Covid-19 Update

Monday, August 27, 2018

क्वाँटी खाँदाको फाइदा तथा बेफाइदा यस्ता छन्


काठमाडौँ - हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिनलाई क्वाँटी खाने अर्थात रक्षा बन्धन लगाउने विशेष दिनको रुपमा मानिदै आएको छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बदशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु यसबाट तिमी सुरक्षित बन विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परालाई निरन्तर रुपमा मान्दै आएको छ ।
क्वाँटी खाँदाको फाइदा तथा बेफाइदा यस्ता छन्


यस दिन मनाउने गरिन्छ। यस दिनमा मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । साथै यसै दिन जनाई फेर्ने पनि परम्परा रहेको छ। यस दिनलाई शरीर शुद्ध गरी देवता, सप्तऋषि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषि तर्पणीसमेत भन्ने गरिएको हो ।


यस दिनमा सप्‍तर्षिहरू काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्‍ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ । यस दिनमा एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षयामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता रहेको छ । त्यसकारण क्वाँटीलाई मानव शरीरको लागि फाइदाजनक रहेको छ ।


तर क्वाँटी बढी खाँदा बेफाइदा पनि हुन्छ । शरीरमा प्रोटिनको मात्रा धेरैनै बढेर जाने हुनाले युरिक एसिड बढ्ने सम्भावना बढेर जान्छ। शरीरमा भएको अत्याधिक मृगौलामा भार पर्न जाने गर्छ। जसको कारण मृगौलामा समस्या देखिने साथै फेल हुने समेत सम्भावना बढ्न सक्छ। यसकारण क्वाँटी धेरै खानु पनि बेफाइदा रहेको छ ।


क्वाँटी नेपालीको विभिन्न चाडपर्वमध्ये एक हो जनैपूर्णिमा । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । जनैपूर्णिमाको समयमा अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर खानेचलन छ । यस्ता गेडागुडीको मिश्रण खानु अघि यस्लाई टुसा उम्रेने गरी पानीमा भिजाउने चलन छ ।


चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदा जनक छन् टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार (झोल) हो । विभिन्न थरीका नौ गेडगुडीको टुसा उमारी पुर्णिमाका दिन क्वाँटी खाने गरिन्छ। चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि कति फाइदा जनक छन् त ? यस्ता छन् क्वाँटीका फाइदा:

१. कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो

२. मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ । तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एकपटक सल्लाह लिन आवश्यक छ

३. यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ

४. तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ

५. यो सजिलै पाच्य हुन्छ

६. पेटमा अनावश्यक वायु बनाउँदैन

७. क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ

८. रोग प्रतिरोधात्मक शक्ति बढाउछ

९. रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ

१०. क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ

११. मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ

१२. रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ

१३. टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले एसिडिटीतथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ

१४. पाचनशक्तिमा सुधार ल्याउँछ

१५. गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ


तर क्वाँटी बढी खाँदा बेफाइदा पनि हुन्छ । शरीरमा प्रोटिनको मात्रा धेरैनै बढेर जाने हुनाले युरिक एसिड बढ्ने सम्भावना बढेर जान्छ। शरीरमा भएको अत्याधिक मृगौलामा भार पर्न जाने गर्छ। जसको कारण मृगौलामा समस्या देखिने साथै फेल हुने समेत सम्भावना बढ्न सक्छ। यसकारण क्वाँटी धेरै खानु पनि बेफाइदा रहेको छ।

Sunday, August 26, 2018

तनाव कम गर्ने केहि घरेलु उपाय


काठमाडौं - आधुनिक युगमा तनाव प्रायः मानिसको समस्याको विषय बनेको छ । यसले हाम्रो दिनचर्या र कामलाई प्रत्यक्ष रूपमा प्रभावित पार्छ । यसबाट मुक्त हुन या उपचार गर्नका लागि चिकित्सककहाँ नै पुग्नुपर्छ भन्ने छैन । घरमै सजिलो गरी उपचार पनि गर्न सकिन्छ ।
तनाव कम गर्ने केहि घरेलु उपाय

तनावबाट मुक्त, आत्मबिश्वास रहनु, खुसी हुनु, दैनिक बाधा अवरोध, हाँसी खेली सामना गर्ने हिम्मत राख्नुलाई सामान्यतया स्वस्थ मानसिकता अथवा मानसिक स्वास्थ्य राम्रो भएको भनिन्छ ।


शारीरिक स्वास्थ्य जत्तिकै तपाईँले आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिनु पनि उत्तिकै जरुरी हुन्छ । त्यसैले आफ्नो मानसिकता कसरी स्वस्थ राख्ने र सुन्दर जीवनयापन कसरी गर्ने  ? आउनुस हामी तपाईँलाई केही उपाय सुझाउछौँ । ती उपायहरु यसप्रकार छन् :

ब्यक्तिगत सम्बन्ध :
तपाईँको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरुसंग राम्रो र स्वस्थ ब्यक्तिगत सम्बन्ध राख्नुस् । मानसिक स्वास्थ्यमा ब्यक्तिगत सम्बन्धको धेरै ठूलो भूमिका हुन्छ ।

मनोरञ्जनलाई समय दिनुस् :
आफ्नो दैनिक कार्यमा तपाइले भित्रबाटै गर्न मन पराउने क्रियाकलाप नाचगान खेल आदिको लागि समय निकाल्नु अत्यन्त जरुरी हुन्छ ।

समूहमा सहभागी :
आफ्नो जस्तै रुची भएका ब्यक्तिहरुको समूहमा  सहभागी हुने र रुचिका बिषयमा कुराकानी र भावना बिचार आदानप्रदान गर्न तपाइलाई मानसिक रुपमा स्वस्थ रहन मद्दत गर्छ ।

सामूदायिक क्रियाकलाप :
सामुदायिक क्रियाकलापमा सहभागी हुने गर्नाले आफूले समूदायलाई केही दिन सकेको खुसी मिल्छ । समुदायको बिकास निर्माण जनचेतना, सामूदायिक हितका कार्यक्रममा स्वयंसेवक बनी आफ्नो श्राम, ज्ञान र अनुभव बाड्नुहोस् ।

आफ्नो हेरचाह :
आफनो खानपान सरसफाई शारीरिक स्वास्थ्य आदिमा ध्यान दिनु आवश्यक छ । यसले तपाईको मानसिक स्वस्थ्यमा टेवा पुर्याउँछ ।

आफैलाई चुनौति :
कामकाजको समय होस् या अरु कुनै बेला आफैलाई नयाँ र नौलो कामको लागि चुनौति थप्नुस् । चुनौति पुरा गर्न नयाँ तरिका ज्ञान र अनुभवको खोजी गर्नुस् यसले तपाइलाई ब्यस्त र स्वस्थ राख्छ । चुनौति पुरा हँुदा तपाइको आफ्नो स्वयं बिकास भएको अनुभूति हुन्छ र खुसी लाग्छ ।

तनावको सामना :
तपाईलाई कस्तो अवस्था र ब्यबहारले तनावमा ल्याउँछ । र तनावको बेला तपाई कसरी प्रतिवाद गर्नुहुन्छ । यो आफैले बुझ्न जरुरी हुन्छ । र यो बिरुद्ध निरन्तर अभ्यास गरेर तनावको प्रभाव आफूमा कम गर्न सक्नुहुन्छ ।

पुनर्ताजकी :
मानसिक रुपमा स्वस्थ रहन निन्द्राको ठूलो भूमिका हुन्छ । नियमित रुपमा सही समयमा सुत्ने र उठ्ने बानीदखिे तपाईँलाई ताजा राख्छ । यसैगरी दिनभरीको कामको बीचबीचमा केही छोटो समय निकालेर कामको तनाबबाट पर रहने, टि भी हेर्ने, गफ गर्ने गर्नाले पुनः ताजा भई प्रभावकारी रुपमा काम सम्पन्न गर्न सकिन्छ ।

बर्तामानको महसुस :
धेरे जसो मानिसको मस्तिष्कमा या त पहिलेकै समयमा भएको सफलता असफलताका बारेमा भविष्यको योजना खेलिरहेको हुन्छ । यो गरिरहदा कहिलेकाहि तपाइले वर्तमानलाई भूलेको हुन सक्छ । त्यसैले कहिलेकाहि भूत र भविष्य भूलेर वर्तमानलाई महसुस गरी रमाउन सिक्दछौं र मानसिक रुपमा स्वस्थ रहन सक्छौं ।

मद्दत :
अरुलाई मद्दत गर्दा तपाइलाई खुसी त मिल्छ नै तर तपाइ आफै आफनो समस्याको बेला कत्तिको मद्दत माग्नु हुन्छ । कतिपय कामको सिलसिलामा समस्या उतपन्न हुन्छ । र तपाइलाई मद्दतको जरुरी पर्छ । यस्तो अवस्थामा निधक्र्क भएर मद्दत माग्नु उत्तम हुन्छ । यसले आफनो समस्या सेयर हुनुको साथै समाधानको उपाय अथवा मद्दत नै मिल्ने संभावना बढी हुन्छ र तपाइ मानसिक तनावबाट मुक्त रहन सक्नुहुन्छ ।


दूध र बदाम
तनावबाट टाढिनका लागि दूध र बदामको सही तरिकाले प्रयोग गर्न सकिन्छ । यो प्रायः सबैको घरमा हुन्छ या सजिलै लिन पनि सकिन्छ । आफ्नो आहारमा तातो दूध र ५ दाना बदाम समावेश गर्न सकिन्छ । दिनमा दुईदेखि तीनपटकसम्म यसको सेवन गर्न सकिन्छ । यसो गर्दा तनाव टाढा भागेर जान्छ ।

नीम
नीम मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले चर्मरोगलगायतका कैयौँ शारीरिक समस्याबाट मुक्ति पाइन्छ । यसले तनावलाई पनि सजिलै टाढा गर्न भूमिका खेल्छ । यसका लागि तपाईंले आफ्नाे निधारमा नीमको पाउडर लगाउन सक्नुहुन्छ ।

दूध र अदुवा
तनावलाई नियन्त्रणमा राख्न दूध र सुकेको अदुवालाई पनि प्रयोग गर्न सकिन्छ । दूध र अदुवाको पाउडरको पेस्ट बनाई टाउकोमा लगाउँदा तनावलाई निकै राहत मिल्छ । त्यसको केही समयपछि बिस्तारै तनाव कम हुँदै जान्छ ।
चिसो टावेल
यदि तनावका कारण टाउको दुखिरहन्छ या एकै ठाउँमा ध्यान केन्द्रित गर्न सकिरहनुभएको छैन भने चिन्ता लिनुपर्दैन । यसका लागि टावेललाई चिसो पानीमा भिजाएर निचोरी केहीछिन निधार या टाउकोमा राख्न सक्नुहुन्छ । यसो गरेको केही समयपछि बिस्तारै तनाव कम हुन्छ ।

नरिवलको तेल
नरिवलको तेलले मालिस गर्दा पनि तनाव दूर भएर जान्छ । तनाव भइरहको छ भने नरिवलको तेलले पूरै शरीर मसाज गर्न सक्नुहुन्छ । यसले तनावलाई कम त गर्छ नै, शरीरभरिको रक्तसञ्चार पनि स्वस्थ हुन्छ ।

पानको पात
पानको पातमा पीडा कम गर्ने र चिस्याउने गुण हुन्छ । यसले तनाव हटाउन पनि सहयोग पु¥याउँछ । यति मात्र नभएर तनावको अवस्थामा अँध्यारो कोठामा करिब आधा घन्टासम्म सुत्दा पनि हलुका अनुभूति हुन्छ ।

ग्रिन टी
मोटोपन कम गर्न, उच्च रक्तचापलाई सामान्य बनाउन, मुटुलाई स्वस्थ राख्न मात्र नभई तनावलाई दूर गर्न पनि ग्रिन टीको प्रयोग गर्न सक्नुहुन्छ । ग्रिन टीमा एलथियमाइन नामक तत्व हुन्छ । जसले तनाव कम गर्न मद्दत पु-याउँछ । यसका साथै तनावबाट बच्न सकारात्मक सोच र नियमित व्यायामको पनि आवश्यकता हुन्छ ।

स्वास्थ्यका लागि खतरनाक
वर्तमान समयमा मानिसको सबैभन्दा नजिकको साथी बनेको छ, तनाव । दैनिकीमा आउने अप्ठ्यारा, कामको प्रेसर र प्रतिस्पर्धाले मानिसलाई तनावयुक्त बनाइरहेको छ । तनाव हुँदा यसले पूर्ण शरीरमा प्रतिक्रिया देखाउँछ । जीवनमा संकट उत्पन्न हुँदा पनि तनाव उत्पन्न हुन्छ । यस्तो अवस्थामा मानसिक सन्तुलन बिग्रेर जान्छ । तनावका कारण मुड, रचनात्मकता, सम्बन्ध, स्वास्थ्य सबैमा असर पुग्ने गर्छ ।

भनिन्छ, जन्मनसाथ हामीलाई तनावले घेरा हाल्छ । अर्थात यो संसारमा कोहि छैन, तनावरहित ।
तनाव सबैलाई हुन्छ । बच्चा, किशोर, युवा, वयस्क, बृद्धा सबैलाई । धनी, गरिब । दुर्गमका, सुगमका । शिक्षित, अशिक्षित ।

तनाव भनेको मानसिक दबाव हो । हाम्रो काम, करियर, भविष्य सबैले यस किसिमको दबाव पैदा गर्छ । जबसम्म हाम्रो चेतना रहन्छ, तबसम्म तनाव हुन्छ । तर, तनाव हुँदैमा त्यसले आफुलाई नष्ट गर्छ त ?

तनावले त्यसबेला मात्र हामीलाई पिरोल्छ, जब यसको सहि व्यवस्थापन गर्न सकिदैन । तनाव व्यवस्थापन गर्ने कुरा हो । यो निर्मुल हुने कुरा होइन । अर्थात हाम्रो जीवनमा तनाव नै आउन नदिने भन्ने हुँदैन । तनाव आउँछ, तर त्यसलाई सहि ढंगले व्यवस्थापन गर्नुपर्छ ।

परिवार, आफन्त, साथीभाई, समाज आदिको कारण तनाव हुनसक्छ । आफ्नै व्यक्तिगत कारणले तनाव हुन्छ । परिस्थितीको कारण तनाव हुन्छ । असफलतामा तनाव हुन्छ, सफलतामा पनि । तर, तनावलाई लिने होइन, व्यवस्थापन गर्ने हो । कसरी ?

तनाव व्यवस्थापनको सूत्र
तनाव व्यवस्थापनका लागि कुनै औषधी सेवन गर्नुपर्दैन । शल्यक्रिया पनि गराउनु पर्दैन । यो मानसिक रुपले गर्न सकिन्छ । तनाव व्यवस्थापनको लागि यो कुरा सोच्नु जरुरी छ कि, संसारमा रहेका सबै चेतनशिल प्राणीलाई तनाव हुन्छ । अर्को कुरा, तनाव आफैमा समधान होइन । त्यसैले कुनै पनि कुरामा तनाव लिइरहनुको कुनै अर्थ छैन ।

जब परिस्थितीबस तनाव पैदा हुन्छ, त्यसलाई बिर्सने यत्न गुर्नपर्छ । यसका लागि मनपर्ने गेम खेल्न सकिन्छ, मनपर्ने पुस्तक पढ्न सकिन्छ, घुमफिर गर्न सकिन्छ, मिठो मसिनो खानेकुरा खान सकिन्छ । यावत क्रिया यसकारण गर्न पर्छ कि, मन अन्तैतिर मोडियोस् । किनभने तनाव भनेको मनले लिने कुरा हो । मनलाई नै अन्त मोडेपछि कसरी तनाव हुन्छ ?
त्यसबाहेक केहि शारीरिक क्रिया छ, जसले तनाव व्यवस्थापनमा सघाउँछ ।

लामो श्वास लिने
हरेक व्यक्तिको अलग-अलग स्ट्रेस प्वाइन्ट हुन्छ । अर्थात् तनावको अवस्थामा रहेका व्यक्ति शरीरका विभिन्न हिस्सामा दुखाईको अनुभव गर्छन् । विशेषतः टाउको, पेट, छाती वा खुट्टामा ।
यस्तो भएमा लामो सास लिनुपर्छ र कल्पना गरौ कि सो अंगबाट वायूसँगै तनाव पनि शरीर छोडेर बाहिर जाँदैछ । यस कल्पनाका साथै श्वास नलीबाट गहिरो श्वास छाड्नुपर्छ ।
उदाहरणका लागि यदि स्ट्रेसले गर्दा टाउकोमा दुखाई छ भने गहिरो सास लिनुस र कल्पना गर्नुस कि तपाईंको टाउकोमा अक्सिजन पुगिरहेको छ । केही सेकेन्ड रोकिएपछि कल्पना गरौ कि टाउकोबाट वायुका साथ तनाव पनि बाहिर निस्किदै छ । धेरैपटक यस्तो गर्दा तनाव स्वतः कम हुन्छ ।

एकान्तमा बसौं
तनावग्रहस्त हुँदा हल्लाखल्लाबाट टाढा एकान्तमा समय बिताउनु पनि प्रभावकारी हुन्छ । यो आफैंसँग संवाद गर्ने समय हो जसमा सबै समस्याहरुलाई भुलेर आफैंसँग मित्रवत व्यवहार गरिन्छ ।
आफैसँग वाचा गरौ कि, ती कुराहरुको बारेमा बिल्कुल सोच्नेछैनजुन तनावको कारण बनेका छन् । बल्कि ती कुराहरुको बारेमा सोचिन्छजसले ओठमा मुस्कान ल्याउँछ ।

आफ्नो रुचीको काम
आफ्नो मनपर्ने काम र शौखले व्यक्तिलाई तनावबाट मुक्त राख्न सहयोग गर्छ । चाहे बगैंचामा टहलिने होस, पेन्टिङ होस, गार्डेनिङ होस वा म्युजिक ।
हेडफोन लगाएर म्यूजिक सुन्दै तनाव भगाउन चाहने भने बिना शब्दको इन्स्ट्रुमेन्टल ट्र्याक सुनौ । लिरिक्सबाला गित सकभर नसुनौ किनकी त्यसले मनलाई भावुक बनाउँछ । घरमा कुनै जनावर छ भने उसँग समय बिताएर मन हल्का गर्न सकिन्छ ।

विशेष टिप्स
अक्सर मानिसहरु तनावका लागि परिस्थितिलाई दोष दिन्छन् । तर सत्य के हो भने परिस्थितिलाई नियन्त्रणमा लिन सम्भव छैन । त्यसैले हरेक परिस्थितिमा मनलाई स्थिर र प्रसन्न राख्ने कोशिश गर्नुपर्छ । तनावको सामना गर्न महिलाहरु पुरुषभन्दा अगाडि हुन्छन् ।

दौडधुप तथा व्यस्तताले भरिपूर्ण अहिलेको जिवनयापनमा जो कोही कामकाजी मान्छे बिहान उठेदेखि राति नसुत्दासम्म कुनै न कुनै तनाबमा रहिरहनुपर्छ । समयमा काम पूरा नभएको तनाव, कार्यक्षेत्रमा राम्रो गर्न नसकेको तथा अझै राम्रो गर्नुपर्ने दबाबका बीच हुने तनाब, सिमित तलब अर्थात् पैसाले घर व्यवहारका असिमित आवश्यकता पूरा गर्नुपर्ने तनाव आदि आदि घरेलु तथा बाह्य तनावहरु मान्छेले झेलिरहेको हुन्छ ।

विज्ञहरुका अनुसार मान्छेमा तनावै नहुने कुराको कल्पना गर्न सकिन्न र केही हदसम्मको तनावले मान्छेका लागि राम्रो गर्ने उत्प्रेरकको रुपमा भूमिका पनि निर्वाह गर्छ तर तनावले सीमा नाघ्यो भने त्यो हानिकारक हुन्छ । त्यसले मान्छेको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमै हानी गर्दछ । तनावले उच्च रक्तचाप तथा हृदयाघात जस्ता समस्याको खतरा बढ्छ । त्यसैले तनावलाई बढ्न दिनुहुँदैन । आखिर तनावलाई कसरी नियन्त्रण गर्ने त ? हामीले यहाँ केही टिप्स प्रस्तुत गरेका छौँ ।

बुढापाकाहरुसँग भेट गर्नुहोस् र कुराकानी गर्नुहोस् । तपाइँलाई निकै तनाव भएको छ भने तपाइँका वृद्ध हजुरबा हजुरआमालाई भेट्नुहोस् र उहाँहरुसँगै बसेर दिन बिताउनुहोस् । आफ्ना वृद्ध अभिभावकलाई भेट्न सम्भव छैन भने नजिकैका बुढापाकालाई भेट्न जानुहोस् । बुढा पाकासँगको बसाइले तपाइँलाई शान्ति मिल्छ र मनको तनाव कम हुन्छ ।

खानपान बदल्नुहोस् : तपाइँलाई कुनै कुराले तनाव दिइरहेको छ भने सधै खाएर दिक्क भएको चिज भन्दा नयाँ चिज खाने कोसिस गर्नुहोस् । अझ तपाइँले नयाँ पेय पदार्थको स्वाद लिएर तनावलाई भगाउन सक्नुहुन्छ । तपाइँले मदिरा नै खानुपर्छ भन्ने छैन मकटेल्स लिएर आनन्द लुट्न सक्नुहुन्छ र तातेको दिमागलाई मथ्थर पार्न सक्नुहुन्छ ।

नङलाई बनाउनुस् कलात्मक : अरु मानिसभन्दा अलग देखिने चाहना जो कोही महिलाको हुन्छ । हरेक महिला आफ्नो पोशाक, तथा श्रृंगार र लुक्सलाई लिएर निकै चनाखो हुन्छन् । नेल आर्ट अर्थात् नङलाई सुन्दर तथा विभिन्न नेल पालिस लगाएर आकर्षक बनाउने कला पनि यहीँ मध्येको एक प्यासन हो । वास्तवमा नङको श्रृंगार पनि एक रोमाञ्चक काम हो । यसलाई महिलाले फुर्सदको दिन अर्थात् छुट्टीको समयमा मन बहलाउन तथा तनावलाई दूर गर्न अपनाउन सक्छन् ।

विभिन्न घरायासी काम अर्थात् घरेलु सामान बनाउने काममा व्यस्त रहँदा पनि बाह्य कुराको तनाव कम हुन्छ । महिलाको हकमा प्लास्टिक वा कपडाका रंगीचंगी फूल बनाउने, घर कोठा सफाचट् पार्ने जस्ता कामले मन बहलाउन सहयोग गर्छ । त्यस्तै पूराना कापी किताबको अध्ययन, घरकोठा तथा बगैँचाको सरसफाइ, सीप भएमा फूलदानी वा टोकरी बनाउने, घरमा पालिएको कुकुरलाई घुमाउन लैजाने जस्ता कामले पुरुषलाई पनि तनाव घटाउन मद्धत गर्छ । तनाव हटाउन खासगरी सिर्जनात्मकता प्रयोग हुने सरल कामहरु गर्ने गर्नुपर्छ ।

पूराना कपडाको रिडिजाइन : के तपाइँ सधै एकै डिजाइनका कपडा लगाउँदा वाक्क हुनुभएको छ ? यदि त्यस्तो हो भने तपाइँले आफ्ना पूराना कपडालाई नयाँ लुक्स दिन सक्नुहुन्छ । तपाइँलाई सिलाइ कटाइ आउँछ भने आफैले पूराना कपडालाई नयाँ डिजाइनमा ढाल्न सक्नुहुन्छ । यदि तपाइँलाई आउँदैन भने चित्तबुझ्दो डिजाइनमा रिपेयर गरिदिन सूचिकारकहाँ लुगा लिएर जानुहोस् । पूराना कपडालाई नयाँ डिजाइनमा ढालेर लगाउँदा तपाइँले नौलो अनुभुति पाउन सक्नुहुन्छ । आफ्नो नयाँ लुक्स देख्दा तपाइँ भित्रभित्रै मख्ख पर्नुहुन्छ र तनाव घटेको महसुस हुनेछ ।

यी उल्लेखित तरिकाहरु अपनाउँदा तनाव घट्छ भन्ने कुरा सायद तपाइँलाई यसअघि थाहा नहुनसक्छ । सन्तुलित भोजन, नियमित व्यायाम, स्वस्थ सामाजिक जिवन, सहकार्य, ध्यान तथा योगा गर्ने तथा बढि महत्वाकांक्षा नराख्ने जस्ता कुराहरुले पनि तनाव घटाउन सहयोग पूराउँछन् । हेर्दा निकै साधारण जस्तो लाग्ने यी उपायहरुले कसरी तनाव घटाउला र ? भन्ने प्रश्न पनि हुनसक्छ । तर एकचोटी अपनाएर त हेर्नुस्, तपाइँको टेन्सन अवश्य पनि दूर हुनेछ ।

Monday, November 6, 2017

उडुसले सताएर हैरान हुनु भएको छ ? हेर्नुहोस उडुस भगाउने घरेलु उपायहरु यस्ता छन

विषालु कीराको बारेमा सोच्दा मात्र पनि कतिपयलाई राति निद्रा नै पर्दैन। उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुने गर्छ। उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई खोजेर निर्मूल पार्न एकदमै कठिन हुन्छ।
उडुस निर्मूल पार्ने उपाय 
एउटा माउ उडुसले आफ्नो जीवन कालभर ५ सय अण्डा पार्छ। ती अण्डाबाट निस्कने बच्चाले पछि फेरि अण्डा निष्कासन गर्छ। यसरी प्रत्येक पिढीमा तिनको सङ्ख्या बढ्दै जान्छ र यिनीहरू झुण्ड हुँदै पूरै घरभरि फैलन्छन् । त्यसैले, तिनको रोकथाममा जति ढिलाइ गर्‍यो, त्यति नै प्रकोप बढ्छ र नियन्त्रण गर्न पनि कठिन हुन्छ। उडुसलाई निर्मुल पार्न यसकारणले पनि कठिन छ कि, यिनीहरू नखाएर पनि लामो समयसम्म बाँच्न सक्छन्।
उडुसको जीवन चक्र                 

उडुस नियन्त्रणमा सघाउने केही घरेलु विधिहरु :
पुदिना: उडुसले पुदिनाको गन्ध सहन सक्दैन। त्यसैले, पुदानाका केही पात आफ्नो ओछ्यानको नजिक राख्नुहोस्। यदि तपाईंको घरमा साना बच्चा छन् भने उनीहरू सुत्ने ठाउँमा पनि पुदिनाका पात राखिदिनुहोस्। सुत्ने बेला तपाईं पुदिनाका पात पिसेर आफ्नो शरीरमा दल्न पनि सक्नुहुन्छ। यसो गर्दा उडुसको टोकाइबाट बच्न सकिन्छ।
कायेन पेपर रातो खुर्सानी: रातो खुसार्नीको गन्धले पनि उडुसहरू छिटो भाग्छन्। तपाईंले रातो खुर्सानीको धूलो बनाएर उडुस भएको ठाउँमा स्प्रे पनि गर्न सक्नुहुन्छ। यसो गर्नाले उडुस निष्क्रिय हुने गर्छन्।
लेवेण्डर: उडुसले लेवेडरको गन्ध सहन गर्न सक्दैन। त्यसैले, तपाईं लेवेण्डरको पात उडुस भएको कपडामा दल्न सक्नुहुन्छ । लेवेडरको पफ्र्युम स्प्रे गर्नाले पनि तिनको प्रकोपबाट बच्न सकिन्छ।
रोजमेरी: उडुस रोजमेरीको गन्धले पनि भाग्छ। तिनको नियन्त्रणका लागि तपाईं रोजमेरीको स्प्रे बनाएर पनि सम्भाव्य ठाउँहरूमा छर्कन सक्नुहुन्छ। राति यो विधिको प्रयोग गरी ढुक्कसँग निदाउनुहोस्।
नीलगिरी: नीलगिरीमा औषधीय गुण हुनुका साथै उडुस मार्ने क्षमता पनि हुन्छ । तपाईं यसको केही थोपा उडुस भएको ठाउँमा छर्कन सक्नुहुन्छ। साथै, नीलगिरीको तेल, रोजमेरी तथा लेवेण्डरको स्प्रे बनाई छर्किएर पनि उडुसबाट छुटकारा पाउन सकिन्छ।
बिनका पात: बिनका पात पहिलेदेखि नै उडुस मार्न प्रयोग हुँदै आएको पाइन्छ। तर, हामीलाई यसको चमत्कारी गुणहरूबारे भने कमै मात्र थाहा छ। हालै गरिएको एक अध्ययनले बिनका पातले उडुस मार्ने प्रमाणित गरेको छ। तपाईं पनि तिनका पात तथा रसको प्रयोग गरी उडुस निर्मूल पार्न सक्नुहुन्छ।
टी ट्री स्प्रे: टी ट्रीको तेल एण्टी माइक्रोबियलको रूपमा परिचित छ। उडुसबाट छुटकारा पाउन पनि यो उत्तिकै उपयोगी छ। यसको प्रयोगका लागि टी ट्रीको तेलको एउटा ठूलो सिसी खरीद गर्नुहोस्। यसमा अलिकति पानी मिसाएर केही पातलो बनाउनुहोस्। अब यसलाई स्प्रे बोतलमा भरेर भित्ता, पलङ, दराज, फर्निचर, डसना, कपडालगायत सामग्रीमा छर्कनुहोस्। यसलाई एक हप्ता लगातार छर्कनाले तपाईं सधैंभरका लागि उडुसबाट छुटकारा पाउन सक्नुहुनेछ।
नीमको तेल: नीमको तेल उत्तर भारतमा पाइने नीमबाट निकालिन्छ। यसमा धेरै एण्टी माइक्रोबियल गुण हुन्छन्। कीराहरू टाढा राख्न यसको प्रयोग गरिन्छ। नीमको तेल औषधि पसलमा पाइन्छ । यसको प्रयोग उडुस भएको ठाउँ तथा घरको सबै भागमा छर्केर गर्न सकिन्छ। साथै, साबुनमा यसलाई मिसाएर कपडा धुने गर्नाले यसको गन्धले उडुस टाढा भाग्छ।
थाइम: अजवाइनको फूलस्थाइम इटलीको एक लोकप्रिय बुटी हो, जसको प्रयोग खानामा स्वाद बढाउन गरिन्छ। थाइमले उडुसलाई सीधा असर त गर्दैन, तर यसको गन्ध उडुसले सहन गर्न सक्दैन । यसको गन्धले उडुसहरू लुकेको ठाउँबाट निस्कन्छन्। थाइमका पात जालीदार ब्यागमा राखेर उडुस भएको ठाउँमा राखिदिनुहोस् । हरेक ३ दिनमा ब्यागका पात निकालेर ताजा पात राख्नुहोस् । यसो गर्नाले तपाईं उडुसको तनावबाट मुक्त हुन सक्नुहुन्छ।
स्वीट फ्लेग: स्वीट फ्लेगलाई कलामस पनि भनिन्छ। यसको प्रयोग रसायनमा आधारित कीटनाशक बनाउन गरिन्छ। यसमा एण्टी माइक्रोबियल गुण हुन्छ, जसको कारणले उडुसजस्ता परजीवी भगाउँछ। यसबाट बनेको हर्बल कीटनाशक तपाईं किचेन गार्डेनसम्बन्धी पसलमा पाउन सक्नुहुन्छ। स्वीट फ्लेगको पाउडर ल्याएर त्यसको प्याकेटमा लेखिएको निर्देशनअनुसार त्यसको घोल बनाउनुहोस्। त्यस घोललाई आफ्नो घरको कुनाकुना (उडुस भएको ठाउँ)मा छर्कनुहोस्। उडुस भगाउन यो विधि पनि निकै प्रभावकारी मानिएको छ।

Wednesday, July 26, 2017

किरा भनेको के हो र यसको रोकथाम

किरा भनेको के हो र यसको रोकथाम
किराहरुको फोटो 
यस बिश्व ब्रम्हाण्डमा सबै जीवित कुराहरू मुख्य दुई समूह विभाजित गर्न सकिन्छ पहिलो प्राणी(जनावर) राज्य र दोस्रो बनस्पति राज्य हुन्। त्यस जनावर राज्यमा पनि विभिन्न प्रकारका प्राणीहरू छन् र त्यसमा पनि सानो सानो समूहमा धेरै धेरै समान जनावरहरु समूह छन् भने वैज्ञानिक प्रणाली छ।

कीराहरू जनावर राज्यमा सबै भन्दा ठूलो समूह हो। वैज्ञानिकहरूको अनुमान १ लाख भन्दा बढी कीरा प्रजातिहरु ग्रह, त्यहाँ ज्वालामुखि देखि हिम नदिसम्म  हरेक अकल्पनीय वातावरणमा बस्ने गर्दछन।
कीराहरूद्दारा हाम्रो खाधान्नलाई Pollinating, जैविक कुरा, Decomposing, एक क्यान्सर उपचार गर्न सुत्र अनुसन्धानकर्ताहरूलाई प्रदान गर्नर अपराध सुल्झाउने मदत हामीलाई गर्दछ। तिनीहरूले पनि हामीलाई हानि गर्न सक्छ, जस्तै रोगहरु फैलाउने, बिरुवाहरु र संरचनाहरु बिगार्ने गर्दछन। 


समग्रमा भने हो भने किराहरुले हामीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभ, फाइदा गर्नु भन्दा धेरै बेफाइदा, हानी, नोक्सानी नै गरेको पाईन्छ हामीहरुलाई लाग्ने रोगहरु मध्ये  ९०% भन्दा धेरै रोगहरु कीराबाट नै सर्ने गर्दछ जस्तै महामारी, हैजा, झाडा-पखाला आदि। त्यसैले यदि तपाईहरु किराबाट पूर्ण रुपमा मुक्ति वा छुटकारा पाउन चाहनुहुन्छ भने यसको रोकथाम गर्ने धेरै उपायहरु छन् ति मध्य सबैभन्दा उत्कृस्ट उपाय ब्रदरहुड किरा नियन्त्रण किरा मुक्त राख्नको लागि यो व्यक्तिगत किरा व्यवस्थापन योजना संग सहि समाधान छ। हामी यहाहरुको सेवा गर्नु पाउनु भनेको  हाम्रो लागि ठुलो अहोभाग्य हो त्यसैले हामीलाई हजुरहरुको सेवा गर्ने सुअवसर दिनु भएमा, हामी सदैव हजुरहरुको सेवा गर्न तत्पर छौ। तपाईहरुको संतुस्ति नै हाम्रो चाहना ! 

Friday, July 21, 2017

कीरा नियन्त्रण गर्ने केहि घरेलु उपायहरू

कीरा नियन्त्रण गर्ने केहि घरेलु उपायहरु यसप्रकार छ:-

(१) असुरोः गाउघरमा पाइने असुरोको पात र डॉठलाई खेतबारीमा छापोको रुपमा माटोमा प्रशस्त राख्ने गरे फेंद काट्ने र माटोमुनि लुकीबस्ने खुम्रे कीराहरुलाई नियन्त्रण गर्न सकिन्छ ।


किराहरुको फोटो 
(२) खरानी र कृषि चुनः खरानी र कृषि चुनलाई एकै ठाउमा मिसाई खेत बारीमा प्रयोग गर्ने गरेमा उफ्रिने कीराहरु जस्तै बिरुवाहरुको पात खाई छियाछिया बनाउने खपटे किरानियन्त्रण गर्न सकिन्छ । यसलाई प्रयोग गर्दा एक भाग काठको (दाउराको मात्र) खरानी एक भाग कृषि चून दुबैलाई मिसाई छर्ने गर्नुपर्दछ ।


(३) गाईको गोबरः गाईको गोबरबाट धानमा देखापर्ने डढुवा रोग नियन्त्रण गर्न सकिन्छ । यसको प्रयोग गर्दा २० ग्राम गाईको गोबरमा एक लिटर पानीका दरले आफूलाई आवश्यक पर्ने मात्राको बनाई रोग लागेको खेतमा राम्रोसग बोट भिज्ने गरी छर्ने गरेमा डढुवा रोग नियन्त्रण गर्न सकिन्छ ।

(४) चुनाः चुनाको प्रयोगबाट मकैको भण्डारणमा लाग्ने कीराहरु नियन्त्रण गर्न सकिन्छ । यसको प्रयोग गर्दा २ सय २५ ग्राम चुनालाई १०० वटा मकैको घोगाका दरले आफ्नो आवश्यकताअनुसार मात्रा मिलाई पूरै घोगाहरुमा पर्ने गरी छरि भण्डारण गर्ने गरेमा मकैमा लाग्ने घुन, पुतलाबाट बचाउन सकिन्छ ।

(५) रातो माटो: फलफूलहरुको बोटलाई धमिरा कीराहरुबाट बचाउन रातो माटो प्रयोग गर्न सकिन्छ । यसको लागि एक केजी रातोमाटोमा १२ देखि १५ लिटर पानीको घोल बनाई फलफूलका बोट र हॉगाहरुमा पोतिदिने गरेमा धमिरा कीराबाट बोटलाई बचाउन सकिन्छ । यो काम वर्षा अघि एक पटक र हिउदमा एक पटक गर्नुपर्ने हुन्छ ।

(६) सिस्नोः सिस्नोको प्रयोगबाट अन्नबाली, दालबाली र तरकारीबालीहरुमा लाग्ने झुसुल्ले कीरा र लाही कीरालाई राम्रोसग नियन्त्रण गर्न सकिन्छ । यसको साथसाथै घरभित्रका उडुस, उपियॉ र साङ्लाहरुको पनि नियन्त्रण गर्न सक्छ । सिस्नोको झोल बनाउदा, सिस्नोलाई ससाना टुक्रा बनाउने, उक्त टुक्रालाई ८÷९ लिटर पानीमा १०÷१५ घण्टासम्म भिजाउने, त्यसपछि त्यो पानीलाई बोटबिरुवामा छर्ने गरे झुसुल्लले, लाही किरा सजिलै नियन्त्रण गर्न सकिन्छ ।

(७) चिउरीको खली: चिउरीको खली(पिना) लाई खेत, बारीमा छरी जोती दिने गरेमा माटोमुनि बसेर बालीहरुलाई नोक्सान पु¥याउने रातो कमिला, धमिरा र खुम्रे किराहरुलाई नियन्त्रण गर्न सकिन्छ । यसको प्रयोग गर्दा एक कट्ठा जमिनमा आठ केजी चिउरीको खली (धुलो बनाएको) चारैतर्फ जमिनमा पर्ने गरी छर्ने र जोति दिने गर्नुपर्दछ ।

(८) खुर्सानीको धुलोः खुर्सानीलाई मसिनो गरी पिसेर धुलो बनाउने, उक्त धुलोलाई कॉक्रा, फर्र्सी, लौका आदिका बोटबिरुवामा छर्ने गरेमा पातखाने किरा र लाही कीराहरुको नियन्त्रण गर्न सकिन्छ ।

(९) तिते पाती ः तितेपातीको पात टिपेर राम्रोसग सुकाउने सुकिसकेपछि मसिनो गरी पिसेर धुलो बनाउने उक्त धुलोलाई भण्डारण गर्दा प्रयोग गर्ने गरेमा घुन, पुतला र चिल्सा आदिको रोकथाम गर्न सकिन्छ यस्तै किसिमका अन्य धेरै घरेलु तरीका र बस्तुहरु छन् जस्तै टिमुर, बोझो र सूर्ती साबुनको झोल आदि, यिनी सबैलाई मात्रा मिलाई विषादीको सट्टा प्रयोग गर्ने गरे विषादीबाट हुने असरहरुबाट बच्न सकिन्छ।

Tuesday, July 18, 2017

गर्मीमा झिंगा, साङ्लो र लामखुट्टे भगाउने उपायहरू

काठमाडौं - गर्मी बढेसँगै तपाईको भान्छामा साङ्ला सलबलाउन थाले होलान् । राती लामखुट्टेको आवाज र टोकाइले निन्द्रा बिथोल्न थाल्यो होला । फोहोर-मैलाबाट आएको झिंगाले सताइरहेका होलान् । यि समस्याबाट कसरी छुटकारा पाउने ?
साङ्लो भगाउने बिधि
साङ्लो 
१. साङ्लोबाट मुक्ति पाउने पहिलो उपाय भनेको घरको सरसफाई हो । सफा र उज्यालो स्थान यसको लागि अनुकुल हुँदैन ।
२. लसुनप्याज र मरिचलाई बराबर मिलाएर पिस्नुपर्छ । उक्त पेस्टलाई पानीमा मिसाएर घोल तयार गर्ने । अब त्यो घोललाई एउटा बोत्तलमा राखेर साङला बस्ने कुना काप्चामा छर्कनुपर्छ । केहि समय नियमित घोल छर्केपछि साङ्लाको समस्याबाट राहत मिल्छ ।
३. सख्खर र बेकिङ सोडालाई बराबर मात्रामा मिलाउने र साङ्लो बस्ने स्थानमा राख्नुपर्छ । त्यसको छेवैमा थोरै पानी पनि राखिदिनुपर्छ । सोडा खाएपछि यसले पानी पिउछ र मर्छ । बेकिङ सोडा यसको पेटमा गएपछि हानी पुर्‍याउँछ ।
४. पानीमा डिटर्जेन्ट घोलेर साबुनको घोल बनाउने । यसका लागि कुनैपनि किसिमको साबुन प्रयोग गर्न सकिन्छ । यस घोललाई स्प्रेको माध्यामबाट साङ्ला बस्ने ठाँउमा छर्कनुपर्छ ।
झिंगा भगाउने विधि
झिंगा 
झिंगाले खानेकुरालाई दूषित बनाइदिन्छ । गर्मीमा रोग सार्ने माध्याम पनि हो, झिंगा । त्यसैले झिंगालाई कसरी फैलन नदिने भन्नेमा हामी चिन्तित हुने गछौं ।
१. झिंगाको लागि फोहोरको थुप्रो, जमेको पानी अनुकुल हुन्छ । त्यस्ता ठाँउमा सजिलै झिंगा फैलन्छ । त्यसैले झिंगाबाट मुक्त हुने पहिलो उपाय भनेको घर आसपास सरसफाई गर्नु नै हो । सफा एवं स्वच्छ वातारवरण झिंगाको लागि प्रतिकुल हुन्छ ।
२. घरमा बासी, कुहिएको, सडेको खानेकुरा नराखौं । सफा खानेकुरा छोपेर राख्नुपर्छ ।
३. एक पारदर्शी पोलेथिनमा आधा पानी भरेर घरको प्रवेशद्वार, झ्यालको आसपासमा झुन्ड्याउने । यसमा परावर्तन हुने प्रकासबाट पनि झिंगा भाग्छ ।
४. झिंगा भगाउन तेज गन्ध भएको तेल प्रयोग गर्न सकिन्छ । कपासमा उक्त तेल भिजाएर भित्र-बाहिर गर्ने मुल ढोका, झ्यालको छेउमा राख्नुपर्छ । यसले पनि झिंगा भगाउन सकिन्छ ।
लामखुट्टे भगाउने विधि
लामखुट्टे 
लामखुट्टेको टोकाई र आवाजले राती सुत्न दिदैन । यसले संक्रमित व्यक्ति, जीव जनवारलाई टोकेर हाम्रो शरीरमा रोग समेत सार्न सक्छ । गर्मीमा लामखुट्टेले थुप्रै रोग सार्ने भय रहन्छ ।
१. लामखुट्टे जमेको फोहोर पानीबाट फैलन्छ । बर्खामा जम्ने पानी, भाडाबर्तन सफा गरेर पोखाएको पानी आदि जमेको ठाँउमा लामखुट्टेले अण्डा पार्छ । त्यसैले घर आसपासमा त्यस्तो पानी जम्न दिन हुँदैन । सरसफाई गरेको अवस्थामा लामखुट्टे त्यती चाढै फैलने डर हुँदैन ।
२. घरको झ्याल, ढोका वा कुनैपनि खुला प्वालबाट लामखुट्टे घरभित्र प्रवेश गर्छ । त्यसैले त्यस्ता ठाँउमा जाली हुनुपर्छ, जहाँबाट हावा आउजाउ गर्न सक्छ तर लामखुट्टे सक्दैन । यतिबेला झुलको प्रयोग पनि उपयोगी हुन्छ ।
३. कपुरलाई पनि लामखुट्टे भगाउने काममा प्रयोग गर्न सकिन्छ । एउटा कोठामा कपुर जलाउने र सबै झ्याल-ढोका बन्द गरिदिने । १०-१५ मिनेटपछि कोठा लामखुट्टेरहित हुन्छ ।
४. पुदिना वा त्यसको तेलमा किटनासक गुण हुन्छ । घरको आसपासमा पुदिना रोप्ने र त्यसको रस झ्याल ढोकामा छर्कनुपर्छ, लामखुट्टेको संक्रमण हट्छ ।

Monday, July 17, 2017

किरा नियन्त्रण सेवा (Pest Control Service)

हामी Brotherhood Pest Control (ब्रदरहुड किरा नियन्त्रण) सबै प्रकारको किरा नियन्त्रण गर्दछौ जस्तै धमिरा, साङलो, मुसा, लामखुट्टे, झिंगा, कमिला, झ्याउकिरी, उडुस, उपिया, किर्ना, माकुरा, पुतली, राती उड्ने पुतली, बारुलो, गलैंचा किरा, चांदी माछा,  तथा अन्य घस्रने र उड्ने सबै जात वा बर्ग किराहरुको समस्याको समाधान गर्दछौ। हामी तपाइको आफ्नो ठाउँ, तपाइको सुन्दर घर, काम गर्ने स्थान वा ठाउँ किरा मुक्त राख्नको लागि यो व्यक्तिगत किरा व्यवस्थापन योजना संग सही समाधान छ।  हामी अस्पताल, होटेल, भोजानालय तथा भोज हल, सिनेमा हल, दुताबास, बिधालय, घर, निवास, मल, बैंक, कार्यालय, भवन, चर्च, गोठ, खोर र अन्य बिबिध ठाउँको किरा नियन्त्रण गर्न सदैब तयार छौ। 

आवासीय किरा नियन्त्रण (Residential Pest Control)

व्यावसायिक किरा नियन्त्रण (Commercial Pest Control)
औध्योगिक किरा नियन्त्रण (Industrial Pest Control)
होटल किरा नियन्त्रण (Hotel Pest Control)
अस्पताल महामारी नियन्त्रण (Hospital Pest Control)


सेतो पुतलीको आक्रमणले आँखाको दृष्टि नै गुम्न सक्ने सापु रोगको लक्षण र बच्ने उपाय

काठमाण्डौ – डेंगुको डर बढेको बेला फेरि आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहेको अर्को रोगको प्रकोप देखिएको छ । सिजनल हाइपरएक्युट पानुभिआइट...