म १५ मिलि एप्पलसाइडर भिनेगर खाने मोटा व्यक्तिहरूको तौल घटाएर पेट पनि  पनि एक इन्चसम्म घटाउँछ भन्ने कुरा केही मानव एवं जनावरहरूमा गरिएको अध्ययनले पुष्टि गरिसकेको छ। एप्पल साइडर भिनेगरको प्रयोगले सुगर घटाउने भुँडीको बोसो घटाउने, राम्रोसँग मूत्र सञ्चालन गर्नेजस्ता अनेकौं फाइदा पु¥याउँछ। स्वस्थ व्यक्तिले १५ देखि ३० मिलिसम्म एप्पल साइडर भिनेगरलाई प्रयोग गर्न सक्छन् तर प्रयोग गर्दा यसमा पर्याप्त पानी हालेर गर्नुपर्छ। नत्र यसले दाँतको इनामेल खुइल्याउन सक्छ।

९. उच्च प्रोटिनयुक्त खानेकुरा खाने गरौं
उच्च प्रोटिनयुक्त खानेकुरा खाँदा पिप्टाइड टाइसोरिन(तृप्तीकारक हर्मोन) उत्पादन हुने हुँदा थोरै खाँदा पनि तृप्ती मिल्छ अर्थात् भोक शान्त हुन्छ। प्रोटिनले धेरै परिमाणमा खानाको खपत नगर्ने हुनाले भुँडी ठूलो हुन पाउँदैन। तर यस्ता प्रोटिन प्राप्त गर्नसकेसम्म वनस्पतिजन्य चिजलाई नै प्रयोग गर्नु राम्रो मानिन्छ।

१०. तनाव व्यवस्थापन गर्ने
तनावपूर्ण स्थितिमा एड्रिनल ग्रन्थी ज्यादा सक्रिय भएर धेरै कर्टिसोल हर्माेन उत्पादन गर्छ र कर्टिसोलको रक्तस्तर बढ्छ। जसले धेरै भोक लगाउँछ। प्रारम्भिक दिनमा फ्याट घटाउन सहयोग गरे पनि पछि गएर भुँडी तथा तौल बढाउने गर्छ। यसर्थ भँुडी घटाउन चाहनेहरूले तनाव व्यवस्थापन गर्नुपर्ने हुन्छ। तनाव व्यवस्थापनको महत्वपूर्ण अस्त्र भनेको योग तथा ध्यान हो।

११. चिनी राखेका पेयपदार्थ प्रयोग नगर्ने
प्रशोधित चिनी हालेका  खानेकुराहरू जस्तै चिया, कफी, रेडिमेड जुस, कोकाकोला, पेप्सीकोला र मिठाइको सेवनले क्यालोरी थप्छन्। यस्ता क्यालोरीले पेट बढाउँछ। तसर्थ यस्ता पेय पदार्थको प्रयोग नगर्नु राम्रो हुन्छ।

१२. घरेलु तेल प्रयोग गर्ने
तौल घटाउन चाहनेहरूले जथाभाबी बजारी तेलभन्दा सकेसम्म घरमै बनेका तेल प्रयोग गर्नुपर्छ। त्यस्ता तेलको प्रयोगले मोटोपना घटाउन सकिन्छ। घरमै तयार गरिएका सूर्यमुखी, बदाम तथा तोरीको तेल प्रयोग गर्नाले पेट बढ्न दिँदैन। बजारमा प्रशोधित तथा कारखानामा संरक्षण गरी राखिएका तेलमा बोसोयुक्त एसिड हुन्छ। यो एसिडले पेट मोटो पार्न मद्दत गर्छ। तसर्थ सकेसम्म यस्ता तेल प्रयोग नगरौं। 

१३. कार्डियोक व्यायाम गर्ने
कार्डियोक व्यायामले श्वासको गति बढाउँछ। यस्तो व्यायामले अतिरिक्त क्यालोरी खपत हुने हुनाले चाँडै तौल तथा पेटको मोटाइ घट्छ।

१४. पर्याप्त निदाउने
गहिरो निद्रा स्वस्थ शरीर एवं मनका लागि अपरिहार्य छ। दैनिक पाँच घन्टाभन्दा कम निदाउनेहरूको भुँडी चाँडो लागेको पाइएको छ। सुत्दा घुर्नेहरूको पेट पनि अन्यको भन्दा ठूलो हुने गरेको छ। पेट घटाउनाका लागि गहिरो निद्रा आवश्यक हुन्छ। यसर्थ आपूmमा निद्रासम्बन्धी कुनै समस्या देखिएमा तुरुन्तै यसको व्यवस्थापन गर्ने।

१५. सागपात एवं फलफूल प्रशस्त खाने
बोसो लाग्ने क्रियालाई तोड्न आफ्नो भित्री शरीरलाई एकपल्ट पूर्णरूपमा शुद्धीकरण (सफा) गर्नुपर्ने हुन्छ। भित्री शरीर सफा गर्न पर्याप्त मात्रमा सागपात एवं फलपूmल सेवन गर्नुपर्छ। सागपात एवं फलपूmल मात्र खाने हो भने महिनामा १० किलोसम्म पेट घटाउन सकिन्छ। सागपात एवं फलपूmल खाने गर्दा शरीरको प्रणालीले  बोसो घटाउने काम गर्न थाल्छ।

१६. पेटको व्यायाम गर्ने गरौं
पेट लाग्नुको प्रमुख कारणमध्ये पेटलाई प्रभाव पार्ने खालका व्यायाम नगर्नु पनि हो। पेट घटाउन चाहनेहरूले  क्रन्च (पेट तन्किने) खालका व्यायामहरू, साइड क्रन्च, रिभर्स क्रन्च, भर्टिकल लेग क्रन्च, साइक्लिङ, लेग ट्विस्ट, उड्यान बन्ध, अग्निसार क्रिया जस्ता पेटका व्यायामहरू गर्न सकिन्छ।

१७. हाई फ्रुक्टोज कर्न सिरप सेवन नगर्ने
मकैलाई प्रशोधन गरेर तयार गरिएको गुलियोलाई हाइ फ्रुक्टोज कर्न सिरप भनिन्छ। यो गुलियो अति स्वादिष्ट हुने भएकाले सबैजसो जंकफुडमा राखिएको हुन्छ। कलेजोमा बोसो लाग्नेदेखि  पेट लाग्ने तथा तौल बढ्नेसम्मका समस्याहरू यसकै सेवनले हुन्छ। 

१८. कार्बोहाइड्रेटयुक्त खाना कम खाने
बढी कार्बोहाईडटयुक्त खाना खाँदा थप कार्बोहाईडे«ट सी फ्याटमा रुपान्तरित भई बोसो लाग्छ। यसर्थ पेट घटाउने हो भने थप कार्बोहाइडे«को प्रयोग नगरौं।  

अपच हुने यी ६ कारण

पाचन प्रणालीमा गडबडी भई खाना नपच्ने समस्या हुनुलाई अपच भनिन्छ। कुबेला भोजन गर्ने तथा एउटा खाना नपच्दै अर्को खानेकुरा खाइयो भने राम्रोसँग पच्दैन। यस्तै कुनै बेला धेरै चिल्लो या मसलेदार खाना खानाले पनि अपच हुन्छ। तर यसबाहेक अन्य कारण पनि हुन्छन्। जसले अपचको समस्या ल्याउँछ।

अपचका लक्षण
भोक नलाग्ने, खुट्टा दुख्ने, छाती पोल्ने, पेट गह्रौं हुने तथा दैनिक दिक्क लाग्नेजस्ता समस्या आउँछन्। यसका साथै पसिना आउने तथा निद्रा नपर्नेजस्ता लक्षण पनि देखिन्छन्।
अपच हुने यी ६ कारण


अपच हुनुका कारण

१. कलेजो बिग्रिनु
कलेजो शरीरको सबैभन्दा महत्वपूर्ण अंग मानिन्छ। यो बिग्रियो भने शरीरको पूरै व्यवस्था प्रभावित हुन्छ। कलेजोसँग हाम्रो शरीरका अन्य क्रिया जोडिएको हुन्छ। यसले शरीरमा मेटाबोलिजममा रूपान्तरण गर्न मुख्य भूमिका निर्वाह गर्छ। यसका साथै मधुमेह र चिल्लोको नियन्त्रण पनि गर्छ। जसले गर्दा कलेजोमा समस्या आउँछ र अपच हुन्छ।

२. भोकभन्दा बढी भोजन
अचप हुनुको अर्को कारण हो– भोकभन्दा बढी भोजन गर्नु। भोक नलागी भोजन गर्नेले खाना राम्रोसँग चपाएर पनि खाँदैनन्। जसले गर्दा आमाशयले खाना पचाउन सक्दैन।

३. खानेबित्तिकै सुत्नु
खाना खानेबित्तिकै सुत्ने गर्दा पनि अपचको समस्या आउँछ। जो भोजन गर्नेबित्तिकै सुत्छन् या बसेर काम गर्छन्। उनीहरूमा पनि अपचको समस्या आउँछ। खानेबित्तिकै कुनै क्रियाकलाप नगरी बसेमा खाना पच्न पाउँदैन।

४. धूमपान तथा मद्यपान
धूमपान तथा मद्यपान गर्नाले पनि अपचको समस्या आउँछ। यी अम्मलले खाना नलीको पछि ताप उत्पन्न हुन्छ। मद्यपान तथा धूमपानले पेटमा रसायन उत्पन्न गराउँछन्। जसले अपचको समस्या ल्याउँछ।

५. सानो आन्द्रामा किटाणु
सानो आन्द्रामा किटाणु भएमा पनि अपचको समस्या आउँछ। यद्यपि यस विषयमा अहिलेसम्म अनुसन्धानले कुनै निष्कर्ष दिन सकेको छैन। तर कुनै पनि किटाणुको संक्रमण कुनै बेला अपचको कारण बन्छ। यसको हाइड्रोजन श्वास परीक्षणबाट पत्ता लगाउन सकिन्छ।

६. औषधिका कारण
कुनै औषधि यस्ता हुन्छन्, जसले अपचको समस्या ल्याउँछन्। जस्तोः दुखाइ नाश गर्ने बु्रफिन, एस्पिरिन, स्टेरायडलजस्ता औषधिहरूको सेवनले अपचको समस्या निम्त्याउँछ। यसकारण सकेसम्म यस्ता औषधि खानु हुँदैन।

Tuesday, May 14, 2019

घुर्ने समस्याले पीडित हुनुहुन्छ, अपनाउनुस यी प्राकृतिक उपायहरू

काठमाडौं - घुर्ने समस्याका कारणले दिक्क भएर पति-पत्नी बीचको सम्बन्ध पनि टुट्न सक्छ भन्ने सुन्दा अचम्म लाग्ला तर यसमा खासै अचम्म मान्नुपर्दैन । अमेरीका र बेलायत जस्ता विकसित मुलुकमा पछिल्लो समयमा बढ्दै गएको सम्बन्ध विच्छेदको कारण पत्ता लगाउन गरिएको सर्वेक्षणले घुर्ने समस्यालाई सम्बन्ध विच्छेदको प्रमुख कारणको रुपमा देखाएपछि चिकित्सा क्षेत्रका मात्र हैन सामाजिक समस्याका लागि लागि पर्नेहरू पनि जुर्मुराएका छन् । पश्चिमा मुलुकहरूमा आर्थिक समस्या र जीवनसाथीको दुव्र्यवहार पश्चात घुर्ने समस्याबाट उत्पन्न असहजता सम्बन्धविच्छेदको तेस्रो मुख्य कारण हो ।
घुर्ने समस्याले पीडित हुनुहुन्छ, अपनाउनुस यी प्राकृतिक उपायहरू
एउटा अनौपचारिक सर्वेक्षणले दर्शाय अनुरुप विश्वको जनसंख्याको ५० प्रतिशत हिस्सा घुर्ने समस्याबाट ग्रस्त छ भने २५ प्रतिशत हिस्सा सँगै सुन्नेको निन्द्रा कचमच्याउने गरी ठूलो आवाजका साथ घुर्ने गर्दछन् । झण्डै ३२ करोड जनसंख्या भएको संयुुक्त राज्य अमेरीकामा ९ करोड र साढे ६ करोड जनसंख्या भएको बेलायतमा डेढ करोड जनसंख्या घुर्ने समस्याबाट ग्रस्त छ । पश्चिमी देशहरूमा २४ प्रतिशत दम्पतीहरू जीवन साथीको घुराईकै कारणले छुट्टा–छुट्टै कोठामा सुत्ने गर्छन् भने घुर्ने समस्याबाट ग्रस्त भएका १० प्रतिशत दम्पतीहरू छोडपत्र दिने चरण सम्म आइपुग्छन् । यो समस्याबाट विश्वका आधा आवादी पिडित भएपनि ५१–६२ प्रतिशत जनसंख्या यो समस्याको प्रत्यक्ष अप्रत्यक्ष रुपमा चेपुवामा परेको छ ।

के हो घुर्ने समस्या ?

श्वास नलीको आंशिक अवरुद्धताका कारणले श्वासन क्रियाको दौरान कर्णकटु आवाजका साथ उत्पन्न कर्कश कम्पन लाई घुर्ने समस्या भनिन्छ । घुर्ने समस्यालाई गहिरो निन्द्राको द्योतक मानिएतापनि यथार्थ यसको ठीक विपरित छ । वास्तवमा निन्द्रामा घुर्ने मान्छे आफू त ठीक सँग सुतिरहेको हुदैन नै, सँगै सुत्नेको पनि निन्द्रा पनि कचमच्याई रहेको हुन्छ । तथ्य यत्तिमा मात्र सिमित रहँदैैन, घुर्ने समस्याले आक्रन्त भएकाहरू वैयक्तिक, पारिवारिक, सामाजकि र आरोग्यता का अनेकौ समस्याहरूको जालमा परिरहेका हुन्छन् । फलतः दैनिक जीवनमा अनेकौंं समस्याका साथसाथै असाध्य रोगहरूको जालमा परिन सकिन्छ ।

घुर्ने कारणहरू

यो रोगको मुख्य कारण भनेको श्वास नलीको माथिल्लो भाग विविध कारणवश अवरोध हुनु हो । विशेषत जिब्रोको पश्च भाग, मूल, तालु, तालुको त्यान्द्रो गालाको मांशपेशी र श्वास जसमध्ये यी परिस्थितिहरूको मुख्य भूमिका रहन्छ ।
१. घाँटीका मांशपेशीहरूको दुर्बलता जुन सुतेको बेलामा झन लत्रीन गई श्वासन मार्ग अवरुद्ध गर्न पुग्छ ।
२. उत्तानो परेर सुत्ने,जीब्रो पछाडि तिर सर्ने र कोमल तालु र तालुको त्यान्द्रोले श्वास नलीमा अवरोध उत्पन्न गर्दा घुर्ने समस्या उत्पन्न हुन्छ ।
३. चिउडोको हड्डी सामान्य भन्दा छोटो भए पनि सुत्दाखेरी जिब्रो र कोमल तालुले श्वासमार्ग अवरोध गरी घुर्ने समस्या उत्पन्न गराउँछ ।
४. नाककोे हड्डी बाङ्गीनु वा नाकमा मासु पलाउनाले पनि नाकबाट श्वास लिन गा¥हो भई मुखबाट श्वास लिन पर्दा घुर्न समस्या उत्पन्न हुन्छ ।
५. छोटो घाँटी भएकाहरू सुत्दाखेरी श्वास मार्ग अवरुद्ध भई घुर्ने गर्दछन् ।
६. मदिरा तथा मांशपेशीको तान सिथिल गर्ने अन्य औषधीहरूको सेवनले पनि यो समस्या उत्पन्न हुन्छ ।
७. अवट्रक्टीव स्लिप एप्निया नामक रोगले पनि घुर्ने समस्या निम्त्याउँछ ।
८.स्नायुहरूको क्षय हँुदा घाँटीको मांशपेशीहरूको तान कमजोर हुनगई यो समस्या उत्पन्न हुन्छ ।
१०.गला वरपरका तन्तुहरूको ट्युमरका कारणले पनि घुर्ने समस्या जन्माउँछ ।

घुर्ने समस्याले गर्दा हुने जोखिमहरू

अधिकांश जनमानसले यस समस्यालाई खासै समस्या मान्दैनन् तर मामुली मानिएको यो रोगका जटिलताहरू जसमध्ये निम्न लिखित रोगहरूलाई घुर्ने समस्याको पनि उपज मानिएको छ ।

१. उच्च रक्तचाप
निदाएको बेलामा घुर्दा निद्रा कचमचिने र श्वासशन क्रिया गडबड हुने हँदा घुर्न समस्याले ग्रस्तहरू उच्च रक्तचापको जोेखिममा पर्न सक्छन् ।

२. स्लिप एप्निया
निदाएको समयमा श्वास आपसेआप १० देखी ४० सेकेण्ड सम्म रोकिएर निसास्सिने रोगलाई स्लिप एप्निया भनिन्छ । घुर्ने समस्याले गर्दा श्वाश नलीहरू बन्द हुनगई यो अवस्थामा आएमा उसलाई अवस्ट्रक्टीभ स्लिप एप्निया भनिन्छ । स्लिप एप्निया आफैंमा अनेकौं रोग हरूको जननी हो ।

३. हार्ट एट्याक ( हृदयघात )
धेरै जसो घुर्ने रोगबाट पिडित हुनेहरू हृदयघात भई निद्रामै मरेको धेरै केशहरू रिपोर्ट भएका छन् । शरीरमा प्राणवायु, अक्सिजनको एथेष्ट मात्रा पुग्न नपाउँदा हृदयलाई दवाव पर्न गई हृदयघात हुने खतरा ज्यादा रहन्छ ।

४. मस्तिष्क घात
हृदय घात जस्तै घुर्नेहरूमा मस्तिष्क घातको समस्या पनि देखा पर्ने गई घुराइका कारणले मस्तिष्कलाई रगत आपुर्ती गर्ने, बोसो जम्न जाने मेकानिजम शुरुभई नसाभित्रै रगत जमेको थेग्लाले नशाथुनिदिंदा थुनिएको भागभन्दा अगाडिको स्नायु तन्तुहरू मर्न जाँदा देखापरेको समस्यालाई मस्तिष्क घात भनिन्छ ।

५. मानसिक तथा मनोवैज्ञानिक समस्या
घुर्ने समस्या बाट ग्रस्तहुनेहरू चिड्चिडे स्वभावका , डाह तथा आहरिस गनर्,े छिट्टै रिसाउने, उपलब्धि बाट सन्तोष लिन नसक्ने, चाँडै निराश भई हाल्ने र चन्चले स्वभावका हुन्छन् ।

६. मानसीक चन्चलता
यो रोगबाट ग्रस्त भएकाहरूमा एकाग्र हुन नसक्ने, लय, ध्यान, स्मृति तथा कल्पनाशिलता मा क्षिणता देखापर्छ । सिक्ने प्रोसेसमा व्यवधानहरू पर्दछ ।

७. झर्को–फर्को गर्ने हाइपर एक्टीभ र एग्रेसीभ बानी
जसले सामाजिक समरसता बनाइराख्न कठिन समरसता बनाइराख्न कठिन पर्छ ।

८.हरमोन हरूको गडबडी
घुर्ने बानी भएकाहरू लाई पर्याप्त अक्सिजन नपुग्ने र ठीकसँग निदाउन नपाउने हुँदा हरमोन हरूको शारिरीक स्तर तलमाथी हुन जान्छ ।

९. गहिरो प्रेम तथा काम सम्बन्ध बनाऊन असक्षम हुनु
फलतः दाम्पत्य जीवनमै कठिनाई आई सम्बन्ध विच्छेदसम्म हुनसक्छ ।

१०. तौल बढ्ने
हरमोनहरू तलमाथि हुदा र मेटाबोलिक गडबडी हुदाँ तौल बढ्छ ।

११. थकाई तथा आलस्यता
निद्रा पुराहुन नपाउँदा दिउँसो निद्राले सताउँछ । यसका साथसाथै जीउ गल्ने अल्छी लाग्ने अमिलो पिरो मन पर्ने आदि कुराले सताउँछ ।
१२. फोक्सो तथा श्वास नलीको घरी घरी संक्रमण भई रहनु ।
१३. चाया पोतो तथा सौन्दर्य सम्बन्धी समस्या देखा पर्नु
१४. अपच अजीर्ण, अम्लपित्त आँत्र प्रदाह र कब्जीयत जस्ता समस्याहरूले सताउनु ।
१५. घुर्ने समस्याबाट पिडितहरूलाई सडक परिवहन तथा यातायात दुर्घटनामा ज्यादा पर्दछन् ।
१६. जीवन साथीको निद्रा कच्मच्याई दिएको हुनाले सम्बन्धमा दरार आउँछ र छोडपत्रसम्म दिने अवस्था उत्पन्न हुनसक्छ ।
१७. हङ्गेरीका वैज्ञानिकहरूले १२ हजार भन्दा धेरै रोगीहरूको इन्टरभ्यू लिएर घुर्ने समस्याबाट पिडितहरू ज्यादा उच्च रक्तचाप, हृदयघात, स्ट्रोक प्यारालाइसिसको सिकार भएको निष्कर्ष निकालेका छन् ।
१८. मुटु हल्लीने समस्या
१९. राता रक्तकोषहरूको संख्यामा वृद्धि
२०. अल्सर तथा एसिडिटि
२१ं. अचानक मृत्यु

लक्षणहरू

घुर्ने समस्याको श्वास लिदा कर्णकट कम्पनका साथै कर्कस ध्वनी निस्कनु हो । तर अधिकांश रोगीहरूलाई आफू घुर्छु भनेर थाहै हुदैन तर सँगै सुतेकाहरूले भनेपछि मात्र थाहा पाउने गर्छन् । तर व्यक्तिका अन्य लक्षणहरू हेरेर पनि घुर्दै घुर्दैन भनेर थाहा पाउन सकिन्छ घुर्ने व्यक्ति प्रयसः दिनमा झप्की लिईरहेको पाईन्छ । यसका अलावा काममा एकाग्र हुन नसक्नु, टाउको भारी भए जस्तो हुनु, शक्तिहिन मलिन र तन्द्रा ग्रस्त देखिनु, हाई हाई काढी रहेको भेटीनु , चिड्चिडालु हुनु, सामाजिक सम्बन्ध कायम राख्न असफल भटिनु , गार्हो हुनु , लापरबाहियुक्त क्रियाकलापमा संलग्न हुनु, सुतेको बेला एैठन हुनु , छाती दुख्नु । टाउको दुख्नु आदि घुर्ने समस्याले ग्रस्त भएको हरूमा भई रहन्छ । गलमा खसखस ,मुटु हल्लीने वा ढुकढुक गरको थाहा पाउने इख लिने , वैरत्व राख्ने , सनक्क सन्किने ,मलिन हुन
परिक्षण तथा निदानका उपायहरू

१. निन्द्राको अध्ययन
पोलिसोम्नो गा्रम भन्ने मेसिनको सहायताले व्यक्तिको सुत्ने तरिकाको बारेमा अध्ययन गरेर घुर्ने समस्याका विभिन्न आयामका बारेमा जाकारी लिन सामान्य अवस्थमा सुत्न लगाइन्छ र मेसिनको सहायताले निद्राको आवृति गहिराइ मष्तिष्कको गतिविधि मुटुको चाल श्वसको गति र आवृति, मांशपेशीको विद्युतिय गतिविधि पसिनाको उत्सर्जनता आदि विषयमा साथसाथै घुर्ने प्रक्रियाका बारेमा समेत अध्ययन गरिन्छ । रगतमा अक्सिजन तथा कार्वनडाइअक्साइड को स्तर हृदय, मांसपेशी र मष्तिष्कका्े विद्युतिय गतिविधि , निद्रामा दाह्राकिट्ने बर्वराउने, हातखुट्टा फाल्ने ,निद्रामा उठेर हिंड्ने श्वास रोकिने, एैठन हुने ,आदि क्रियाका बारेमा पनि अध्ययन गर्ने गरिन्छ । यदि एक घण्टामा २५ पल्ट भन्दा ज्यादा श्वास रोकिएको पाइएमा यसलाई अत्यन्त जोखिमयुक्त समस्या मानिन्छ ।

२. नाक, कान, घाँटीको परिक्षण
नाक कान घाँटी तालू तथा मुखको विशेस परिक्षणगरी नाकको एलर्जी , इन्फेक्सन ,नाकको मासु पलाएको , हड्डी बाङ्एिको , टन्सिल बढेको , श्वासयन्त्रको इन्फेक्सन आदि समस्याको जाँच गरी उपरोक्त कारणहरूले घुर्ने समस्या उत्पन्न् भएको हा होइन निक्र्योल गर्ने ।

३.फङ्सनल एम. आर. आइ.
एम.आर.आइ गरेर कुन काम गर्दा मस्तिष्कको कुन भाग सम्लग्न रहेको छ वा मसितष्कमा अक्सिजनको मात्रा र रक्त प्रवाह कसरि भईरहेको छ ? बोल्ने,सोच्ने,योजना गर्ने जस्ता महत्वपूर्ण कार्यहरू मस्तिष्कको कुन भागसंग सम्बन्धित छन, साधारण, रोगले ग्रस्त र घाइते मस्तिष्कले कसरी काम गर्छ भन्ने तथ्यहरू फङ्सनल एम.आर.आइद्वारा पत्ता लगाउने गरिन्छ । घुर्ने समस्याले ग्रस्त ब्याक्ति घुर्दा मस्तिष्कको कुन केन्द्र सक्रिय छ जस्ता तथ्यहरू यो जाँच विधिबाट पत्ता लगाउन सकिन्छ ।

उपचार

घुर्ने समस्याबाट मुक्ति पाउनकालागी विभिन्न किसिमका उपचार पद्धतिहरू अपनाउन सकिन्छ । उपचार पद्धतिहरूको चएन रो्गको प्रकृति र गम्भिरता हेरेर गर्नु पर्ने हुन्छ । योग तथा प्रकृतिक चिकित्सा, जडिबुटि चिकित्सा, शाल्य (सर्जरी) चिकित्सा र आधुनिक औषधोपचार जस्ता उपचार पद्धतिहरू प्रचलित छन् ।

१. घुर्ने समस्या रोक्ने यन्त्रहरू (एन्टिस्नोरिङ्ग डिभाईसेस)
कन्टीन्युअस् पजेटीभ एअरवे प्रेशर (सी.पी.ए.पी.)
यो एक किसिमको मुखुण्डो जस्तो नाक र मुख दुवैलाई ढाकी श्वाशन मार्गमा लगातार सकारात्मक दवाव उत्पन्न गराई निदाएको बेलामा घाँटी बम तन्तु तथा श्वास नली खुम्चिन नदिई घुर्न रोक्ने यन्त्र हो । विशेषतः अवस्ट्रिक्टिभ–स्लिप–एप्निया का कारणले घुर्र्ने हरूका लागि यो यन्त्रको सुझाव दिईन्छ । यो । यन्त्रको प्रयोग विधि सिकेर आफैंले खोल्ने तथा लगाउने गर्न सकिन्छ । घुर्ने समस्याका कारणले दिनानुदिन (दैनिक) विग्रिएकाहरूका लागी यो यन्त्रको विशेष प्रयोजन छ ।

म्यान्डिबुलार एडभान्स डिभाईस
यो मुख भित्रै लगाउने यन्त्र हो । चिउँडोको हड्डी छोटो भएर घुर्ने हरूका लागी चिकित्सकहरू विशेषतः यो यन्त्रको सल्लाह दिन्छन् । यो यन्त्र व्यक्तिको चिउडाको हड्डीको नापको हुन्छ । सुत्दा यो यन्त्रलाई मुखमा लगाएर सुत्नाले श्वाशन मार्गमा कुनै अवरोध उत्पन्न हुन दिंदैन तर चिउँडाको हड्डी सँग तालमेल मिलाएर लगाउनु पर्ने भएकाले यो विधि कष्टकर पनि छ ।

२. शल्य चिकित्सा
यदि घुर्ने समस्याको कारण नाक, कान र घाँटीका समस्या अंग तथा तन्तुहरूको संरचनात्मक विकृतता हो भने यस्तो अवस्थामा शल्यचिकित्सकको मद्दत लिनुपर्ने हुन्छ । विशेषतः असामान्य रूपमा टन्सिल बढेको, तालु र तालुको त्यान्द्रोको विकृति (ओभ्युल), श्वास–यन्त्र र गलाको शोथ, नाकको हड्डी बाङ्गिएको, घ्राण–रन्द्रमा मासु पलाएको वा गलाको ट्यूमर जस्ता कारणले घर्ने समस्या उत्पन्न भएको भए शल्य चिकित्साको सहायताले यसलाई निर्मूल पार्न सकिन्छ । शल्य चिकित्सामा ओभ्यूलो–प्यालेटो – फेरेङ्ग्जोप्लाष्टि, टन्सीलेक्टोमी, एडिनेक्टोमी, थर्मल एब्लेशन, बाइपोलर कौटरी एब्लेशन, लेजर र रेडियो फ्रिक्वेन्सि एब्लेशन जस्ता प्रक्रियाहरू जेनियो ग्लुुसस तथा हायोइड हड्डीको एडभान्समेन्ट जस्ता विधिहरू कष्टमफिट ओरल एप्लिएन्स र इरिटेटियम चिजहरू राखेर घाँटीका तन्तुहरू लत्रन नदिने शाल्य विधिहरू विशेषतः प्रचलनमा छन् ।

३. प्राकृतिक उपचार
घुर्ने समस्याबाट बच्न तथा मुक्ति पाउन प्राकृतिक उपचारको विशेष महत्व छ । विशेषतः व्यस्ततामा र भागदौडले भरीएको जीवन जीउनेहरू यो रोगको शिकार हुने हुँदा प्राकृतिक उपचारको र जीवनशैली परिवर्तनको विशेष महत्व छ । यो रोग बाट बच्न र उन्मुक्ति पाउन निम्न लिखित प्राकृतिक उपचारका सुत्रहरू उपयोगी छन् ।
(१) तौल ज्यादा भएकाहरूमा यो रोगको शिकार हुने हुँदा शारीरिक तौललाई नियन्त्रीत राख्न विशेष जरुरी छ ।
(२) उत्तानो परेर सुत्दा जिब्रो तथा कोमल तालू पछाडि धकेलिन गई श्वाशन मार्ग अवरुद्ध हुन पुग्छ । तसर्थ घुर्ने समस्याबाट ग्रस्तहरूले उत्तानो परेर सुत्नुको साटो घोप्टो वा कोल्टो परेर सुत्नुपर्ने हुन्छ ।
(३) साँझ चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानीले निद्राको चक्रलाई सुचारु राख्न मद्दत गर्छ । यसका अलावा सयन र जागरणको निश्चित समय भएमा निद्रा कचमचिँदैन र घुर्ने समस्याले यति सताउँदैन ।
(४) चुस्त पुष्ट र स्वस्थ जीवन जिउनाले मांशपेशीहरूको तान कमजोर हुन पाउँदैन फलतः गलाका मांशपेशी तथा कोमल तन्तुहरू लत्रन गई हुने घुराईबाट बचाउँछ ।
(५) अग्लो सिरानी हालेर सुत्दा पनि घुर्ने समस्यामा फाइदा पुर्याउँछ ।
(६) नुहाइ सकेपछि र सुत्न भन्दा पहिले नाकमा दुई तीन थोपा तोरीको तेल हाल्दापनि यो समस्यामा फाइदा पुग्छ ।
(७) एक्सटर युनिभर्सिटीका शोधकर्ताहरूको अनुशार प्रतिदिन २० मिनेट गीत गाउने अभ्यासले गला गाला तथा नाकको मांशपेशी तथा कोमल तन्तहरूको व्यायम हुनगई घुर्ने समस्या कम गर्न मद्दत गर्छ ।
(८) मदिरा, निद्राको गोली, ट्र्याङ्कुलाइजर तथा मशल रिलेक्सेन्ट औषधिहरूको सेवन हत्तपत्त नगरौं ।
(९) सुत्नभन्दा दुई घण्टा पहिले भोजन गरौँ ता कि आमाशयको भोजन आन्द्रामा गई छाती तथा श्वाशनलीमा अतिरिक्त दवाब नदियोस् ।
(१०) धुम्रपान त्यागौ
(११) दूध तथा दूधका परिकारको सेवनमा कटौती गरौ ।
(१२) तनाव व्यवस्थापन गरौ ।

४. योग चिकित्सा
घुर्ने समस्याबाट मुक्ति पाउन आसन, प्राणयम, क्रिया, बन्ध, मुद्रा तथा ध्यान जस्ता योगीक चिकित्सा विधिहरूको उपयोग लाभदायक छ । खासगरी अनुलोमविलोम, उज्जयी, कपालभाँती, बाम तथा दक्षिण भस्त्रीका जस्ता श्वाशन विधि जल,सुत्र तथा घृतनेति, कुञ्जल क्रिया, जल–कपालभाँती, वस्त्र– धौती, दण्ड–धौती जस्ता शोधनविधि नुनपानीको गारगलीङ्घ, जलन्धर बन्ध खेचरी मुद्रा,भ्रमरोच्चार क्रिया, प्रणवोच्चार क्रिया र आनापान क्रिया जस्ता योगोपचारमा अपनाइने विशेष विधिहरूको प्रयोगले यो रोगमा ठूलो फाईदा पुर्याउदछ । यसका अलावा निर्देशित विश्राम (गाईडेड रिल्याक्शेसन) विधिहरूले पनि यो समस्यामा पनि फाइदा पुयाउँछ । सिंहासन, मत्स्यासन , उष्टाशन, र सर्वाङ्घसान, जस्ता आसनविधिहरूपनि यो समस्याका लागि गुणकारी छन् ।

यदि जिब्रो मोटो भएर यो समस्या उत्पन्न भएको भए जिब्रो–दोहन क्रियाद्वारा पातलो बनाई यस समस्याबाट उन्मुक्ति पाउन सकिन्छ । ग्रीवाशत्ति विकास क्रिया उज्जयी श्वास र ॐ कार जप जस्ता क्रिया विधिहरूपनि विशेष लाभकारी छन् ।

५. व्यायम चिकित्सा
दाह्रा किट्ने अभ्यास
घाँटीका मांशपेशीहरूलाई समेत संकुचन गरेर १०–१० पटक दाह्रा किट्नाले गलाका मांशपेशीहरू मजबुत हुनगई घुर्ने समस्या न्युनिरण गर्न मद्दत पुग्छ ।
चुइगम चपाउने वा चपाए जस्तो गर्ने
मुखमा चुइगम राखेर चपाई राख्नाले वा नराखिकन चपाए जस्तो गर्ने

अभ्यास
गालामा हावा भरेर छोड्दा नाकबाट छोड्ने अभ्यास
जीब्रोलाई सकेसम्म बाहिर निकालेर दायाँ बायाँ हल्लाउने तथा मोड्ने

अभ्यास
जीब्रो मोडेर तालु छुने अभ्यास
लामो कृतिम हाइ काढ्ने अभ्यास
घाँटीको आइसो मेट्रीक एक्सरसाइज

६. औषधोपचार
डीकन्जेसन ड्रप तथा स्थानीय कर्टीकोस्टेरोइड स्प्रे जस्ता दवाईहरू

७. घरेलु उपचार
विशेषतः गलाको न्यूटल प्याक, गारगलीङ्घ क्रिया, हात्केला, पैताला तथा स्थानीय बिन्दुहरूको अकुप्रेशर, फेसियल स्टीम जस्ता उपचारहरूले पनि यो समस्याबाट मुक्ति दिलाउन मद्दत पुयाउँछ । ड्डकान्छी औंलाको नङ भन्दाभित्र पट्टीको भागमा दबाउनाले पनि यस समस्यामा फाइदा पुग्छ ।

८. जडीबुटी चिकित्सा

तोरी तील तथा नौनी घ्यू पगालेर सुत्नुभन्दा अगाडी २–३ थोपा नाकमा हाल्ने वा ब्रम्ही तेल हाल्नाले फाइदा पु¥याउँछ । सुत्नु भन्दा अगाडी अलैँची वा सुकुमेलको पाउडर एक गिलास पानीमा हालेर पिउने गरौ ।

- डा. हेमराज कोइराला

Saturday, March 2, 2019

रोगसँग लड्ने शक्ति बढाउन चाहनु हुन्छ ?


शरीरको प्रतिरक्षा प्रणाली (रोगसँग लड्ने शक्ति) कमजोर भयो भने मानिसलाई रुघाखोकीलगायत जुनसुकै रोगले पनि चाँडै आक्रमण गर्छ। यसकारण हामीले आफ्नो प्रतिरक्षा शक्ति बलियो बनाउन ध्यान दिनुपर्छ। यो बलियो भयो भने हतपत कुनै किटाणुले आक्रमण गर्न सक्दैन। यहाँ त्यही प्रतिरक्षा शक्ति बलियो बनाउने १० खानेकुराको चर्चा गरिन्छ।
रोगसँग लड्ने शक्ति बढाउन चाहनु हुन्छ ?
नियमित खानुस् यी १० चिज

१. रसदार फलफूल 
रसदार फलफूलमा प्रशस्त मात्रामा भिटामिन सीपाइन्छ। भिटामिन सीले फ्लु तथा चिसोको एलर्जीसँग लड्ने क्षमता बढाउँछ। भिटामिन सी अंगुर, सुन्तला, मौसम, कागती, जुनार, भोगटेजस्ता फलफूलमा पाइन्छ। यसर्थ यस्ता फलफूल दैनिक भोजनमा समावेश गर्नुपर्छ।  

२. पहेंंला तरकारी तथा फलफूल 
पहेंला तरकारी तथा फलफूलमा भिटामिन सी र ए को मात्रा पर्याप्त मात्रामा पाइन्छ। यस्ता खानेकुराले पनि शरीरमा रोगसँग लड्ने प्रतिरक्षा शक्ति बढाउँछन्। आँप, पलम, आरु, खुर्सानी, गाजर, फर्सीजस्ता फलफूल तथा तरकारीमा उक्त भिटामिन पाइन्छन्। 

३.ब्रोकाउली 
यो तरकारी भिटामिन र खनिजका लागि उत्तम मानिन्छ। यसका साथै यसमा भिटामनि ए, सी र इ समेत पाइन्छ। यसलाई बढी पकाउनु भने हुँदैन। बढी पकाउँदा भिटामिन नष्ट हुन्छ। 

४. लसुन 
लसुन संसारभरि प्रचलित मसला हो। लसुनमा जिंक तत्व हुन्छ। पहिलेका मानिसले लसुनलाई संक्रमणबाट बच्ने औषधिका रूपमा लिन्थे। यसकारण दैनिक भोजनमा लसुन समावेश गर्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ।  
५.अदुवा 
अदुवाले घाँटीको संक्रमण हटाउन सहयोग गर्छ। साथै शरीर सुन्निएको तथा अन्य विभिन्न रोगमा समेत यसले उत्तिकै फाइदा पु-याउँछ। यसकारण यसको नियमित सेवनले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ। 

६ पालुंगो 
पालुंगाको साग शरीरमा प्रतिरक्षा शक्ति बढाउन अति उपयोगी छ। कारण यसमा भिटामिन ए, सी प्रशस्त मात्रामा पाइनुका साथै एन्टिअक्सिडेन्टलतत्व हुन्छ। यी तत्वहरूले शरिरमा प्रतिरक्षा क्षमता वृद्धि गर्न सहयोग गर्छन्। यसमा ब्रोकाउलीमा जत्तिकै क्षमता हुन्छ। 

७.आल्मोन्ड (बदाम) 
आल्मोन्डमा भिटामनि सी र ई पाइन्छ। यो शरीरका लागि अत्यन्त पोषक तत्व मानिन्छ। यसका साथै आल्मोन्डमा पाइने तेलले शरीरलाई झरिलो पार्छ। सुकेका ४६ दाना आल्मोन्डले सय प्रतिशत भिटामिनको काम पूरा गर्ने मान्यता राखिन्छ। 

८.बेसार
बेसारमा यस्तो शक्ति हुन्छ, जसले किटाणु मार्छ। यसका साथै यसमा हुने तत्वले बाथरोगका कारण हुने हड्डी टुक्रिने तथा सुन्निने समस्याबाट बचाउँछ। नियमित खानामा बेसार प्रयोग गर्दा मांशपेसी नष्ट हुन दिँदैन। 

९. मेवा 
मेवामा पाइने भिटामिन सी, बी, फोलेट र पोटासियम जस्ता तत्वले शरीरको प्रतिरक्षा शक्ति बढाउँछन्। साथै पोटासियमले पाचनशक्ति बढाउनुका साथै संक्रमणविरुद्ध काम गर्छ। 

१०. सामुद्रिक खानाहरू
सामुद्रिक खानाहरूमा गंगटो, माछा पर्छन्। गंगटोमा जिंक तत्व हुन्छ। साथै यसमा खनिज र विभिन्न भिटामिन पनि पाइन्छ। जसले हाम्रो शरीरका आवश्यक कोषहरूलाई क्रियाशिल बनाउन मद्दत गर्छन्। 

सेतो पुतलीको आक्रमणले आँखाको दृष्टि नै गुम्न सक्ने सापु रोगको लक्षण र बच्ने उपाय

काठमाण्डौ – डेंगुको डर बढेको बेला फेरि आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहेको अर्को रोगको प्रकोप देखिएको छ । सिजनल हाइपरएक्युट पानुभिआइट...