Covid-19 Update

Thursday, September 20, 2018

महिनावारी के हो र गडबडी किन हुन्छ, यसको संक्रमणबाट कसरी बच्ने ?


काठमाडौं प्रजनन उमेरमा स्वस्थ महिलामा हुने प्राकृतिक चक्र नै महिनावारी हो । तर नेपाली समाजमा अझै पनि विभिन्न धार्मिक र सामाजिक परिवेशका कारणले यसलाई रोगकै रूपमा चित्रण गरिएको पाइन्छ । महिनावारी भएका महिलालाई फोहोरी महिलाको रूपमा विभेद गरेर विभिन्न काममा समावेश नगर्ने चलन पनि यहाँ अझै व्याप्त छ । ज्ञानको अभाव र अन्धविश्वासले जकडिएको मानसिकताले यस्तो भएको हो । आजको पुस्तामा यो सोच विस्तारै हराउँदै छ । महिनावारीलाई प्राकृतिक प्रक्रियाको रूपमा स्विकार्ने परिपाटी युवा पुस्तामा बढ्दै गएको छ ।

महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरू

* व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ। सरसफाइको कमीले यौनांग र पाठेघरमा विभिन्न रोगको संक्रमण भई भोलिका दिनमा यो रोगको रूपमा परिवर्तन हुन सक्छ ।
* महिनावारीको बेला यो फोहोर रगत हो भन्दै महिलालाई टाढा राखिन्छ। तर यस्तो मानसिकता त्याग्नुपर्छ । पाठेघरको भित्री पत्र (इन्डोमेट्रियम लेयर) मा हुने परिवर्तनले रक्तस्रावको रूपमा रगत बाहिर निस्कन्छ। यसलाई सामान्य रूपमा लिएर त्यसैअनुरूप आफ्नो दैनिक कार्यमा सक्रिय हुनुपर्छ ।
* बजारमा धेरै किसिमका स्यानिटरी प्याड पाइए पनि महिलाका सामाजिक र आर्थिक कारणले गर्दा सबैले प्याड प्रयोग गर्दैनन् । केहीले आफ्नै घरमा भएका कपडा प्रयोग गर्छन् । कपडा सफा नभए रोगको संक्रमण हुन सक्छ ।
* कपडा सकेसम्म कटनको सेतो र हल्का रंगका कपडा प्रयोग गर्नुपर्छ। यस्तो कपडामा रगतको दाग देखिने हुनाले राम्रोसँग धुनुपर्छ ।
* घरका पुरुषले देख्लान् भनेर कपडालाई सकेसम्म कसैले नदेख्ने अँध्यारो ठाउँमा सुकाउने गरिन्छ, यसो गर्नु हुँदैन । कपडालाई सधैं घाममा सुकाए रोगका कीटाणु मरेर संक्रमण हुनबाट जोगाउँछ ।
* स्यानिटरी प्याड प्रयोग गरेर यसलाई धेरै लामो समयसम्म लगाइराख्नु हुँदैन। स्कुल, कलेज, अफिसमा महिलामैत्री शौचालय छ भने करिब ४ घन्टाको अन्तरालमा प्याड परिवर्तन गरिरहनुपर्छ । चिसो र भिजेको प्याड लगाइरहँदा यसले हाम्रो ध्यान त्यसैतर्फ केन्द्रित गरिरहने हुनाले काममा ध्यान दिन सकिँदैन । अर्कोतर्फ लामो समय भिजेको प्याड लगाउँदा त्यसमा कीटाणुले सप्रने मौका पाउँछ ।
* पहिले विदेशतिर मात्रै पाइने मेन्स्ट्रयल कप अहिले नेपालमा पनि उपलब्ध छ। तर हाम्रो देशको परिप्रेक्ष्यमा अहिले नै यसको प्रयोग गर्नु त्यति सुरक्षित नदेखिएला । योनीभित्र नै प्रयोग गरिने यो कपलाई राख्न र निकाल्न सफा हातको प्रयोग गर्नुपर्ने हुनाले यसको प्रयोग त्यति सुरक्षित मानिन्न । त्यसमा पनि अविवाहित युवतीले त्यसलाई राख्दा योनीमा संक्रमण भई रोग निम्त्याउने खतरा बढ्छ ।
* पाठेघरको अण्डाशयबाट उत्पादन हुने हर्मनको समस्याले गर्दा रगत बगिरहने समस्या पर्न सक्छ । तर कतिपय युवतीले लाज र डरका कारणले आफ्ना अभिभावकलाई समेत यो भन्दैनन् । पछि डाक्टरकहाँ पुगुन्जेल रगतको निकै अभाव भएर एनिमियासम्म भइसकेको हुन सक्छ । बिरामीलाई रगत नै दिनुपर्ने अवस्था आउन सक्छ । त्यसैले थोरै रगत बगिरहेको छ भने पनि समस्यालाई लुकाउनु हुँदैन, चिकित्सकको सल्लाह लिएर उपचार गर्नुपर्छ ।
* महिनावारी हुँदा सन्तुलित आहारमा विशेष ध्यान दिनुपर्छ । पोषणयुक्त खाना, मन तातो र झोलिलो खानेकुरा खानुपर्छ । पानी र फलफूल पनि प्रशस्तै खानुपर्छ ।
* स्कुल, कलेज जान सक्दिनँ कि भन्ने मानसिकताले पनि सक्रिय जीवनशैलीमा बाधा पुग्न सक्छ। त्यसैले स्वस्थ आहार र सरसफाइमा ध्यान दिएर सक्रिय हुनु जरुरी हुन्छ।
* महिनावारी हुँदा हल्का पेट र कम्मर दुख्न सक्छ । यसो हुँदा तातोपानीले सेक्ने र मनतातो झोलिलो खानेकुरा खानुपर्छ । धेरै नै दुखेको खण्डमा चिकित्सकको सल्लाहमा सामान्य नदुख्ने औषधि खान सकिन्छ ।
* प्राय महिनावारी २८ दिनको चक्र हुन्छ । कति दिनको फरकमा आफ्नो महिनावारी हुन्छ भन्ने याद गर्नुपर्छ । २१ देखि ३५ दिनसम्मको चक्रलाई ठीकै मानिन्छ । यो अगाडि वा पछाडि भएमा समस्या मानेर जँचाउनु जरुरी हुन्छ ।
* अण्डाशयबाट हर्मन उत्पादन हुने कुरामा समस्या देखापर्ने, थाइराइडले गर्दा वा पाठेघरको समस्याका कारणले पनि महिनावारी गडबडी हुन सक्ने हुनाले यस्तो अवस्थामा पनि चिकित्सकलाई देखाइहाल्नु पर्छ ।

पहिलो महिनावारीमा के गर्ने  ?

* किशोरावस्थामा पुगेका छोरीहरूलाई विद्यालय र परिवारमा नै महिनावारी शिक्षा दिनु जरुरी हुन्छ ।
* महिनावारी हुनु अगाडि नै महिनावारी चक्र यो हो, यो हुनु भनेको स्वस्थ महिलाको लक्षण हो भनेर घरका आमा र दिदीहरूले सिकाउने र यसै विषयमा छलफल गर्नुपर्छ ।
* अपर्झट महिनावारीमा रगत देख्दा डराउने र आत्तिन सक्ने भएकाले यसमा पनि राम्रोसँग सम्झाउनु, बुझाउनु पर्छ ।
* अण्डाशयको विकास नभएको अवस्थामा थोरै मात्रै रगत देखा पर्न सक्छ। यसमा चिन्ता लिनु पर्दैन ।
* पहिलो महिनावारीपछि अर्को महिनावारी हुन दुई तीन महिनादेखि वर्ष दिनसम्म पनि लाग्न सक्छ। यसमा पनि आत्तिनु पर्दैन । तर वर्षौं महिनावारी भएन र शरीरमा अवस्थपनका केही लक्षण देखिन थाले चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ ।
* अरूले जस्तै सरसफाइ र खानपिनमा ध्यान पुर्‍याउनु आवश्यक छ ।

महिनावारी गडबडी किन हुन्छ ?

- सामान्य अवस्थाको महिनावारी २१ देखि ३५ दिनको बीचमा हुनेगर्छ । नियमित महिनाबारी अरु बेलाभन्दा अगाडि पछाडि हुने, अत्यधिक रक्तस्राव हुने भएमा महिनावारी गडबडी भन्न सकिन्छ ।
- महिनावारी सुरु हुँदा कुनै किशोरीलाई १२ महिनासम्म पनि महिनावारी नहुन सक्छ तर बिस्तारै युवा अवस्थामा प्रवेश गरिसकेपछि महिनावारी नियमित हुँदै जान्छ ।
- विभिन्न कारणले महिनावारी गडबडी हुने गर्छ । महिनावारीको गडबडी मुख्यतः हार्माेनल कारणसँग जोडिएको हुन्छ । ओभरीमा पोलिस्टिकहर्माेन बढेर वा थाइराइड हर्मोन बढ्नाले पनि महिनावारीमा अनियमितता देखिन सक्छ । अथवा, अन्डाशय वा पाठेघरमा संक्रमण भएमा पनि गडबडी हुन्छ ।
- आजभोलि धेरै जस्तो युवतीमा पोलिसिस्टक हर्मोन बढेका कारण महिनावारी गडबडीको समस्या हुने गरेको छ । पोलिसिस्टिकमा महिलाको अन्डाशयका अन्डा पाक्ने र फुट्ने  हुन्छ । पोलिसिस्टिक भएका महिलाका थुप्रै अन्डा हुन्छन् र सबै अन्डाबाट अलिअलि हर्मोन निस्किएर हर्मोन असन्तुलित हुनेगर्छ । हर्मोन असन्तुलित भएपछि महिनावारीमा गडबडी आउँछ ।
- पोलिसिस्टिक प्रकृतिक समस्या हो । तर, अहिले जुन रुपमा देखा परेको छ यो सबै जीवनशैली, वातावरणीय समस्या, मानसिक तनाव, मानसिक रोगको औषधि सेवन आदि कारणले गर्दा हो । 
- महिनावारी गडबडी हुँदा डन्डीफोर आउने, मोटाउने, बच्चा नबस्ने, ढिला बस्ने, शरीरका विभिन्न भागमा रौं आउने समस्या देखा पर्छन्। 
- यो समस्या कसैकसैलाई वंशाणुगत कारणले पनि हुन सक्छ । कसैलाई पाठेघरको रोग ( फाइब्रोइड-पोलिप), पाठेघरमा पानीको फोक्का र कसैलाई रगत नजम्ने समस्याले पनि गडबडी हुन सक्छ।
- तनाव, भागदौड, मानसिक तनाव, खानपान, धूमपान, मध्यपान आदिले हर्मोनल इम्ब्यालेसन्सहुन्छ र महिनावारीमा गडबड हुन जान्छ । 
- चाडबाडका बेला वा अरु कुनै बेला पनि महिनावारीलाई पर सार्नुप-यो भन्दै जथभावी खाइने औषधिले पनि महिनावारी गडबडीको समस्या निम्त्याउँछ। 
- गर्भनिरोधक चक्कीले गर्दा पनि यस्तो समस्या आउन सक्छ । तीन महिने सुइले पनि महिनावारी गडबड हुन सक्छ। 
-
महिनावारी के हो र गडबडी किन हुन्छ, यसको संक्रमणबाट कसरी बच्ने ?
सामान्यतः महिनावारी सुरु भएको केही वर्ष र सुक्न लागेको केही वर्ष महिनावारीको गडबडी हुन सक्छ।
 
कहिलेकाहीँ महिनावारी भएको १४१५ दिनमा अलिअलि रगत देखा पर्न सक्छ, यो अवस्था सामान्य पनि हुन सक्छ । त्यसलाई ओभ्युलेसन ब्लिडिङभनिन्छ। 

कसरी बच्ने ?

महिनावारी गडबड हुन नदिन  जीवनशैली परिवर्तन गर्नुपर्छ ।
पोषिलो खानेकुरा खानुपर्छ । प्रदुषित वातावरणबाट जोगिनुपर्छ ।
नियमित चेकजाच गराउनुपर्छ ।
आफ्नो शरीरमा कुनै रोग देखियो भने हेलचेक्याइँ नगरी तुरुन्त उपचार गर्नुपर्छ।
नियमित व्यायम गर्नुपर्छ ।
शरीरलाई मोटो हुन दिनु हुँदैन ।
गर्व निरोधक चक्की खाँदा चिकित्सकसँग सल्लाह गरेर मात्र खानुपर्छ ।
महिनावारी भनेको नियमित प्रक्रिया हो, त्यसलाई रोक्न औषधि खानु हुँदैन । 

महिनावारी किशोरी अवस्थामा सुरु हुन्छ । प्रायः ११ देखि १४ वर्षमा महिनावारी सुरु हुन्छ । प्रथम पटक महिनावारी भइसकेपछि महिनावारी अनियमित हुन्छ ।

महिनावारी हुने इन्टरभल (समयावधि) ३ देखि ५ हप्ता हो । औसतमा ४ हप्ता वा महिनामहिनामा हुने हुनाले नै मिन्सुरेन्सलाई महिनावारी भन्ने गरिएको हो । यदि ५ हप्ताभन्दा पनि बढी समयमा मात्रै महिनावारी भयो भने त्यसलाई ढिलो वा अनियमित भनिन्छ । महिनावारी नियमित र अनियमित दुबै हुन्छ ।

इन्टरभल त्यति धेरै फरक परेन भने नियमित भनिन्छ । तर कहिले धेरै छिटो त कहिले धेरै ढिलो अथवा लगातार रक्तश्राव हुनुलाई अनियमित भनिन्छ । महिनावारी सुरुदेखि बन्द नहुने अवधि प्रजनन् अवधि हो । सुरुको महिनावारीलाई रजस्वला (मेनार्की) भनिन्छ भने अन्तिम वा बन्द भएको महिनावारीलाई रजनोवृत्ति (मेनोपज) भनिन्छ । 

किशोरावस्था, वयष्क र ४० वर्ष उमेर नाघेका महिलामा फरकफरक कारण महिनावारी अनियमित हुन्छ ।

महिनावारी भएपछि घटबढ हुन्छ

महिनावारी भइसकेपछि पनि अनियमित हुन्छ । छिटोढिलो हुनु भनेको मेच्युरिटी नभएर हो । कसै कसैको पहिलो पटक भएर २-४ वर्ष नै हुँदैन, त्यसपछि फेरि हुन्छ । त्यो सामान्य हो, त्यसले केही असर गर्दैन । तर धेरै वर्षसम्म नै भएन भने पछि बच्चा नहुने हुन्छ, त्यसैले चिकित्सकलाई देखाउन जरुरी छ । 

महिनावारी घटबढ हुँदा औषधि खानुहुँदैन । औषधिले झन् समस्या ल्याउँछ, असर गर्छ । औषधि दिनेलाई सबै कुरा थाहा हुँदैन । औषधि (हर्मन) दिने हो कति मात्रा, कति समय खाने भन्ने थाहा नहुँदा वा तरिका नजानेर पनि महिनावारी घटबढ हुन्छ । विभिन्न महिलाहरुले श्रीमान विदेश गएपछि परिवार नियोजनको साधन चक्की औषधि सेवन गर्न छोड्छन्, त्यसले समस्या ल्याउँछ । त्यो छोड्नु हुँदैन, कण्डम प्रयोग गरे जसरी औषधि पनि यौन सम्बन्ध राख्दा मात्रै खानुहुँदैन । चिकित्सकले दिएको सुझावअनुसार खानुपर्छ । तर कतिले सुझावअनुसार गर्दैनन्, त्यसले पछि समस्या ल्याएर फेरि चिकित्सककहाँ जानुपर्ने बाध्यता हुन्छ । 

किशोरावस्थामा अनियमित हुने कारण

मेच्युरिटी नपुगेर पनि नहुने हुन्छ । ब्रेनदेखि ओभरीसम्मको कन्ट्रोल गर्ने मेकानिजम मेच्योर नहुञ्जेल महिनावारी नियमित हुँदैन । त्यसैले पहिलो पटक भएपछिको १-२ वर्ष अनियमित हुने वा महिनावारी नै नहुने पनि हुन्छ । यो मेच्युरिटी नपुगेर हो ।

वयष्क उमेरमा अनियमित हुने कारण

गर्भसँग सम्बन्धित समस्याहरु जस्तै- गर्भपतन, सुत्केरी हुने र शालबाट उत्पन्न हुने ट्युमरहरुका कारण हुन्छ । परिवार नियोजनका साधनहरुको अनियमित प्रयोग तथा तिनिहरुको साइड इफेक्टले पनि अनियमित हुन्छ ।
प्रजनन् तथा यौन अंगको संक्रमण वा प्रजनन् अंगमा हुने ट्युमर पलाउने जस्ता अवस्थाहरु र कतिपयको अनियमित गराउने कारणमा राम्रोसँग हर्मोनल औषधि राम्रोसँग सेवन नगरेको कारणले गर्दा पनि अनियमित हुन्छ । 

४० वर्ष उमेर नाघेका महिलामा

गर्भसँग सम्बन्धित कारणले, हर्मन असन्तुलन हुनाले र क्यान्सर वा ट्युमर पलाउने अवस्थाका कारण
महिनावारी बन्द भइसकेपछि पनि अनियमित रगत जाने हुन्छ । त्यो महिनावारी होइन, त्यसलाई महिनावारी भन्दैनन् । योनीमार्गको सतहहरु पातलो भई सानो रक्तकोषिका फुटेर रगत जाने हुन्छ । मेडिकल भाषामा यसलाई भजाइनल एट्रोफि भनिन्छ । अर्को पाठेघरको भित्रको सतह पनि पातलो भई रगत जाने हुन्छ, यसलाई एट्रोफिक इन्डोमेट्राइटिस भनिन्छ । यसले पनि रक्तश्राव हुन्छ । पाठेघर वा पाठेघरको मुखको क्यान्सर वा प्रि क्यान्सर हुँदा पनि रगत जान सक्छ । 

जटिलताहरु

रक्तअल्पता वा एनिमिया हुने, व्यक्तिगत तथा सामाजिक अस्वस्थता, यौन जीवनमा समस्या, बाँझोपनको समस्या र यौनाङ्ग क्यान्सरको समस्या यदि शल्यक्रिया गर्नुपर्ने अवस्था आयो भने त्यसपछिका समस्या झन् थपिँदै जटिलताहरु आउँछन् । समयमा नै उपचार नभए मृत्यु समेत हुन सक्छ ।

बच्ने उपाय

अनियमितता भएपछि सम्बन्धित विशेषज्ञसँग नै परिक्षण गराउने, समयमा नै र उचित रुपमा औषधि सेवन गर्ने, क्यान्सर स्क्रिनिङ टेस्ट गर्ने र प्रिक्यान्सर स्टेजमा नै रोग पत्ता लाग्दै उपचार गर्न सके क्यान्सर हुनबाट बचाउन सकिन्छ ।

खानेकुरा

रक्तअल्पतालाई कम गर्न नियमित रुपमा आइरन, फोलिक एसिडलगायतका भिटामिन तथा लवणहरु चिकित्सकको सल्लाह बमोजिम सेवन गर्नुपर्छ । भिटामिन तथा पोषणयुक्त खानेकुरा खानुपर्छ । 

Wednesday, September 5, 2018

मुख या सास गन्हाउनको कारण र यसको समस्या र समाधान


काठमाडौं - तपाईँले कत्तिको याद गर्नु भएको छ ? कहिलेकाही निकै पर्सनालिटीदेखिने तर छेउमा पुगेर कुराकानी गर्दा ह्रवास्सै सास गन्हाउने । अनि कहिलेकाही आफैलाई अप्ठेरो हुने गरी आफ्नै सास गन्हाउने । कसैकसैलाई त दिनँहु दाँत माझ्ने तर स्वास गन्हाउन नछाडने समस्या समेत पिरोल्ने गरेको देखिएको छ । यस पटक हामीले स्वासमा हुने दुर्गन्धको बारेमा तपाईँहरुलाई जानकारी दिने प्रयास गरेका छौँ ।

सास दुई कारणले गन्हाउछ । पहिलो मुख तथा दाँतमा जम्मा भएको फोहरेका कारण , अनि दोस्रो कारण चाँहि पेटमा भएको समस्या ।

दिनहुँ दाँत ब्रस गर्ने तथा मुख सफा गर्नेहरुको पनि नजिक पर्दा कहिलेकाही सास गन्हाउछ । यदि त्यस्तो छ भने पक्कै पनि उसको पाचन प्रकृयामा गडवढी हुनसक्छ । पाचन प्रकृया ठिक छैन भने भित्रैबाट आउने सास दुर्गन्धित हुन्छ । त्यसर्थ सास गन्हाउने पनि एकखालको स्वास्थ्य समस्या हो । चिकित्सकिय भाषामा यस रोगलाई हेलिटाइसिसभन्ने गरिन्छ ।

सास किन दुर्गन्धित हुन्छ ?
मुख या सास गन्हाउनको कारण र यसको समस्या र समाधान
सास गन्हाउने कारण धेरै छन यद्धपी ती मुख र पेटमा हुने समस्यासंग गासिएका हुन्छन । चिकित्सकहरु यो समस्या आउनुमा ९० प्रतिशत मुखमा भएका किटाणुहरुको बृद्धिले हुने बताउछन । १० प्रतिशत मात्रै शरीरका भित्री भागमा भएका अंगहरुको समस्याले हुने गर्छ ।

कलेजो , मृगौला, मधुमेह तथा पिनास हुँदा समेत यस्तो समस्या देखिन्छ । जुन तत्काल समाधान गर्नु जरुरी छ । मुखमा किटाणु बढनुको कारण भने खानेकुरा दाँतमा अडकेर सडने र त्यसबाट किटाणु उत्पन्न हुनु हो । गीजाको रोग पायरियाभएर पनि यस्तो समस्या आउने गर्छ । दाँतमा फोहर जम्नु, टन्सिलको इन्फेक्सन हुनु , नाक तथा साइनसमा बिकार आउनु, मुखमा घाउ निस्कनु, श्वास नलिमा या फोक्सोमा बिकार जम्मा हुनु हो ।

कान्तिपुर डेन्टल हस्पिटलका दन्त चिकित्सक डा. बुद्धिमान श्रेष्ठ भन्छन, ‘मुख भित्र हुने दाँत, गिजा तथा जिव्रोको उचित सरसफाइ भएन भने सास गन्हाउन थाल्छ । त्यसैगरी पेटमा राम्ररी पाचन भएन भने पनि त्यसको असर मुखबाट आउने सासमा देखिन्छ । अर्थात गन्हाउन थाल्छ ।उनले धुमपान तथा तमाखु, गुडखा लगायतका सूर्तिजन्य पदार्थको सेवनले पनि मुख तथा सास गन्हाउने समस्या आउने बताए ।

त्यसो त चिकित्सकहरुले मदिरा पान गर्ने, मधुमेह, कव्जियत, पेठको अल्सर, अपच, टिवि, निमोनिया, पिनास जस्ता समस्याले ग्रस्तव्यक्तिको पनि सास गन्हाउने बताउछन् । बोसो तथा प्रोटिनयुक्त खानाहरुकोृ अत्यधिक सेवनले पनि यो समस्या बढाउछ । त्यसबाहेक नियमित रुपमा दाँत नमाझने, दाँतको फ्लस नगर्ने, जिव्रो सफा नगर्नु, मुख कुल्ला नगर्नुले पनि यस्तो समस्या निम्त्याउछ ।

अन्य रोगको पनि जानकारी दिन्छ ?

सास गन्हाउने समस्या शरीरमा विकसित हुदै गएको विकारका कारणले पनि हुनसक्छ । जस्तै पेटमा अपच भयो भने पनि सास गन्हाउछ, दाँत नियमित ब्रस नगरे पनि दुर्गन्ध आउँछ । गिजाको भित्री भागमा पिप जम्यो वा घाउ आयो भने पनि सास गन्हाउन थाल्छ । त्यसबाहेक पेठको अल्सर, अपच, टिवि, निमोनिया, साइनस जस्ता कारणले सास गन्हाउनुको कारण बन्न सक्छ ।

 के गर्ने त ?

मुख गन्हाउने समस्या देखा परेमा शुद्ध हलुका र सुपाच्य भोजन गर्ने, जिव्रो माथिल्लो भागमा लागेको लेउजस्तो फोहर सफा गर्ने र रातो टमाटरमा नून हालेर खाने गरेमा पनि दुर्गन्ध कम हुन्छ ।

सफासग धोएको काचो पालुङ्गो र बन्दा चपाएर विहान बेलुका खाने गर्नाले पनि राहत मिल्ने चिकित्सकहरु बताउछन । आधा चम्चा सुठोको धुलो विहान बेलुका खाना पछि खाने गरेमा पनि त्यसले दुर्गन्ध घटाउछ । खाना पछि तुलसी पत्ता, पुदिन र काँचो सलगम चवाएर खाने गर्नाले पनि समस्या समाधान हुन्छ । कागती र अमलाको प्रयोग बढाएमा पनि दुर्गन्ध कम हुन्छ ।

यी बाहेक सबैभन्दा बढी प्रयोग पानीकै हुन्छ । प्रसस्त पानी पिउनी व्यक्तिको पाचन प्रकृयालाई नियमित गराउछ । मुख सुख्खा भयो भने पनि मुख गनाउछ । त्यसैले थोरै थोरै भएपनि पानी पिइ राख्नु राम्रो हुन्छ । त्यस्तै टङ क्लिनरले विहान जिव्रो सफा गर्ने र विहान खाना खाएपछि र सुत्नु अघि ब्रस र मन्जनले दाँत सफा गर्ने, रगत र पिप आउनबाट रोक्नका लागि कागती मह मिलाएर गिजा सफागर्ने, कागती र पुदिनाको रस एक गिलास मनतातो पानीमा मिलाएर विहान बेलुका मुख कुल्ला गर्ने गरेमा पनि समस्या समाधान हुनसक्छ । त्यसबाहेक सुगन्धीत फलहरु जस्तौ ल्वाङ, सुकमेल, अलैची मुखमा राख्नाले पनि दुर्गन्ध कम हुन्छ ।

भिटामिन सि डिफिसेन्सीको कारणले पनि मुख गन्हाउछ । त्यस्तै क्याल्सियमको कमीले पनि यस्तो समस्या देखापर्छ । डा. श्रेष्ठ भन्छन , भिटामिन सि र क्याल्सियम बढाउने खाद्य पदार्थको सेवन गर्नु उ्त्तम हुन्छ ।तर बढी अपाच्य खानेकुरा नखाने, तारेको पिरो मसलादार र चटपटे बस्तु नखानु नै राम्रो हुन्छ । धेरै गुलियो, खाद्य पदार्थबाट टाढै रहने, चिया, कफि, रक्सी, माछा, मासु कम खाने र खाईसकेपछि राम्ररी दाँत जिव्रो सफा गर्ने र पानी प्रसस्त खानु फाइदा जनक हुन्छ ।

मुख गन्हाउने अधिकांश समस्या मुख, गिंजा र दाँतकै समस्याबाट सिर्जित हुन्छन् ।

मुख या सास गन्हाउनुका कारण

१. हामीले खाएका खानेकुरालाई दाँतले टुक्राटुक्रा पार्छ, जिब्रोले पन्यूले जसरी चलाउँछ अनि र्‍यालले मुलायम बनएर निल्न सहयोग गर्छ ।
दाँतले त्यसरी खानेकुरालाई टुक्राटुक्रा पार्दा दाँतबीचको चेपचेपमा गए
र खानेकुरा अड्किन्छ र त्यसलाई समयमै निकाल्न सकिएन भने हाम्रो भान्साको फोहोर जसरी नै (कुहियर ) गन्ध फ्याँक्न थाल्छ अनि त्यही गन्ध मुखको ओडारबाट बहिर श्वास–प्रश्वाससँगै बहिर निस्कन्छ अनि वरिपरिका सबैलाई गन्हाउन थाल्छ ।
२. जिब्रोले खानेकुरा चलाउने क्रममा धेरथोर जिब्रोमा पनि पातलो तह फोहोरले ढाकेको हुन्छ । त्यो फोहोर मुखभित्रै केही समयपछि कुहिएर गन्ध निस्कन थाल्छ् ।
३. बंगारातिरको दुई दाँतबीचमा ठुलो चेप छ भने पनि त्यहाँ खाना अड्किन्छ, कुहिन्छ अनि गन्हाउँछ ।
४. कुनैकुनै दाँत कीराले खाएर ठूलो ढाँड बनिसकेका हुन्छन् । त्यो ढाँडमा नजानिँदो पाराले अड्किएका खानेकुरा लामो समयसम्म बसेर गन्ध निकाल्न मद्दत गरिरहेको हुन्छ ।
५. खैनी, चुरोट आदिको आदतका कारणले पनि मुख गन्हाउन सक्छ ।
६. कतिपय खानेकुरा आफंै पनि श्वास गन्हाउन मद्दत गर्ने खालका हुन्छन्, जस्तैलसुन, प्याज ।
७. मुख सुख्खा हुने कुनै रोग हुँदा पनि प्रशस्त मात्रामा तरल पदार्थले बगाउनुपर्ने फोहोर बग्न पाउँदैन अनि मुख गन्हाउन सक्छ ।
८. नक्कली दाँत लगाएका व्यक्तिहरूले नियमित सरसफाइ नगर्दा पनि अड्किएको फोहोर कुहिएर मुख गन्हाउन सक्छ । दाँतमा ब्रेसेस वा तार लगाएका व्यक्तिमा पनि फोहोर अड्किएर मुख गन्हाउन सक्छ ।

समाधान

१. दाँतमा लेउ लाग्न र फोहोर टाँसिन नदिन नियमित ब्रस गर्ने, दिनमा दुई पटक (खाना खाइसकेपछि) ।
२. नियमति मुख खोकल्ने वा कुल्ला गर्ने ।
३. मुखलाई नियमित रसिलो राख्ने, सुख्खा हुन नदिने ।
४. दुई दाँतबीचको चेपमा रहेका फोहोर निकाल्न डेन्टल फ्लस ( एक प्रकारको धागो) नियमित प्रयोग गरी दुई दाँतबीचमा फोहोर अड्किन नदिने ।
५. दुई दाँतको बीचमा अलि ठूलो ग्याप छ भने इन्टर्डेन्टल ब्रसले बाहिर भित्र गरेर फोहोर बस्न नदिने ।
६. कुल्ला गर्ने झोल पनि छोटो समयका लागि प्रयोग गर्न सकिन्छ ।
७. जिब्रीको सहयोगले जिब्रोमा फोहोर जम्न नदिने ।
८. मुख गन्हाउन सहयोग गर्ने सुर्ती इत्यादि छोड्ने ।
९. नक्कली दाँत (डेन्चर) राम्रोसँग नियमित सफा गर्ने ।

Monday, August 27, 2018

क्वाँटी खाँदाको फाइदा तथा बेफाइदा यस्ता छन्


काठमाडौँ - हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिनलाई क्वाँटी खाने अर्थात रक्षा बन्धन लगाउने विशेष दिनको रुपमा मानिदै आएको छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बदशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु यसबाट तिमी सुरक्षित बन विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परालाई निरन्तर रुपमा मान्दै आएको छ ।
क्वाँटी खाँदाको फाइदा तथा बेफाइदा यस्ता छन्


यस दिन मनाउने गरिन्छ। यस दिनमा मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । साथै यसै दिन जनाई फेर्ने पनि परम्परा रहेको छ। यस दिनलाई शरीर शुद्ध गरी देवता, सप्तऋषि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषि तर्पणीसमेत भन्ने गरिएको हो ।


यस दिनमा सप्‍तर्षिहरू काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्‍ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ । यस दिनमा एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षयामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता रहेको छ । त्यसकारण क्वाँटीलाई मानव शरीरको लागि फाइदाजनक रहेको छ ।


तर क्वाँटी बढी खाँदा बेफाइदा पनि हुन्छ । शरीरमा प्रोटिनको मात्रा धेरैनै बढेर जाने हुनाले युरिक एसिड बढ्ने सम्भावना बढेर जान्छ। शरीरमा भएको अत्याधिक मृगौलामा भार पर्न जाने गर्छ। जसको कारण मृगौलामा समस्या देखिने साथै फेल हुने समेत सम्भावना बढ्न सक्छ। यसकारण क्वाँटी धेरै खानु पनि बेफाइदा रहेको छ ।


क्वाँटी नेपालीको विभिन्न चाडपर्वमध्ये एक हो जनैपूर्णिमा । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । जनैपूर्णिमाको समयमा अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर खानेचलन छ । यस्ता गेडागुडीको मिश्रण खानु अघि यस्लाई टुसा उम्रेने गरी पानीमा भिजाउने चलन छ ।


चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदा जनक छन् टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार (झोल) हो । विभिन्न थरीका नौ गेडगुडीको टुसा उमारी पुर्णिमाका दिन क्वाँटी खाने गरिन्छ। चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि कति फाइदा जनक छन् त ? यस्ता छन् क्वाँटीका फाइदा:

१. कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो

२. मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ । तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एकपटक सल्लाह लिन आवश्यक छ

३. यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ

४. तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ

५. यो सजिलै पाच्य हुन्छ

६. पेटमा अनावश्यक वायु बनाउँदैन

७. क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ

८. रोग प्रतिरोधात्मक शक्ति बढाउछ

९. रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ

१०. क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ

११. मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ

१२. रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ

१३. टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले एसिडिटीतथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ

१४. पाचनशक्तिमा सुधार ल्याउँछ

१५. गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ


तर क्वाँटी बढी खाँदा बेफाइदा पनि हुन्छ । शरीरमा प्रोटिनको मात्रा धेरैनै बढेर जाने हुनाले युरिक एसिड बढ्ने सम्भावना बढेर जान्छ। शरीरमा भएको अत्याधिक मृगौलामा भार पर्न जाने गर्छ। जसको कारण मृगौलामा समस्या देखिने साथै फेल हुने समेत सम्भावना बढ्न सक्छ। यसकारण क्वाँटी धेरै खानु पनि बेफाइदा रहेको छ।

Sunday, August 26, 2018

तनाव कम गर्ने केहि घरेलु उपाय


काठमाडौं - आधुनिक युगमा तनाव प्रायः मानिसको समस्याको विषय बनेको छ । यसले हाम्रो दिनचर्या र कामलाई प्रत्यक्ष रूपमा प्रभावित पार्छ । यसबाट मुक्त हुन या उपचार गर्नका लागि चिकित्सककहाँ नै पुग्नुपर्छ भन्ने छैन । घरमै सजिलो गरी उपचार पनि गर्न सकिन्छ ।
तनाव कम गर्ने केहि घरेलु उपाय

तनावबाट मुक्त, आत्मबिश्वास रहनु, खुसी हुनु, दैनिक बाधा अवरोध, हाँसी खेली सामना गर्ने हिम्मत राख्नुलाई सामान्यतया स्वस्थ मानसिकता अथवा मानसिक स्वास्थ्य राम्रो भएको भनिन्छ ।


शारीरिक स्वास्थ्य जत्तिकै तपाईँले आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिनु पनि उत्तिकै जरुरी हुन्छ । त्यसैले आफ्नो मानसिकता कसरी स्वस्थ राख्ने र सुन्दर जीवनयापन कसरी गर्ने  ? आउनुस हामी तपाईँलाई केही उपाय सुझाउछौँ । ती उपायहरु यसप्रकार छन् :

ब्यक्तिगत सम्बन्ध :
तपाईँको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरुसंग राम्रो र स्वस्थ ब्यक्तिगत सम्बन्ध राख्नुस् । मानसिक स्वास्थ्यमा ब्यक्तिगत सम्बन्धको धेरै ठूलो भूमिका हुन्छ ।

मनोरञ्जनलाई समय दिनुस् :
आफ्नो दैनिक कार्यमा तपाइले भित्रबाटै गर्न मन पराउने क्रियाकलाप नाचगान खेल आदिको लागि समय निकाल्नु अत्यन्त जरुरी हुन्छ ।

समूहमा सहभागी :
आफ्नो जस्तै रुची भएका ब्यक्तिहरुको समूहमा  सहभागी हुने र रुचिका बिषयमा कुराकानी र भावना बिचार आदानप्रदान गर्न तपाइलाई मानसिक रुपमा स्वस्थ रहन मद्दत गर्छ ।

सामूदायिक क्रियाकलाप :
सामुदायिक क्रियाकलापमा सहभागी हुने गर्नाले आफूले समूदायलाई केही दिन सकेको खुसी मिल्छ । समुदायको बिकास निर्माण जनचेतना, सामूदायिक हितका कार्यक्रममा स्वयंसेवक बनी आफ्नो श्राम, ज्ञान र अनुभव बाड्नुहोस् ।

आफ्नो हेरचाह :
आफनो खानपान सरसफाई शारीरिक स्वास्थ्य आदिमा ध्यान दिनु आवश्यक छ । यसले तपाईको मानसिक स्वस्थ्यमा टेवा पुर्याउँछ ।

आफैलाई चुनौति :
कामकाजको समय होस् या अरु कुनै बेला आफैलाई नयाँ र नौलो कामको लागि चुनौति थप्नुस् । चुनौति पुरा गर्न नयाँ तरिका ज्ञान र अनुभवको खोजी गर्नुस् यसले तपाइलाई ब्यस्त र स्वस्थ राख्छ । चुनौति पुरा हँुदा तपाइको आफ्नो स्वयं बिकास भएको अनुभूति हुन्छ र खुसी लाग्छ ।

तनावको सामना :
तपाईलाई कस्तो अवस्था र ब्यबहारले तनावमा ल्याउँछ । र तनावको बेला तपाई कसरी प्रतिवाद गर्नुहुन्छ । यो आफैले बुझ्न जरुरी हुन्छ । र यो बिरुद्ध निरन्तर अभ्यास गरेर तनावको प्रभाव आफूमा कम गर्न सक्नुहुन्छ ।

पुनर्ताजकी :
मानसिक रुपमा स्वस्थ रहन निन्द्राको ठूलो भूमिका हुन्छ । नियमित रुपमा सही समयमा सुत्ने र उठ्ने बानीदखिे तपाईँलाई ताजा राख्छ । यसैगरी दिनभरीको कामको बीचबीचमा केही छोटो समय निकालेर कामको तनाबबाट पर रहने, टि भी हेर्ने, गफ गर्ने गर्नाले पुनः ताजा भई प्रभावकारी रुपमा काम सम्पन्न गर्न सकिन्छ ।

बर्तामानको महसुस :
धेरे जसो मानिसको मस्तिष्कमा या त पहिलेकै समयमा भएको सफलता असफलताका बारेमा भविष्यको योजना खेलिरहेको हुन्छ । यो गरिरहदा कहिलेकाहि तपाइले वर्तमानलाई भूलेको हुन सक्छ । त्यसैले कहिलेकाहि भूत र भविष्य भूलेर वर्तमानलाई महसुस गरी रमाउन सिक्दछौं र मानसिक रुपमा स्वस्थ रहन सक्छौं ।

मद्दत :
अरुलाई मद्दत गर्दा तपाइलाई खुसी त मिल्छ नै तर तपाइ आफै आफनो समस्याको बेला कत्तिको मद्दत माग्नु हुन्छ । कतिपय कामको सिलसिलामा समस्या उतपन्न हुन्छ । र तपाइलाई मद्दतको जरुरी पर्छ । यस्तो अवस्थामा निधक्र्क भएर मद्दत माग्नु उत्तम हुन्छ । यसले आफनो समस्या सेयर हुनुको साथै समाधानको उपाय अथवा मद्दत नै मिल्ने संभावना बढी हुन्छ र तपाइ मानसिक तनावबाट मुक्त रहन सक्नुहुन्छ ।


दूध र बदाम
तनावबाट टाढिनका लागि दूध र बदामको सही तरिकाले प्रयोग गर्न सकिन्छ । यो प्रायः सबैको घरमा हुन्छ या सजिलै लिन पनि सकिन्छ । आफ्नो आहारमा तातो दूध र ५ दाना बदाम समावेश गर्न सकिन्छ । दिनमा दुईदेखि तीनपटकसम्म यसको सेवन गर्न सकिन्छ । यसो गर्दा तनाव टाढा भागेर जान्छ ।

नीम
नीम मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले चर्मरोगलगायतका कैयौँ शारीरिक समस्याबाट मुक्ति पाइन्छ । यसले तनावलाई पनि सजिलै टाढा गर्न भूमिका खेल्छ । यसका लागि तपाईंले आफ्नाे निधारमा नीमको पाउडर लगाउन सक्नुहुन्छ ।

दूध र अदुवा
तनावलाई नियन्त्रणमा राख्न दूध र सुकेको अदुवालाई पनि प्रयोग गर्न सकिन्छ । दूध र अदुवाको पाउडरको पेस्ट बनाई टाउकोमा लगाउँदा तनावलाई निकै राहत मिल्छ । त्यसको केही समयपछि बिस्तारै तनाव कम हुँदै जान्छ ।
चिसो टावेल
यदि तनावका कारण टाउको दुखिरहन्छ या एकै ठाउँमा ध्यान केन्द्रित गर्न सकिरहनुभएको छैन भने चिन्ता लिनुपर्दैन । यसका लागि टावेललाई चिसो पानीमा भिजाएर निचोरी केहीछिन निधार या टाउकोमा राख्न सक्नुहुन्छ । यसो गरेको केही समयपछि बिस्तारै तनाव कम हुन्छ ।

नरिवलको तेल
नरिवलको तेलले मालिस गर्दा पनि तनाव दूर भएर जान्छ । तनाव भइरहको छ भने नरिवलको तेलले पूरै शरीर मसाज गर्न सक्नुहुन्छ । यसले तनावलाई कम त गर्छ नै, शरीरभरिको रक्तसञ्चार पनि स्वस्थ हुन्छ ।

पानको पात
पानको पातमा पीडा कम गर्ने र चिस्याउने गुण हुन्छ । यसले तनाव हटाउन पनि सहयोग पु¥याउँछ । यति मात्र नभएर तनावको अवस्थामा अँध्यारो कोठामा करिब आधा घन्टासम्म सुत्दा पनि हलुका अनुभूति हुन्छ ।

ग्रिन टी
मोटोपन कम गर्न, उच्च रक्तचापलाई सामान्य बनाउन, मुटुलाई स्वस्थ राख्न मात्र नभई तनावलाई दूर गर्न पनि ग्रिन टीको प्रयोग गर्न सक्नुहुन्छ । ग्रिन टीमा एलथियमाइन नामक तत्व हुन्छ । जसले तनाव कम गर्न मद्दत पु-याउँछ । यसका साथै तनावबाट बच्न सकारात्मक सोच र नियमित व्यायामको पनि आवश्यकता हुन्छ ।

स्वास्थ्यका लागि खतरनाक
वर्तमान समयमा मानिसको सबैभन्दा नजिकको साथी बनेको छ, तनाव । दैनिकीमा आउने अप्ठ्यारा, कामको प्रेसर र प्रतिस्पर्धाले मानिसलाई तनावयुक्त बनाइरहेको छ । तनाव हुँदा यसले पूर्ण शरीरमा प्रतिक्रिया देखाउँछ । जीवनमा संकट उत्पन्न हुँदा पनि तनाव उत्पन्न हुन्छ । यस्तो अवस्थामा मानसिक सन्तुलन बिग्रेर जान्छ । तनावका कारण मुड, रचनात्मकता, सम्बन्ध, स्वास्थ्य सबैमा असर पुग्ने गर्छ ।

भनिन्छ, जन्मनसाथ हामीलाई तनावले घेरा हाल्छ । अर्थात यो संसारमा कोहि छैन, तनावरहित ।
तनाव सबैलाई हुन्छ । बच्चा, किशोर, युवा, वयस्क, बृद्धा सबैलाई । धनी, गरिब । दुर्गमका, सुगमका । शिक्षित, अशिक्षित ।

तनाव भनेको मानसिक दबाव हो । हाम्रो काम, करियर, भविष्य सबैले यस किसिमको दबाव पैदा गर्छ । जबसम्म हाम्रो चेतना रहन्छ, तबसम्म तनाव हुन्छ । तर, तनाव हुँदैमा त्यसले आफुलाई नष्ट गर्छ त ?

तनावले त्यसबेला मात्र हामीलाई पिरोल्छ, जब यसको सहि व्यवस्थापन गर्न सकिदैन । तनाव व्यवस्थापन गर्ने कुरा हो । यो निर्मुल हुने कुरा होइन । अर्थात हाम्रो जीवनमा तनाव नै आउन नदिने भन्ने हुँदैन । तनाव आउँछ, तर त्यसलाई सहि ढंगले व्यवस्थापन गर्नुपर्छ ।

परिवार, आफन्त, साथीभाई, समाज आदिको कारण तनाव हुनसक्छ । आफ्नै व्यक्तिगत कारणले तनाव हुन्छ । परिस्थितीको कारण तनाव हुन्छ । असफलतामा तनाव हुन्छ, सफलतामा पनि । तर, तनावलाई लिने होइन, व्यवस्थापन गर्ने हो । कसरी ?

तनाव व्यवस्थापनको सूत्र
तनाव व्यवस्थापनका लागि कुनै औषधी सेवन गर्नुपर्दैन । शल्यक्रिया पनि गराउनु पर्दैन । यो मानसिक रुपले गर्न सकिन्छ । तनाव व्यवस्थापनको लागि यो कुरा सोच्नु जरुरी छ कि, संसारमा रहेका सबै चेतनशिल प्राणीलाई तनाव हुन्छ । अर्को कुरा, तनाव आफैमा समधान होइन । त्यसैले कुनै पनि कुरामा तनाव लिइरहनुको कुनै अर्थ छैन ।

जब परिस्थितीबस तनाव पैदा हुन्छ, त्यसलाई बिर्सने यत्न गुर्नपर्छ । यसका लागि मनपर्ने गेम खेल्न सकिन्छ, मनपर्ने पुस्तक पढ्न सकिन्छ, घुमफिर गर्न सकिन्छ, मिठो मसिनो खानेकुरा खान सकिन्छ । यावत क्रिया यसकारण गर्न पर्छ कि, मन अन्तैतिर मोडियोस् । किनभने तनाव भनेको मनले लिने कुरा हो । मनलाई नै अन्त मोडेपछि कसरी तनाव हुन्छ ?
त्यसबाहेक केहि शारीरिक क्रिया छ, जसले तनाव व्यवस्थापनमा सघाउँछ ।

लामो श्वास लिने
हरेक व्यक्तिको अलग-अलग स्ट्रेस प्वाइन्ट हुन्छ । अर्थात् तनावको अवस्थामा रहेका व्यक्ति शरीरका विभिन्न हिस्सामा दुखाईको अनुभव गर्छन् । विशेषतः टाउको, पेट, छाती वा खुट्टामा ।
यस्तो भएमा लामो सास लिनुपर्छ र कल्पना गरौ कि सो अंगबाट वायूसँगै तनाव पनि शरीर छोडेर बाहिर जाँदैछ । यस कल्पनाका साथै श्वास नलीबाट गहिरो श्वास छाड्नुपर्छ ।
उदाहरणका लागि यदि स्ट्रेसले गर्दा टाउकोमा दुखाई छ भने गहिरो सास लिनुस र कल्पना गर्नुस कि तपाईंको टाउकोमा अक्सिजन पुगिरहेको छ । केही सेकेन्ड रोकिएपछि कल्पना गरौ कि टाउकोबाट वायुका साथ तनाव पनि बाहिर निस्किदै छ । धेरैपटक यस्तो गर्दा तनाव स्वतः कम हुन्छ ।

एकान्तमा बसौं
तनावग्रहस्त हुँदा हल्लाखल्लाबाट टाढा एकान्तमा समय बिताउनु पनि प्रभावकारी हुन्छ । यो आफैंसँग संवाद गर्ने समय हो जसमा सबै समस्याहरुलाई भुलेर आफैंसँग मित्रवत व्यवहार गरिन्छ ।
आफैसँग वाचा गरौ कि, ती कुराहरुको बारेमा बिल्कुल सोच्नेछैनजुन तनावको कारण बनेका छन् । बल्कि ती कुराहरुको बारेमा सोचिन्छजसले ओठमा मुस्कान ल्याउँछ ।

आफ्नो रुचीको काम
आफ्नो मनपर्ने काम र शौखले व्यक्तिलाई तनावबाट मुक्त राख्न सहयोग गर्छ । चाहे बगैंचामा टहलिने होस, पेन्टिङ होस, गार्डेनिङ होस वा म्युजिक ।
हेडफोन लगाएर म्यूजिक सुन्दै तनाव भगाउन चाहने भने बिना शब्दको इन्स्ट्रुमेन्टल ट्र्याक सुनौ । लिरिक्सबाला गित सकभर नसुनौ किनकी त्यसले मनलाई भावुक बनाउँछ । घरमा कुनै जनावर छ भने उसँग समय बिताएर मन हल्का गर्न सकिन्छ ।

विशेष टिप्स
अक्सर मानिसहरु तनावका लागि परिस्थितिलाई दोष दिन्छन् । तर सत्य के हो भने परिस्थितिलाई नियन्त्रणमा लिन सम्भव छैन । त्यसैले हरेक परिस्थितिमा मनलाई स्थिर र प्रसन्न राख्ने कोशिश गर्नुपर्छ । तनावको सामना गर्न महिलाहरु पुरुषभन्दा अगाडि हुन्छन् ।

दौडधुप तथा व्यस्तताले भरिपूर्ण अहिलेको जिवनयापनमा जो कोही कामकाजी मान्छे बिहान उठेदेखि राति नसुत्दासम्म कुनै न कुनै तनाबमा रहिरहनुपर्छ । समयमा काम पूरा नभएको तनाव, कार्यक्षेत्रमा राम्रो गर्न नसकेको तथा अझै राम्रो गर्नुपर्ने दबाबका बीच हुने तनाब, सिमित तलब अर्थात् पैसाले घर व्यवहारका असिमित आवश्यकता पूरा गर्नुपर्ने तनाव आदि आदि घरेलु तथा बाह्य तनावहरु मान्छेले झेलिरहेको हुन्छ ।

विज्ञहरुका अनुसार मान्छेमा तनावै नहुने कुराको कल्पना गर्न सकिन्न र केही हदसम्मको तनावले मान्छेका लागि राम्रो गर्ने उत्प्रेरकको रुपमा भूमिका पनि निर्वाह गर्छ तर तनावले सीमा नाघ्यो भने त्यो हानिकारक हुन्छ । त्यसले मान्छेको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमै हानी गर्दछ । तनावले उच्च रक्तचाप तथा हृदयाघात जस्ता समस्याको खतरा बढ्छ । त्यसैले तनावलाई बढ्न दिनुहुँदैन । आखिर तनावलाई कसरी नियन्त्रण गर्ने त ? हामीले यहाँ केही टिप्स प्रस्तुत गरेका छौँ ।

बुढापाकाहरुसँग भेट गर्नुहोस् र कुराकानी गर्नुहोस् । तपाइँलाई निकै तनाव भएको छ भने तपाइँका वृद्ध हजुरबा हजुरआमालाई भेट्नुहोस् र उहाँहरुसँगै बसेर दिन बिताउनुहोस् । आफ्ना वृद्ध अभिभावकलाई भेट्न सम्भव छैन भने नजिकैका बुढापाकालाई भेट्न जानुहोस् । बुढा पाकासँगको बसाइले तपाइँलाई शान्ति मिल्छ र मनको तनाव कम हुन्छ ।

खानपान बदल्नुहोस् : तपाइँलाई कुनै कुराले तनाव दिइरहेको छ भने सधै खाएर दिक्क भएको चिज भन्दा नयाँ चिज खाने कोसिस गर्नुहोस् । अझ तपाइँले नयाँ पेय पदार्थको स्वाद लिएर तनावलाई भगाउन सक्नुहुन्छ । तपाइँले मदिरा नै खानुपर्छ भन्ने छैन मकटेल्स लिएर आनन्द लुट्न सक्नुहुन्छ र तातेको दिमागलाई मथ्थर पार्न सक्नुहुन्छ ।

नङलाई बनाउनुस् कलात्मक : अरु मानिसभन्दा अलग देखिने चाहना जो कोही महिलाको हुन्छ । हरेक महिला आफ्नो पोशाक, तथा श्रृंगार र लुक्सलाई लिएर निकै चनाखो हुन्छन् । नेल आर्ट अर्थात् नङलाई सुन्दर तथा विभिन्न नेल पालिस लगाएर आकर्षक बनाउने कला पनि यहीँ मध्येको एक प्यासन हो । वास्तवमा नङको श्रृंगार पनि एक रोमाञ्चक काम हो । यसलाई महिलाले फुर्सदको दिन अर्थात् छुट्टीको समयमा मन बहलाउन तथा तनावलाई दूर गर्न अपनाउन सक्छन् ।

विभिन्न घरायासी काम अर्थात् घरेलु सामान बनाउने काममा व्यस्त रहँदा पनि बाह्य कुराको तनाव कम हुन्छ । महिलाको हकमा प्लास्टिक वा कपडाका रंगीचंगी फूल बनाउने, घर कोठा सफाचट् पार्ने जस्ता कामले मन बहलाउन सहयोग गर्छ । त्यस्तै पूराना कापी किताबको अध्ययन, घरकोठा तथा बगैँचाको सरसफाइ, सीप भएमा फूलदानी वा टोकरी बनाउने, घरमा पालिएको कुकुरलाई घुमाउन लैजाने जस्ता कामले पुरुषलाई पनि तनाव घटाउन मद्धत गर्छ । तनाव हटाउन खासगरी सिर्जनात्मकता प्रयोग हुने सरल कामहरु गर्ने गर्नुपर्छ ।

पूराना कपडाको रिडिजाइन : के तपाइँ सधै एकै डिजाइनका कपडा लगाउँदा वाक्क हुनुभएको छ ? यदि त्यस्तो हो भने तपाइँले आफ्ना पूराना कपडालाई नयाँ लुक्स दिन सक्नुहुन्छ । तपाइँलाई सिलाइ कटाइ आउँछ भने आफैले पूराना कपडालाई नयाँ डिजाइनमा ढाल्न सक्नुहुन्छ । यदि तपाइँलाई आउँदैन भने चित्तबुझ्दो डिजाइनमा रिपेयर गरिदिन सूचिकारकहाँ लुगा लिएर जानुहोस् । पूराना कपडालाई नयाँ डिजाइनमा ढालेर लगाउँदा तपाइँले नौलो अनुभुति पाउन सक्नुहुन्छ । आफ्नो नयाँ लुक्स देख्दा तपाइँ भित्रभित्रै मख्ख पर्नुहुन्छ र तनाव घटेको महसुस हुनेछ ।

यी उल्लेखित तरिकाहरु अपनाउँदा तनाव घट्छ भन्ने कुरा सायद तपाइँलाई यसअघि थाहा नहुनसक्छ । सन्तुलित भोजन, नियमित व्यायाम, स्वस्थ सामाजिक जिवन, सहकार्य, ध्यान तथा योगा गर्ने तथा बढि महत्वाकांक्षा नराख्ने जस्ता कुराहरुले पनि तनाव घटाउन सहयोग पूराउँछन् । हेर्दा निकै साधारण जस्तो लाग्ने यी उपायहरुले कसरी तनाव घटाउला र ? भन्ने प्रश्न पनि हुनसक्छ । तर एकचोटी अपनाएर त हेर्नुस्, तपाइँको टेन्सन अवश्य पनि दूर हुनेछ ।

Monday, November 6, 2017

उडुसले सताएर हैरान हुनु भएको छ ? हेर्नुहोस उडुस भगाउने घरेलु उपायहरु यस्ता छन

विषालु कीराको बारेमा सोच्दा मात्र पनि कतिपयलाई राति निद्रा नै पर्दैन। उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुने गर्छ। उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई खोजेर निर्मूल पार्न एकदमै कठिन हुन्छ।
उडुस निर्मूल पार्ने उपाय 
एउटा माउ उडुसले आफ्नो जीवन कालभर ५ सय अण्डा पार्छ। ती अण्डाबाट निस्कने बच्चाले पछि फेरि अण्डा निष्कासन गर्छ। यसरी प्रत्येक पिढीमा तिनको सङ्ख्या बढ्दै जान्छ र यिनीहरू झुण्ड हुँदै पूरै घरभरि फैलन्छन् । त्यसैले, तिनको रोकथाममा जति ढिलाइ गर्‍यो, त्यति नै प्रकोप बढ्छ र नियन्त्रण गर्न पनि कठिन हुन्छ। उडुसलाई निर्मुल पार्न यसकारणले पनि कठिन छ कि, यिनीहरू नखाएर पनि लामो समयसम्म बाँच्न सक्छन्।
उडुसको जीवन चक्र                 

उडुस नियन्त्रणमा सघाउने केही घरेलु विधिहरु :
पुदिना: उडुसले पुदिनाको गन्ध सहन सक्दैन। त्यसैले, पुदानाका केही पात आफ्नो ओछ्यानको नजिक राख्नुहोस्। यदि तपाईंको घरमा साना बच्चा छन् भने उनीहरू सुत्ने ठाउँमा पनि पुदिनाका पात राखिदिनुहोस्। सुत्ने बेला तपाईं पुदिनाका पात पिसेर आफ्नो शरीरमा दल्न पनि सक्नुहुन्छ। यसो गर्दा उडुसको टोकाइबाट बच्न सकिन्छ।
कायेन पेपर रातो खुर्सानी: रातो खुसार्नीको गन्धले पनि उडुसहरू छिटो भाग्छन्। तपाईंले रातो खुर्सानीको धूलो बनाएर उडुस भएको ठाउँमा स्प्रे पनि गर्न सक्नुहुन्छ। यसो गर्नाले उडुस निष्क्रिय हुने गर्छन्।
लेवेण्डर: उडुसले लेवेडरको गन्ध सहन गर्न सक्दैन। त्यसैले, तपाईं लेवेण्डरको पात उडुस भएको कपडामा दल्न सक्नुहुन्छ । लेवेडरको पफ्र्युम स्प्रे गर्नाले पनि तिनको प्रकोपबाट बच्न सकिन्छ।
रोजमेरी: उडुस रोजमेरीको गन्धले पनि भाग्छ। तिनको नियन्त्रणका लागि तपाईं रोजमेरीको स्प्रे बनाएर पनि सम्भाव्य ठाउँहरूमा छर्कन सक्नुहुन्छ। राति यो विधिको प्रयोग गरी ढुक्कसँग निदाउनुहोस्।
नीलगिरी: नीलगिरीमा औषधीय गुण हुनुका साथै उडुस मार्ने क्षमता पनि हुन्छ । तपाईं यसको केही थोपा उडुस भएको ठाउँमा छर्कन सक्नुहुन्छ। साथै, नीलगिरीको तेल, रोजमेरी तथा लेवेण्डरको स्प्रे बनाई छर्किएर पनि उडुसबाट छुटकारा पाउन सकिन्छ।
बिनका पात: बिनका पात पहिलेदेखि नै उडुस मार्न प्रयोग हुँदै आएको पाइन्छ। तर, हामीलाई यसको चमत्कारी गुणहरूबारे भने कमै मात्र थाहा छ। हालै गरिएको एक अध्ययनले बिनका पातले उडुस मार्ने प्रमाणित गरेको छ। तपाईं पनि तिनका पात तथा रसको प्रयोग गरी उडुस निर्मूल पार्न सक्नुहुन्छ।
टी ट्री स्प्रे: टी ट्रीको तेल एण्टी माइक्रोबियलको रूपमा परिचित छ। उडुसबाट छुटकारा पाउन पनि यो उत्तिकै उपयोगी छ। यसको प्रयोगका लागि टी ट्रीको तेलको एउटा ठूलो सिसी खरीद गर्नुहोस्। यसमा अलिकति पानी मिसाएर केही पातलो बनाउनुहोस्। अब यसलाई स्प्रे बोतलमा भरेर भित्ता, पलङ, दराज, फर्निचर, डसना, कपडालगायत सामग्रीमा छर्कनुहोस्। यसलाई एक हप्ता लगातार छर्कनाले तपाईं सधैंभरका लागि उडुसबाट छुटकारा पाउन सक्नुहुनेछ।
नीमको तेल: नीमको तेल उत्तर भारतमा पाइने नीमबाट निकालिन्छ। यसमा धेरै एण्टी माइक्रोबियल गुण हुन्छन्। कीराहरू टाढा राख्न यसको प्रयोग गरिन्छ। नीमको तेल औषधि पसलमा पाइन्छ । यसको प्रयोग उडुस भएको ठाउँ तथा घरको सबै भागमा छर्केर गर्न सकिन्छ। साथै, साबुनमा यसलाई मिसाएर कपडा धुने गर्नाले यसको गन्धले उडुस टाढा भाग्छ।
थाइम: अजवाइनको फूलस्थाइम इटलीको एक लोकप्रिय बुटी हो, जसको प्रयोग खानामा स्वाद बढाउन गरिन्छ। थाइमले उडुसलाई सीधा असर त गर्दैन, तर यसको गन्ध उडुसले सहन गर्न सक्दैन । यसको गन्धले उडुसहरू लुकेको ठाउँबाट निस्कन्छन्। थाइमका पात जालीदार ब्यागमा राखेर उडुस भएको ठाउँमा राखिदिनुहोस् । हरेक ३ दिनमा ब्यागका पात निकालेर ताजा पात राख्नुहोस् । यसो गर्नाले तपाईं उडुसको तनावबाट मुक्त हुन सक्नुहुन्छ।
स्वीट फ्लेग: स्वीट फ्लेगलाई कलामस पनि भनिन्छ। यसको प्रयोग रसायनमा आधारित कीटनाशक बनाउन गरिन्छ। यसमा एण्टी माइक्रोबियल गुण हुन्छ, जसको कारणले उडुसजस्ता परजीवी भगाउँछ। यसबाट बनेको हर्बल कीटनाशक तपाईं किचेन गार्डेनसम्बन्धी पसलमा पाउन सक्नुहुन्छ। स्वीट फ्लेगको पाउडर ल्याएर त्यसको प्याकेटमा लेखिएको निर्देशनअनुसार त्यसको घोल बनाउनुहोस्। त्यस घोललाई आफ्नो घरको कुनाकुना (उडुस भएको ठाउँ)मा छर्कनुहोस्। उडुस भगाउन यो विधि पनि निकै प्रभावकारी मानिएको छ।

सेतो पुतलीको आक्रमणले आँखाको दृष्टि नै गुम्न सक्ने सापु रोगको लक्षण र बच्ने उपाय

काठमाण्डौ – डेंगुको डर बढेको बेला फेरि आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहेको अर्को रोगको प्रकोप देखिएको छ । सिजनल हाइपरएक्युट पानुभिआइट...